Warning: Cannot modify header information - headers already sent by (output started at /home/palikaup/visionnewsnepal.com.np/wp-blog-header.php:1) in /home/palikaup/visionnewsnepal.com.np/wp-includes/feed-rss2.php on line 8
बागमती https://visionnewsnepal.com.np/archives/category/प्रदेश-खबर/बागमती News Portal Website Tue, 09 Sep 2025 04:33:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 ललितपुरको हरिसिद्धी प्रहरी प्रभागमा आगजनी https://visionnewsnepal.com.np/archives/132369 https://visionnewsnepal.com.np/archives/132369#respond Tue, 09 Sep 2025 04:33:09 +0000 https://visionnewsnepal.com.np/?p=132369 काठमाडौं : ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।

The post ललितपुरको हरिसिद्धी प्रहरी प्रभागमा आगजनी appeared first on Vision News Nepal.

]]>

काठमाडौं : ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।

The post ललितपुरको हरिसिद्धी प्रहरी प्रभागमा आगजनी appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/132369/feed 0
सामाजिक सञ्जाल बन्दको विरोधमा ‘युथ कांग्रेस नेपाल’का पाँच युवा पक्राउ https://visionnewsnepal.com.np/archives/132171 https://visionnewsnepal.com.np/archives/132171#respond Sat, 06 Sep 2025 12:31:52 +0000 https://visionnewsnepal.com.np/?p=132171 काठमाडौं : सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिएका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय धक्का–मुक्कीसमेत भएको थियो। अन्ततः प्रहरीको टोलीले प्रदर्शनमा सहभागी पाँच जनालाई नियन्त्रणमा लिएको हो। मुखमा टेप लगाएर सांकेतिक प्रदर्शन ‘युथ कांग्रेस नेपाल’द्वारा […]

The post सामाजिक सञ्जाल बन्दको विरोधमा ‘युथ कांग्रेस नेपाल’का पाँच युवा पक्राउ appeared first on Vision News Nepal.

]]>

काठमाडौं : सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिएका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय धक्का–मुक्कीसमेत भएको थियो। अन्ततः प्रहरीको टोलीले प्रदर्शनमा सहभागी पाँच जनालाई नियन्त्रणमा लिएको हो।

मुखमा टेप लगाएर सांकेतिक प्रदर्शन

‘युथ कांग्रेस नेपाल’द्वारा आयोजित विरोधमा सहभागी युवाहरूले मुखमा मास्क लगाएर, त्यसको माथि कालो टेप टाँसेर अभिव्यक्ति स्वतन्त्रतामाथि भएको प्रहारको विरोध गरेका थिए। उनीहरूले सामाजिक सञ्जाल बन्द गर्नु लोकतन्त्रको मूल्य–मान्यतामाथिको आक्रमण भएको भन्दै सांकेतिक प्रदर्शन गरेका थिए।

पक्राउ परेका व्यक्तिहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, तथा सदस्य आशिष शर्मा रहेका छन्।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आवाज

संस्थाका सदस्यहरूले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले नागरिकको स्वतन्त्र अभिव्यक्ति अधिकार खोस्ने प्रयास भएको दाबी गरेका छन्। उनीहरूले भने, “लोकतन्त्रमा नागरिकको आवाज रोक्ने कुनै पनि प्रयास सह्य हुँदैन। हाम्रो आन्दोलन अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले गरिएको हो।”

तत्काल रिहाइको माग

‘युथ कांग्रेस नेपाल’ले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुलाई बिना शर्त तत्काल रिहाइ गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं।”

संस्थाले शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर रोक्नु लोकतान्त्रिक मूल्य र संविधानको मर्म विपरीत भएको टिप्पणी गर्दै नागरिक अधिकारको रक्षा गर्न राज्यलाई सचेत गराएको छ।

सामाजिक सञ्जाल प्रतिबन्धप्रति असन्तुष्टि बढ्दै

हालै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दको निर्णयलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि तथा स्वतन्त्र अभियन्ताहरूले समेत यो निर्णयलाई असंवैधानिक र गैर–लोकतान्त्रिक भनेका छन्।

यसै क्रममा ‘युथ कांग्रेस नेपाल’ले देशभरका युवालाई सचेत रहन आह्वान गर्दै शान्तिपूर्ण तर शक्तिशाली आन्दोलन निरन्तर गरिने चेतावनी दिएको छ।

The post सामाजिक सञ्जाल बन्दको विरोधमा ‘युथ कांग्रेस नेपाल’का पाँच युवा पक्राउ appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/132171/feed 0
काठमाडौं महानगरद्वारा डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान https://visionnewsnepal.com.np/archives/131567 https://visionnewsnepal.com.np/archives/131567#respond Fri, 22 Aug 2025 02:24:14 +0000 https://visionnewsnepal.com.np/?p=131567 काठमाडौं : काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज ‘वाक एन्ड एक्ट’ नामक एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ। बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, जनचेतनामूलक माइकिङ गर्ने तथा डेंगुबाट जोगिने उपायबारे जानकारी दिने कार्य हुने महानगरको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए। गत साउन […]

The post काठमाडौं महानगरद्वारा डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान appeared first on Vision News Nepal.

]]>

काठमाडौं : काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज ‘वाक एन्ड एक्ट’ नामक एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ।

बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, जनचेतनामूलक माइकिङ गर्ने तथा डेंगुबाट जोगिने उपायबारे जानकारी दिने कार्य हुने महानगरको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।

गत साउन २७ गतेको विभागीय निर्णयअनुसार महानगरपालिकाअन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि पनि महानगरले हरेक शुक्रबार नियमित रूपमा डेंगु नियन्त्रण अभियान गर्दै आएको थियो।

The post काठमाडौं महानगरद्वारा डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/131567/feed 0
धादिङमा दलित युवा माथि जनप्रतिनिधिद्वारा जातीय विभेद र कुटपिट https://visionnewsnepal.com.np/archives/131456 https://visionnewsnepal.com.np/archives/131456#respond Tue, 19 Aug 2025 15:34:29 +0000 https://visionnewsnepal.com.np/?p=131456 धादिङ : नीलकण्ठ नगरपालिका–१०, ढोडेनी ज्यामरुङका दलित समुदायका २६ वर्षीय रामबहादुर विसुन्के माथि सोही वडाका वडा सदस्य हिमप्रसाद पाठकले जातीय विभेद गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। पीडित विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको जाहेरीअनुसार २०८२ साउन १९ गते दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा पानी प्रयोगको विषयमा विवाद हुँदा पाठकले ‘ओइ सार्की, चमारे, सिनो […]

The post धादिङमा दलित युवा माथि जनप्रतिनिधिद्वारा जातीय विभेद र कुटपिट appeared first on Vision News Nepal.

]]>

धादिङ : नीलकण्ठ नगरपालिका–१०, ढोडेनी ज्यामरुङका दलित समुदायका २६ वर्षीय रामबहादुर विसुन्के माथि सोही वडाका वडा सदस्य हिमप्रसाद पाठकले जातीय विभेद गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

पीडित विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको जाहेरीअनुसार २०८२ साउन १९ गते दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा पानी प्रयोगको विषयमा विवाद हुँदा पाठकले ‘ओइ सार्की, चमारे, सिनो खाने जात’ जस्ता जातीय अपशब्द प्रयोग गर्दै कुटपिट मात्र नगरी प्राणघातक धम्की समेत दिएका थिए।

विवादपछि रिसले चुर भएका पाठक घरमा गएर धारिलो हतियार खुडा लिएर आएको र विसुन्केमाथि आक्रमण गर्ने प्रयत्न गर्दा उनकी पत्नीले रोक्ने क्रममा खुडा लुकाएको प्रमाणस्वरूप भिडियोसमेत पीडितले प्रहरीलाई बुझाएका छन्।

विसुन्केले जाहेरीमार्फत “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। आरोपित पाठक करिब ४५–४६ वर्ष उमेरका, नीलकण्ठ–१० निवासी तथा निर्वाचित वडा सदस्य भएको जाहेरीमा उल्लेख छ।

प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान थालिएको र दोषी देखिएमा पद वा पावर नहेरी कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

पिडित विसुन्केले आफूले भोट हालेर जिताएको जनप्रतिनिधिबाट नै जातीय विभेद र हिंसा भोग्नु परेको भन्दै पीडा व्यक्त गरेका छन्। उक्त घटना राष्ट्रिय दलित आयोगलाई समेत जानकारी गराइएको छ।

 

The post धादिङमा दलित युवा माथि जनप्रतिनिधिद्वारा जातीय विभेद र कुटपिट appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/131456/feed 0
आज गाईजात्रा पर्व उपत्यकासहित देशभर धुमधामका साथ मनाइँदै https://visionnewsnepal.com.np/archives/130971 https://visionnewsnepal.com.np/archives/130971#respond Sun, 10 Aug 2025 02:59:13 +0000 https://visionnewsnepal.com.np/?p=130971 काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरी देशभर उल्लासपूर्वक मनाइँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिएर सिँगारी आ–आफ्ना क्षेत्रमा नगर परिक्रमा गराइन्छ। यस अवसरमा श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न […]

The post आज गाईजात्रा पर्व उपत्यकासहित देशभर धुमधामका साथ मनाइँदै appeared first on Vision News Nepal.

]]>

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरी देशभर उल्लासपूर्वक मनाइँदैछ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिएर सिँगारी आ–आफ्ना क्षेत्रमा नगर परिक्रमा गराइन्छ। यस अवसरमा श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा नगद दान गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका आत्माहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्न सहज हुन्छ।

ऐतिहासिक दृष्टिले, गाईजात्राको शुरुवात राजा प्रताप मल्लको पालामा भएको मानिन्छ। पुत्रशोकले पीडित आफ्नी रानीलाई संसारमा दुःख सबैलाई पर्छ भन्ने देखाउन उनले जनतालाई घरका दिवङ्गतको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि रानीको मन शान्त गर्न विविध प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमको परम्परा सुरु भएको जनश्रुति छ।

प्रताप मल्लको समयदेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा निकाल्ने प्रथा आजसम्म निरन्तर कायम छ। उपत्यकाभित्र यो पर्वको रौनक विशेष रहन्छ भने बाहिरका सहरहरू—जस्तै बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायत—मा पनि नेवार समुदायको सक्रिय सहभागितासहित मनाइन्छ।

यस पर्वको विशेषता हास्यव्यङ्ग्य र सामाजिक सन्देश हो। प्राचीनकालदेखि नै विकृति र विसङ्गति उजागर गर्ने माध्यमका रूपमा प्रयोग हुँदै आएको गाईजात्रामा प्रहसन, नाचगान, व्यङ्ग्यात्मक प्रदर्शन, र रामायणको करुण रसका गीतहरू प्रस्तुत गरिन्छ। पाटनमा देखाइने ‘सत्ययुगको धान’ र काठमाडौँको ठमेलमा प्रदर्शित ‘स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक’हरू विशेष दर्शनीय मानिन्छन्।

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको आरोपमा विसं २०१७ पुस १ गतेको ‘शाही कू’पछि गाईजात्रामा प्रतिबन्ध लगाइए पनि विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा झाँकी र हास्यव्यङ्ग्यसहित पुनः महोत्सवका रूपमा मनाउन थालियो।

आजको दिनमा पत्रपत्रिका तथा सञ्चारमाध्यमहरूले पनि हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशित गर्छन्। हाँस्य कलाकार र सांस्कृतिक समूहहरूले सडक नाटकदेखि स्टेज शोसम्म आयोजना गरी दर्शकलाई हँसाउने मात्र होइन, समाजका विकृति–विसङ्गतिमा प्रहार गर्ने सन्देश पनि दिन्छन्।

यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ, जसका कारण राजधानीको सडकमा आज गाईजात्राको उत्सवमय दृश्य छाएको छ।

The post आज गाईजात्रा पर्व उपत्यकासहित देशभर धुमधामका साथ मनाइँदै appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/130971/feed 0
गल्छीमा आन्तरिक राजश्व कार्यालय, तीन जिल्लाका करदाता लाभान्वित https://visionnewsnepal.com.np/archives/129960 https://visionnewsnepal.com.np/archives/129960#respond Sun, 20 Jul 2025 01:58:07 +0000 https://visionnewsnepal.com.np/?p=129960 धादिङ: धादिङको गल्छीमा अवस्थित करदाता सेवा कार्यालय श्रावण १ गतेदेखि आधिकारिक रूपमा आन्तरिक राजश्व कार्यालयमा परिणत भएको छ। यस परिवर्तनसँगै अब धादिङ, नुवाकोट र रसुवा जिल्लाका करदाताहरूले कर सम्बन्धी सम्पूर्ण सेवा गल्छीबाटै प्राप्त गर्न सक्ने भएका छन्। यसअघि कलंकी र बालाजुस्थित आन्तरिक राजश्व कार्यालयबाट प्रदान गरिँदै आएको करसम्बन्धी सबै सेवा अब गल्छीमै उपलब्ध हुने भएकाले […]

The post गल्छीमा आन्तरिक राजश्व कार्यालय, तीन जिल्लाका करदाता लाभान्वित appeared first on Vision News Nepal.

]]>


धादिङ: धादिङको गल्छीमा अवस्थित करदाता सेवा कार्यालय श्रावण १ गतेदेखि आधिकारिक रूपमा आन्तरिक राजश्व कार्यालयमा परिणत भएको छ। यस परिवर्तनसँगै अब धादिङ, नुवाकोट र रसुवा जिल्लाका करदाताहरूले कर सम्बन्धी सम्पूर्ण सेवा गल्छीबाटै प्राप्त गर्न सक्ने भएका छन्।

यसअघि कलंकी र बालाजुस्थित आन्तरिक राजश्व कार्यालयबाट प्रदान गरिँदै आएको करसम्बन्धी सबै सेवा अब गल्छीमै उपलब्ध हुने भएकाले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ।

कार्यालय प्रमुख लक्ष्मी खड्काका अनुसार अब कर तिर्ने, नविकरण गर्ने मात्र नभई कर छलीसम्बन्धी अनुसन्धान, कारबाही र निगरानीसमेत गल्छीबाटै हुनेछन्।
“अब कलंकी जानुपर्दैन, करसम्बन्धी सम्पूर्ण सेवा यही कार्यालयबाटै पाउने गरी काम सुरु गरेका छौँ,” प्रमुख खड्काले बताइन, “कार्य विस्तारसँगै हाम्रो सेवा क्षमतामा पनि वृद्धि भएको छ।”

गल्छी आन्तरिक राजश्व कार्यालयले अब साना मात्र होइन, ठूला करदाताहरूलाई समेत समेट्ने गरी सेवा प्रवाह सुरु गर्ने जनाएको छ।
कार्यालयको अनुमान अनुसार तीनै जिल्लामा हाल करिब १ लाख करदाताहरू रहेका छन्, जसमा धादिङ र नुवाकोटबाट मात्र ६० हजार हाराहारीमा करदाता रहेका छन्।

यस परिवर्तनसँगै स्थानीयस्तरमै कर सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने भएपछि करदाताहरूलाई थप सहज, छरितो र प्रभावकारी सेवा दिने लक्ष्य राखिएको बताइएको छ।

The post गल्छीमा आन्तरिक राजश्व कार्यालय, तीन जिल्लाका करदाता लाभान्वित appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129960/feed 0
थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न https://visionnewsnepal.com.np/archives/129844 https://visionnewsnepal.com.np/archives/129844#respond Tue, 15 Jul 2025 14:40:50 +0000 https://visionnewsnepal.com.np/?p=129844 धादिङ : थाक्रे गाउँपालिका वडा नं ८ मा अवस्थित श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा खेलकुदका सामग्री, खेलाडीहरूका लागि ड्रेस, स्टेशनरीलगायत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। एसओडी नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको विशेष पहलमा र ओम साईबाबा अस्पताल तथा ईजि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मका सञ्चालक दयाराम कार्कीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा […]

The post थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न appeared first on Vision News Nepal.

]]>

धादिङ : थाक्रे गाउँपालिका वडा नं ८ मा अवस्थित श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा खेलकुदका सामग्री, खेलाडीहरूका लागि ड्रेस, स्टेशनरीलगायत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

एसओडी नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको विशेष पहलमा र ओम साईबाबा अस्पताल तथा ईजि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मका सञ्चालक दयाराम कार्कीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा ज्यूलाई शैक्षिक सामग्री र खेलकुदका सामग्री विद्यालयका खेल शिक्षक ईश्वर पन्त ज्यूलाई हस्तान्तरण गरियो। खेलाडीहरूलाई भने ड्रेस वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रामकुमार आचार्य र विशेष अतिथि समाजसेवी रामेश्वर थापा ज्यूलाई आयोजकहरूले धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय सहयोग रहेकोमा आयोजक पक्षले आभार व्यक्त गरेको छ।

The post थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129844/feed 0
महागङ्गाकालेश्वरी माविमा उत्कृष्ट विद्यार्थी र समर्पित शिक्षक–शिक्षिकालाई सम्मान https://visionnewsnepal.com.np/archives/129728 https://visionnewsnepal.com.np/archives/129728#respond Thu, 10 Jul 2025 16:16:52 +0000 https://visionnewsnepal.com.np/?p=129728 थाक्रे :  थाक्रे गाउँपालिका–८ मा अवस्थित श्री महागङ्गाकालेश्वरी माध्यमिक विद्यालयले आज एक विशेष समारोहका बीच एसईई२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र विद्यालयमा उल्लेखनीय योगदान गर्ने शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, वडा नं ८ का अध्यक्ष रामेश्वर थापा, विद्यालयका पूर्वविद्यार्थी संघका सचिव दयाराम कार्की र विद्यालयका प्रधानाध्यापक […]

The post महागङ्गाकालेश्वरी माविमा उत्कृष्ट विद्यार्थी र समर्पित शिक्षक–शिक्षिकालाई सम्मान appeared first on Vision News Nepal.

]]>

थाक्रे :  थाक्रे गाउँपालिका–८ मा अवस्थित श्री महागङ्गाकालेश्वरी माध्यमिक विद्यालयले आज एक विशेष समारोहका बीच एसईई२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र विद्यालयमा उल्लेखनीय योगदान गर्ने शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, वडा नं ८ का अध्यक्ष रामेश्वर थापा, विद्यालयका पूर्वविद्यार्थी संघका सचिव दयाराम कार्की र विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा अतिथिहरूले सम्मानित विद्यार्थीहरूको सफलतालाई विद्यालयकै गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिएका थिए। साथै, विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्‍याउँदै आएका शिक्षक–शिक्षिकाहरूको मिहिनेत र समर्पणको समेत प्रशंसा गरिएको थियो।

एएऽक्षविद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अतिथि, पूर्वविद्यार्थी र विद्यार्थीहरूको समेत उपस्थितिले कार्यक्रम भव्य र भावनात्मक बनेको थियो

सम्मानित विद्यार्थीहरूलाई प्रशंसा पत्र, खादा र पुरस्कार प्रदान गरियो भने शिक्षक–शिक्षिकाहरूलाई समेत  सम्मान गरिएको थियो।

The post महागङ्गाकालेश्वरी माविमा उत्कृष्ट विद्यार्थी र समर्पित शिक्षक–शिक्षिकालाई सम्मान appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129728/feed 0
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह https://visionnewsnepal.com.np/archives/129645 https://visionnewsnepal.com.np/archives/129645#respond Tue, 08 Jul 2025 01:42:06 +0000 https://visionnewsnepal.com.np/?p=129645 काठमाडौं : जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा […]

The post त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह appeared first on Vision News Nepal.

]]>

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

The post त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129645/feed 0
मितेरी पुल बाढीले बगायो, रसुवा–चीन व्यापार ठप्प, दर्जनौँ गाडी र मानिस बेपत्ता https://visionnewsnepal.com.np/archives/129634 https://visionnewsnepal.com.np/archives/129634#respond Tue, 08 Jul 2025 01:09:23 +0000 https://visionnewsnepal.com.np/?p=129634 काठमाडौं:भीषण वर्षापछि आएको बाढीले नेपाल–चीनको व्यापारिक नाका मानिने मितेरी पुल पूर्णरूपमा बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रातभरको अविरल वर्षापछि आएको बाढीका कारण पुल बगाएको पुष्टि गर्दै नेपाल–चीनबीचको सिधा सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको जानकारी दिएका छन्। रसुवागढी नाकानजिकको भन्सार यार्ड (ड्राइपोट) मा पार्क गरिएका १०० देखि १५० वटासम्मका सवारीसाधनमध्ये अधिकांश बाढीले बगाएको […]

The post मितेरी पुल बाढीले बगायो, रसुवा–चीन व्यापार ठप्प, दर्जनौँ गाडी र मानिस बेपत्ता appeared first on Vision News Nepal.

]]>

काठमाडौं:भीषण वर्षापछि आएको बाढीले नेपाल–चीनको व्यापारिक नाका मानिने मितेरी पुल पूर्णरूपमा बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रातभरको अविरल वर्षापछि आएको बाढीका कारण पुल बगाएको पुष्टि गर्दै नेपाल–चीनबीचको सिधा सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको जानकारी दिएका छन्।

रसुवागढी नाकानजिकको भन्सार यार्ड (ड्राइपोट) मा पार्क गरिएका १०० देखि १५० वटासम्मका सवारीसाधनमध्ये अधिकांश बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ। ती सवारीसाधनमा चीनबाट आयात गरिएका सामान लोड गरिएको आशंका गरिएको छ, जसले करोडौँको क्षति पुर्‍याउने अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, ड्राइपोटमा कार्यरत केही ड्राइभर र मजदुरहरू पनि बाढीले बगाएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भए पनि हालसम्म कोहीको मृत्यु वा बेपत्ताबारे पुष्टि भएको छैन। सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा उद्धार टोली घटनास्थलतर्फ खटिसकेको छ।

उनले भने, “समग्रमा क्षति अत्यधिक छ। पुल बग्नुले व्यापारिक सम्पर्क मात्र होइन, रणनीतिक पहुँचसमेत प्रभावित भएको छ। अहिले घटनास्थलमा प्रहरी, सशस्त्र, नेपाली सेना तथा प्रशासनको टोली परिचालन गरेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छौँ।”

यस बाढीले रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएको जनाइएको छ। नदी आसपासका घर, पसल, गोदामलगायत संरचनाहरू पनि जोखिममा परेका छन्।

नेपाल–चीनबीचको प्रमुख नाका मानिने मितेरी पुल विगतमा पनि बाढीको उच्च जोखिममा रहँदै आएको थियो। तर यसपालिको बाढीले पूर्वाधारको कमजोरी र पूर्वतयारीको अभाव उजागर गरिदिएको छ।

प्रमुख बुँदाहरू:
रसुवागढीको मितेरी पुल पूर्ण रूपमा बगाएर नेपाल–चीन व्यापार अवरुद्ध

ड्राइपोटमा रहेका १००–१५० सवारीसाधनमध्ये अधिकांश बगाए

केही ड्राइभर र मजदुर बेपत्ता भएको आशंका

सुरक्षाकर्मी घटनास्थलमा खटिएका, क्षतिको विवरण संकलन जारी

करोडौँको भौतिक तथा व्यापारिक क्षतिको अनुमान

The post मितेरी पुल बाढीले बगायो, रसुवा–चीन व्यापार ठप्प, दर्जनौँ गाडी र मानिस बेपत्ता appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129634/feed 0