
काठमाडौं : काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज ‘वाक एन्ड एक्ट’ नामक एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ।
बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, जनचेतनामूलक माइकिङ गर्ने तथा डेंगुबाट जोगिने उपायबारे जानकारी दिने कार्य हुने महानगरको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।
गत साउन २७ गतेको विभागीय निर्णयअनुसार महानगरपालिकाअन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि पनि महानगरले हरेक शुक्रबार नियमित रूपमा डेंगु नियन्त्रण अभियान गर्दै आएको थियो।