
थाक्रे : थाक्रे गाउँपालिका–८ मा अवस्थित श्री महागङ्गाकालेश्वरी माध्यमिक विद्यालयले आज एक विशेष समारोहका बीच एसईई२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र विद्यालयमा उल्लेखनीय योगदान गर्ने शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, वडा नं ८ का अध्यक्ष रामेश्वर थापा, विद्यालयका पूर्वविद्यार्थी संघका सचिव दयाराम कार्की र विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा अतिथिहरूले सम्मानित विद्यार्थीहरूको सफलतालाई विद्यालयकै गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिएका थिए। साथै, विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याउँदै आएका शिक्षक–शिक्षिकाहरूको मिहिनेत र समर्पणको समेत प्रशंसा गरिएको थियो।
एएऽक्षविद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अतिथि, पूर्वविद्यार्थी र विद्यार्थीहरूको समेत उपस्थितिले कार्यक्रम भव्य र भावनात्मक बनेको थियो।
सम्मानित विद्यार्थीहरूलाई प्रशंसा पत्र, खादा र पुरस्कार प्रदान गरियो भने शिक्षक–शिक्षिकाहरूलाई समेत सम्मान गरिएको थियो।