LV BET Poland Review: Exploring the Platform & User Experience

Introduction

LV BET is a well-known name in the Polish online betting market, offering a range of sports betting and casino gaming options. This review aims to provide an unbiased overview of the LV BET platform, focusing on key aspects such as its features, game selection, payment options, and overall user experience, specifically for players based in Poland. To start, consider checking the available promotions. For bettors in Poland, exploring the LV BET bonus offers a great way to start.

Features and Bonuses

LV BET attracts new users with a range of enticing features and bonus offers. Typically, new players can take advantage of welcome bonuses, often in the form of deposit matches or free bets. Regular promotions may also be available for existing users, targeting specific sports or events. Loyalty programs, rewarding consistent players with exclusive benefits, are another common feature. It is crucial to carefully review the terms and conditions associated with each bonus, including wagering requirements and any restrictions on eligible games or sports. LV BET, like other platforms in Poland, advocates for responsible gambling.

Game and Sport Selection

LV BET boasts a diverse selection of sports and games, catering to a broad audience of bettors. Popular sports like football, basketball, tennis, and ice hockey are typically well-represented, alongside niche sports such as esports, volleyball, and MMA. Within each sport, a variety of betting markets are usually offered, including match outcomes, over/under bets, and handicaps. Live betting options allow users to place wagers in real-time as the action unfolds, adding excitement to the experience. Casino games, including slots, table games, and live dealer options, further diversify the platform’s offerings.

Payment Methods

Convenience and security are paramount when it comes to payment methods. LV BET typically supports a variety of options for deposits and withdrawals, including credit and debit cards, e-wallets, and bank transfers. The availability of specific payment methods can vary based on your location and banking regulations. Processing times for withdrawals can also differ, with e-wallets generally offering the fastest payouts. It is important to verify the supported payment methods and associated fees before making a deposit. LV BET is regulated in Poland, so make sure your money is safe with them. Ensuring the security and reliability of your chosen payment method is a crucial consideration.

User Experience

A positive user experience is essential for retaining players. LV BET aims to provide a user-friendly platform, making it easy to navigate and find your desired games or sports. The platform is designed to be responsive across different devices, including desktop computers and mobile devices. Clear and concise information on odds, betting rules, and account management helps to enhance the overall experience. A reliable customer support team, available through channels such as live chat or email, is also vital for promptly addressing any queries or concerns. Many players in Poland have reported good experiences with the help desk, and claim issues were promptly resolved.

Conclusion

In conclusion, LV BET offers a potentially attractive betting experience for players in Poland, with its diverse game selection, enticing features, and user-friendly interface, according to many reviews. However, prospective bettors should conduct their own thorough research, compare LV BET to other platforms, and carefully review the terms and conditions before committing. Ultimately, the choice depends on individual preferences and betting styles. Remember to always gamble responsibly. Get started today with an LV BET promo code and see everything available on the platform.

बलदेव र बबिनाको सहकार्यमा राष्ट्रप्रेमको सन्देश बोकेको गीत ‘देश हो बगैचा’ सार्वजनिक (भिडियो सहित)


काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन । देशप्रेम त आफ्नै माटो, भाषा, संस्कृति, इतिहास र पहिचानप्रति गहिरो आत्मीयता राख्ने चेतना हो। देशप्रेम त्यो अनुभूति हो जसले आफू जन्मिएको भूमिलाई आमाजस्तै माया गर्न सिकाउँछ र त्यसको समृद्धिका लागि आफ्‌नो तर्फबाट केही योगदान गर्न प्रेरित गर्छ । नेपालजस्तो प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न देशमा देशप्रेमको अर्थ झन् व्यापक हुन्छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको गौरव, हिमाल–पहाड–तराईको विविधता, अनेक जातजाति र भाषाको सहअस्तित्व यी सबै हाम्रो राष्ट्रिय पहिचानका मूल आधार हुन् । यी सम्पदाको संरक्षण गर्नु, एकअर्काको सम्मान गर्नु र सामाजिक सद्भाव कायम राख्नु नै साँचो देशप्रेम हो । देशप्रेम केवल शब्दमा होइन, कर्ममा देखिनुपर्छ । इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नु, नियम–कानूनको पालना गर्नु, भ्रष्टाचार र अन्यायको विरोध गर्नु, वातावरण जोगाउनु र समाजमा सकारात्मक योगदान दिनुयी सबै देशप्रेमका व्यवहारिक रूप हुन्। देशले हामीलाई पहिचान दिन्छ; त्यसैले हामीले पनि देशलाई योगदान दिनुपर्छ ।


देशप्रेम उत्साह र बलिदानको कथा मात्र पनि होइन यो निरन्तर जिम्मेवारीको अभ्यास हो। जब प्रत्येक नागरिकले आफ्नो स्थानबाट सुकर्म र समर्पणको बाटो रोज्छ, तब मात्र देश साँच्चिकै समृद्ध र सुन्दर बन्छ । यही सक्रिय र सकारात्मक भावना नै सच्चा देशप्रेम हो, देश प्रेमका यस्तै भावले ओतप्रोत ‘देश हो बगैंचा’ राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले भरिएको एक सशक्त र भावपूर्ण देशभक्ति गीत सार्वजनिक भएको छ जुन गीतले नेपाललाई एउटा सुन्दर बगैंचाको रूपमा चित्रण गर्दै हरेक नेपालीलाई त्यसको ‘माली’ अर्थात ‘कुशल बगैंचावाला’ को रूपमा प्रस्तुत गरेको छ । गीतले देशको सुन्दरता, समृद्धि र स्वर्गीय बनाउने काम गुनासो, आलोचना वा दोषारोपणले होइन, मेहनत, आँट, सुकर्म र सामूहिक प्रयासले मात्र सम्भव छ भन्ने भाव बोलेको छ ।
राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’ बलदेब थापाले लेखेका हुन् । यो गीतमा सुमधुर स्वर र संगीत बबिना भट्टराईको रहेको छ, उनको स्वर तथा संगीतले गीतलाई भावनात्मक उचाइ दिएको छ भने उनलाई स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले साथ दिएका छन्, सामूहिक स्वर प्रयोगले गीतमा बहुआयामिकता र सामूहिकताको भाव थपिएको छ ।

गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने ड्रिम्स स्टुडियोमा प्रकाश के.सी ले रेकर्ड, मिक्सिङ र मास्टरिङ गरेका छन् । प्राविधिक पक्ष सुदृढ रहेकाले गीतको ध्वनि गुणस्तर पनि सन्तुलित र प्रभावशाली बनेको छ ।
‘बबिना भट्टराई’ अफिसियल युट्व च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोमा प्रेम खनाल, बबिना भट्टराई, प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले भूमिका निर्वाह गरेका छन् भने भिडियोमा गीतकार बलदेव थापा, हरिराम पौडेल, रामेश्वर के.सी, आशिष खतिवडा, लक्ष्मी खरेलले राष्ट्रिय झण्डा फहराएर देखाएको दृश्यले राष्ट्रप्रेमको सन्देशलाई दृश्यात्मक रूपमा शसक्त एवं बलियो बनाएको छ ।


गीतको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेची देखि महाकाली सम्म’ कार्यक्रममा प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतकार बलदेव थापा र गायिका बबिना भट्टराईले गीतको सन्देश र गीत निर्माण प्रक्रियाबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा श्रोताहरूले फोनमार्फत गीत उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।


अमेरिकामा रहेका गीतकार सतिश चापागाईले इमेज एफ.एम. ९७.९ मा गीतका बारेमा आफ्‌नो संक्षिप्त प्रतिक्रिया दिदै गीतकार बलदेव थापाका राष्ट्रभावले ओतप्रोत यी गीतिलहरहरुले राष्ट्रकवि माधव घिमिरेको लेखनको झझल्को दिएको बताउँदै गीतको सफलताको कामना गरेका छन् ।
देश निर्वाचनमय भइरहदा राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैचा’ सार्वजनिक भएसँगै नेपाली संगीत बजारमा सकारात्मक ऊर्जा थपिएको छ भने हामी सबै यो देशको ‘माली’ भएको र ‘माली’ नै बगैचाको संरक्षक भएकोले हामी सबै नेपालीले फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सक्रिय सहभागिता जनाई मतदान गरि देशको सक्षम ‘माली’ निर्वाचित गर्नु पर्ने अभिभारा थपेको अनुभुति दिलाएको छ ।
देशलाई बगैंचासँग दाँज्दै प्रत्येक नागरिकलाई ‘माली’ को रूपमा चित्रण गरिएको यस गीतले जिम्मेवार नागरिक, एकता र सहकार्यको सन्देश प्रभावकारी ढंगले प्रवाह गरेको छ । गीतकार बलदेव थापाले शब्दमार्फत राष्ट्रप्रेमलाई सरल तर गहिरो शैलीमा व्यक्त गरेका छन्। देश निर्माणमा सबैको साझा भूमिका रहने सन्देश गीतको मूल भाव हो ।


‘देश हो बगैचा, हामी सबै हौ माली’
गीतको यो स्थायी हरफ केवल काव्यात्मक सौन्दर्य होइन नागरिक कर्तव्यको दार्शनिक उद्घोष पनि हो । बगैचामा रङ्गीविरङ्गी फूलहरु आफैं फुल्दैनन् त्यसलाई निरन्तरको स्याहार–सुसार, मेहनत र धैर्य चाहिन्छ । त्यस्तै राष्ट्र पनि आफैं समृद्ध हुँदैन त्यसका लागि हरेक नागरिकको सक्रिय योगदान आवश्यक हुन्छ अनि गुनासो गरेर मात्रै पनि देश बन्दैन, कर्मशीलता र सकारात्मक सहभागिता राष्ट्रनिर्माणको आधार हुन् । राष्ट्रप्रेम भावुक नारा होइन, श्रम र समर्पणमा आधारित व्यवहारिक आदर्श हो ।


गीत ‘देश हो बगैचा’ मा बगैंचा र मालीको प्रतीक अत्यन्त प्रभावकारी छ। बगैंचामा विविध फूलहरु फुलाउन पानी, मल, हेरचाह, कीरा–फट्याङ्ग्रा हटाउने सबै कामका लागी माली चाहिन्छ त्यसैगरी देश बनाउन मेहनत, एकता, सुशासन, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा योगदान चाहिन्छ ।
गीतले प्रकृति चित्रण मार्फत राष्ट्रिय गौरव प्रस्तुत गरेको छ । गीतमा नेपालको प्राकृतिक वैभवलाई जीवन्त चित्रण गरिएको छ ।


सुकिला हिमाल, तराइको सम्म विशाल फाँट
स्वर्ग बन्छु यो देश, हामिले गरे आँट
कल कल झरना, हरिया छन् ती पाखा
भीर, पाखा गुञ्जाउने, कर्ण प्रिय भाका
निर्मल, निला ताल, पहाड झन् सुन्दर
हिमनदी चिसो जल, बहाउँछ निरन्तर
सगरमाथा विश्वको हो शीर
खेल्दै हामी हुर्कियौ त्यसैका मुन्तिर
देश हो बगैंचा, हामी सबै हौं माली ।

यी गीति हरफहरूले नेपाललाई भौगोलिक विविधताले सम्पन्न स्वर्गीय भूभागका रूपमा प्रस्तुत गरेका छन् । विशेषतः सगरमाथालाई “विश्वकै शीर” भनिनु केवल गर्वको प्रतीक होइन विश्वमञ्चमा नेपालको गर्विलो पहिचान पनि हो ।
“खेल्दै हामी हुर्कियो त्यसैका मुन्तिर” गीतको यो हरफले प्रकृतिसँगको आत्मीय सम्बन्धलाई झल्काएको छ । प्रकृति केवल सुन्दर दृश्य र सौन्दर्य मात्र होइन, राष्ट्रिय अस्मिता पनि हो । प्रकृति र नागरिकबीचको यो भावनात्मक सम्बन्धले राष्ट्रप्रेमलाई जैविक बनाउँछ जसले बाह्य होइन, आत्मगत अनुभूति दिन्छ ।

मेची काली हिमाल, तराई हो सिमाना
तराई अन्न भकारी हाम्रो हिमालको छाना
सानो सानो भुगोल, संस्कृति अनन्त
सदिऔं देखि छ, अस्तित्व जिवन्त ।

गीत ‘देश हो बगैचा’ ले भूगोलदेखि संस्कृतिसम्मको विविधता भित्रको एकता झल्काएको छ । गीतले नेपालको पूर्व–पश्चिम विस्तारलाई संकेत गरेको छ । “तराई अन्न भकारी, हाम्रो हिमालको छाना” ले भौगोलिक क्षेत्रहरूबीचको परस्पर निर्भरता स्पष्ट गरेको छ । हिमाल, पहाड र तराई अलग अस्तित्व होइनन् तिनीहरू एकअर्काका परिपूरक संरचना हुन् भन्ने सन्देश गीतले दिएको छ ।
नेपाल भौगोलिक रूपमा सानो भए पनि साँस्कृतिक रूपमा विशाल देशको पहिचान दिन्छ । सदियौंदेखि जीवित संस्कृतिहरुको उल्लेखले ऐतिहासिक निरन्तरता र सभ्यताको जरा बलियो रहेको सन्देश दिएको छ । गीत ‘देश हो बगैचा’ले आत्ममूल्यको खोजी र चेतनाको आह्वान गरेको छ ।


स्वर्ग जस्तो यो देश, किन हामिलाई सस्तो
सक्कली हिरालाई चिन्न नसकेको जस्तो
मिलि दिदिबहिनी अनी दाजुभाइ
सुकर्मले हसाउँनुछ, नेपाल आमालाई ।

यी हरफहरू आत्मालोचनात्मक रहेका छन् । गीतले बाह्य शत्रु वा परिस्थितिलाई मात्र दोष नदिई आत्मचेतनाको प्रश्न पनि उठाउँछ । यहाँ देशलाई “सक्कली हिरा” सँग तुलना गरिएको छ जुन अमूल्य छ तर अवमूल्यन गरिएको अवस्थामा छ । यो तुलना राष्ट्रिय आत्मसम्मानको पुनर्जागरणका लागि गरिएको प्रतीकात्मक आग्रह पनि हो । यहाँ गीतकारले व्यंग्यात्मक प्रश्न गरेका छन्‌ः यो देश स्वर्गजस्तो छ, यति धेरै सम्पदा, सौन्दर्य र सम्भावना छ, तर हामी किन यसलाई सस्तो ठान्छौं ? किन यसको मूल्य बुझ्दैनौं ? यो हरफले नेपाली समाजमा व्याप्त नकारात्मकता, आत्मविश्वासको कमी, भ्रष्टाचार, असन्तुष्टि र एकताको अभाव लाई इङ्गित गर्छ । हामीसँग सक्कली हिरा अर्थात् अमूल्य सम्पदा छ तर हामीले त्यसलाई सस्तो ठानेर बेवास्ता गरिरहेका छौं ।


गीत ‘देश हो बगैचा’ले लैंगिक र सामाजिक समावेशिताको सन्देश पनि दिएको छ । “मिली दिदीबहिनी अनि दाजुभाइ” गीतको यो हरफ समावेशिताको स्पष्ट संकेत हो । राष्ट्रनिर्माण कुनै एक वर्ग, लिङ्ग वा समुदायको मात्र काम होइन सबैको साझा जिम्मेवारी हो भन्ने भाव गीतमा रहेको छ ।
“सुकर्मले हसाउँनु छ नेपाल आमालाई” राष्ट्रलाई आमाको रूपमा चित्रण गर्नु गर्वको कुरा हो, यसै पनि हामी जन्मदिने आमा र जन्मभूमिलाई समान रुपमा सम्मान गर्दछौ, रामायणको युद्धकाण्डमा उल्लेख भएको श्लोक ‘जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि विशिष्ट हुन् । मातृरूप राष्ट्रप्रेम नेपाली सांस्कृतिक सन्दर्भमा अत्यन्त प्रभावकारी प्रतीक हो ।


देशलाई आमा को रूप दिइनु दाजुभाइ–दिदीबहिनीको रूपमा सबै नेपालीलाई एक परिवार ठानेर सुकर्म अर्थात् राम्रो काम, इमानदार प्रयास मार्फत आमालाई हँसाउनुपर्छ भन्ने सन्देश पनि हो जसलाई राष्ट्रिय एकता, पारिवारिक भावना र सकारात्मक कर्मको आह्वानको रुपमा लिन सकिन्छ ।
गीत ‘देश हो बगैचा’ को मूल दर्शन कर्मप्रधान राष्ट्रवाद हो भावनात्मक उन्माद होइन, श्रम, एकता, आत्मबोध र नैतिक आचरणमा आधारित राष्ट्रप्रेम गीतका शब्द शब्दमा व्यक्त भएको छ । देशलाई ‘बगैचा’ भन्नु सौन्दर्यको संकेत मात्र होइन अनि ‘माली’ हुनु गौरव मात्र होइन, जिम्मेवारी पनि हो । हिमाल, ताल, नदी, झरना, तराई, संस्कृति यी सबै प्राकृतिक र सांस्कृतिक सम्पदाहरू नागरिक चेतनाले मात्र अर्थपूर्ण बन्छन् । ‘बगैंचा’ भनेको प्राकृतिक सौन्दर्य, विविधता र उर्वरताको प्रतीक हो भने ‘माली’ भनेको सृजनकर्ता, संरक्षक र जिम्मेवार व्यक्ति हो । गीतले भन्छ ‘देश आफैंमा सुन्दर छ, तर त्यसलाई फुलाउने, संरक्षण गर्ने, सुन्दर बनाउने जिम्मा हामी सबैको हो ।’


गीत ‘देश हो बगैचा’ ले राष्ट्रप्रेमलाई निष्क्रिय गौरवबाट सक्रिय कर्ममा रूपान्तरण गर्न आग्रह गर्छ, चेतनाको ढोका खोल्न आह्वान गर्छ । यी गीति हरफहरू राष्ट्रप्रेम, आत्मपहिचान र जिम्मेवार नागरिकको सशक्त काव्यात्मक घोषणापत्रका रूपमा स्थापित रहेका छन् । यी हरफहरूले नेपाललाई हिमाल, पहाड, तराईको त्रिवेणीमा बनेको स्वर्गजस्तो देशको रूपमा चित्रण गरेका छन्, सगरमाथालाई विश्वको शीर भन्दै नेपालीहरू त्यसकै मुनि हुर्किएको गर्व व्यक्त गर्छ । यो केवल भूगोलको वर्णन मात्र होइन राष्ट्रिय पहिचान र आत्मसम्मान को पुनर्जागरण पनि हो ।


गीत ‘देश हो बगैंचा’ केवल एउटा देशभक्ति गीत मात्र होइन, यो आत्मआलोचना, जिम्मेवारीबोध र सामूहिक सपनाको सुन्दर अभिव्यक्ति हो । आजको सन्दर्भमा यो गीत उत्तिकै सान्दर्भिक छ किनकि हामी अझै पनि गुनासोमा अल्झिरहेका छौं तर मेहनत र सुकर्मले देश फुलाउने बाटो अपनाउन सकेका छैनौं । देशप्रेमलाई भावनात्मक मात्र होइन, व्यवहारिक जिम्मेवारीको रूपमा प्रस्तुत गर्ने यो गीतले नेपाली सांगीतिक क्षेत्रमा सकारात्मक सन्देशसहित दीर्घकालीन प्रभाव छोड्ने अपेक्षा गरिएको छ। ‘देश हो बगैचा’ केवल सांगीतिक प्रस्तुति मात्र नभई नागरिक दायित्व र राष्ट्रिय एकताको सन्देश बोकेको अभियानात्मक गीत पनि हो । गीत ‘देश हो बगैंचा’ का गीति हरफहरू राष्ट्रप्रेमलाई भावनात्मक नाराभन्दा माथि उठाएर जिम्मेवारी, श्रम, एकता र आत्मबोधको दर्शनमा रूपान्तरण गर्ने प्रयास हो, गीतले देशलाई “बगैचा” र नागरिकलाई “माली” का रूपमा रूपकात्मक चित्रण गर्दै सामूहिक उत्तरदायित्वको चेतना जगाएको छ भने सरल बोलचालको नेपाली भाषा प्रयोगद्धारा नेपालको भौगोलिक विविधता र प्राकृतिक सम्पदालाई अत्यन्त मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।


गीत ‘देश हो बगैंचा’ ले आज पनि हामीलाई झक्झक्याइरहन्छ जागौं हर नेपाली, माली बनेर आफ्नो बगैंचा सुन्दर बनाऔं !

‘देश हो बगैँचा’ भिडियो हेर्नुहोस् !

“मलाई भोट नहाल्नु !” ललितपुर–३ का उम्मेदवारको अनौठो चुनावी अभियान

ललितपुर : चुनाव नजिकिँदै जाँदा देशभरका उम्मेदवार मतदातासँग भोट माग्दै घरदैलो अभियानमा व्यस्त छन्। तर ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार राधे खड्का भने बिल्कुल फरक सन्देश लिएर मतदातामाझ पुगिरहेका छन्। उनी खुलेआम भनिरहेका छन्— “मलाई भोट नहाल्नु है, जसलाई मन पर्छ उसैलाई हाल्नु।”

उनको यो अभिव्यक्तिले यतिबेला चुनावी माहोलमै अनौठो बहस सुरु गराएको छ।

ललितपुर–४ बागडोलका स्थायी बासिन्दा खड्का कोरोना महामारीपछि जावलाखेलमा कपडा बैंक स्थापना गरेर चर्चामा आएका सामाजिक अभियन्ता हुन्। उनले सुरु गरेको कपडा बैंक अभियान पछि देशभर फैलिएको थियो। महामारीको कठिन समयमा उनले फुड बैंक र औषधि बैंक सञ्चालन गर्दै भोक र उपचार अभावमा परेका नागरिकलाई सहयोग गरेका थिए।

तर चुनावी मैदानमा उनको उद्देश्य जितभन्दा फरक देखिन्छ। खड्का भन्छन्, “निर्वाचन आयोगले मतपत्रमै ‘नो भोट’ भन्ने विकल्प राख्नुपर्छ। जनतालाई कसैलाई पनि मत दिन मन नलागे त्यो अधिकार प्रयोग गर्न पाउनुपर्छ।”

उनका अनुसार चुनाव केवल उम्मेदवार जिताउने प्रक्रिया मात्र नभई जनताको असन्तुष्टि व्यक्त गर्ने माध्यम पनि हुनुपर्छ।

सामाजिक अभियन्ताका रूपमा परिचित खड्का भेगन जीवनशैली अपनाउने र पशु बलि प्रथाविरुद्ध खुलेर आवाज उठाउने व्यक्तित्वका रूपमा समेत चिनिन्छन्। सामाजिक मुद्दालाई राजनीतिक बहसमा ल्याउनुपर्ने भन्दै उनी चुनावी मैदानमा उत्रिएको बताउँछन्।

जहाँ अधिकांश उम्मेदवार जितका लागि मरिमेटिरहेका छन्, त्यहीँ “भोट नहाल्नु” अभियान चलाइरहेका खड्काले चुनावी बहसलाई फरक दिशातर्फ मोडिदिएका छन्।

छत्रे टोपी चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा प्रतिस्पर्धामा रहेका उनले यसपटक चुनावलाई केवल प्रतिस्पर्धा होइन, प्रणाली सुधारको बहस बनाउने प्रयास गरिरहेका छन्।

बिरेन्द्रनगर घन्टाघरबाट गगन थापाको हुंकार : ८ वर्षको अस्थिरता अब अन्त्य हुन्छ 

सुर्खेत: गगन थापा ले २०७४ पछिका आठ वर्षलाई नेपालको राजनीतिमा “दुर्भाग्यपूर्ण कालखण्ड” करार गर्दै अबको पाँच वर्ष देशका लागि स्वर्णिम बनाउने उद्घोष गरेका छन्। सुर्खेतको बिरेन्द्रनगरस्थित घन्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकार बनाउने–ढाल्ने खेलमै देश अल्झिँदा २०७२ को संविधान कार्यान्वयन ओझेलमा परेको आरोप लगाए।

सभामा बोल्दै थापाले स्पष्ट शब्दमा भने, “२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो। सरकार बनाउने, भत्काउने र टिकाउने खेलमै राजनीति सीमित रह्यो।” उनका अनुसार यही अस्थिरताका कारण संविधानमा ‘सुनका अक्षरमा लेखिएका’ अधिकारहरू व्यवहारमा उतार्न नसकिएको हो।

उनले मधेश र कर्णालीको पीडा राज्यले अनुभूति गर्न नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठाए। “०५२ देखि ०६३/६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठूलो पीडा थिएन। हिंसाबाट बाहिर आएपछि परिवर्तनको परिणाम दिनुपर्थ्यो, तर त्यो हुन सकेन,” उनले कटाक्ष गरे।

अब समय खेर फाल्ने छुट नरहेको दाबी गर्दै थापाले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई “स्वर्णिम काल” बनाउने प्रतिबद्धता व्यक्त गरे। बदलिएको कांग्रेससँग स्पष्ट योजना, दृढ संकल्प र विकासको भोक रहेको उनको दाबी छ।

“हाम्रो पेटमा भोक छ, आँखामा सपना छ। हामी योजना लिएर आएका छौँ, देश सम्हालेर अगाडि बढाउन चाहेका छौँ,” उनले जोड दिए।

बिरेन्द्रनगर घन्टाघरमा भएको उक्त कार्यक्रमलाई कांग्रेसको आगामी चुनावी अभियानको सशक्त सन्देशका रूपमा हेरिएको छ—अबको एजेन्डा सत्ता समीकरण होइन, परिणाममुखी शासन र संविधानको प्रभावकारी कार्यान्वयन हुने दाबी पार्टी नेतृत्वले दोहोर्‍याएको छ।

Test rest

Test rest

बुटवलमा स्वास्थ्य र मानवताको उत्सव: २५ जनाको रक्तदान, १४० बढीले लिए निःशुल्क उपचार सेवा

रुपन्देही: रुपन्देहीको बुटवलमा निःशुल्क स्वास्थ्य शिविरसहितको रक्तदान कार्यक्रम उत्साहजनक सहभागितासाथ सम्पन्न भएको छ। नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देही र अक्सफोर्ड कलेज बुटवलको संयुक्त आयोजनामा कलेज परिसरमा कार्यक्रम सम्पन्न भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल ब्लड बैंक, आरोग्य हेल्थ केयर सुख्खानगर, भैरव आशिष डेन्टल हेल्थ केयर (हस्पिटल लाइन) तथा मेडिटेक इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा नाक, कान, घाँटी तथा दाँतसम्बन्धी विशेषज्ञ डाक्टरहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। साथै निःशुल्क रक्त समूह परीक्षणसमेत गरिएको थियो। आरोग्य हेल्थ केयरका नाक, कान, घाँटी विशेषज्ञ डा. सुमन पौडेललगायतका चिकित्सकले सेवा दिएका थिए।

कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए भने करिब ६० जनाले नाक, कान, घाँटीसम्बन्धी र करिब ८० जनाले दाँतसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा लिएको नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष सिलवालले जानकारी दिए। कार्यक्रमले स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वलाई थप बल पुर्‍याएको आयोजकले जनाएको छ।

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वस्तिकलाई १३ पदक

काठमाडौं : चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ। माघ ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा २३ देशका १५ सयभन्दा बढी खेलाडी तथा १६५ टिमको सहभागिता रहेको थियो।

उच्च प्रतिस्पर्धाबीच स्वस्तिक तेक्वान्दो डोजाङले उल्लेखनीय प्रदर्शन गर्दै कुल १३ पदक जित्न सफल भएको छ। डोजाङले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक हात पार्दै आफूलाई उत्कृष्ट टिमका रूपमा स्थापित गरेको हो। अझ उल्लेखनीय कुरा त के भने, सहभागी १३ खेलाडी सबैले पदक जित्दै शतप्रतिशत सफलता हासिल गरेका छन्।

पुम्से तर्फ चम्कियो स्वस्तिक

१४ वर्ष मुनिको एकल पुम्सेमा सुमन तामाङले स्वर्ण पदक जित्दा महिलातर्फ युनिसा राना मगरले कास्य पदक हात पारिन्।

१७ वर्ष मुनिको पियर पुम्सेमा एरिका माझी र आयुष मोतेको जोडीले रजत जिते। १४ वर्ष मुनिको पियर पुम्सेमा सुमन तामाङ र युनिसा राना मगरको जोडीले पनि रजत पदक जित्न सफल भयो।

१४ वर्ष मुनिको ग्रुप पुम्सेमा सुमन तामाङ, पल्सन दर्नाल र प्रद्युम्न शाहको समूहले रजत पदक जित्दा महिलातर्फ युनिसा राना मगर, अर्लीना चौधरी र लक्ष्मी न्यौपानेको टोलीले कास्य पदक हात पार्‍यो।

५० वर्ष मुनिको ग्रुप पुम्सेमा कमला गिरी शाहले स्वर्ण पदक जितिन्। उनले एकल महिला पुम्सेमा कास्य पदक समेत थपिन्। प्रेमकुमार दर्नाल र शाहको जोडीले पियर पुम्सेमा कास्य जित्दा ५० वर्ष मुनिको ग्रुप पुम्सेमा प्रेमकुमार दर्नालले रजत पदक हात पारे।

गेरोगी तर्फ पनि सफलता

गेरोगी अन्तर्गत क्याडेट ५३ केजी मुनि कर्साङ तामाङले कास्य पदक जिते। जुनियर ७८ केजीमाथि तौल समूहमा अंकित जंग थापाले कास्य जित्दा ७८ केजी मुनि शिवम खत्रीले पनि कास्य पदक हात पारे।

प्रशिक्षकको प्रतिक्रिया

स्वस्तिक तेक्वान्दो डोजाङ स्थापना भएको छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। प्रशिक्षक प्रेमकुमार दर्नालले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणका कारण यो सफलता सम्भव भएको भन्दै खुसी व्यक्त गरेका छन्।
स्वस्तिक डोजाङको यो उपलब्धिले नेपाली तेक्वान्दो क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।

फागुन २१ को चुनावका लागि ३ दिन बिदा सिफारिस — मतदाता सहभागिता बढाउन आयोगको पहल

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न आइतबार सरकारलाई पत्राचार गरिएको हो ।

“निर्वाचनमा मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेका छौँ,” प्रवक्ता भट्टराईले बताए ।

सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । आयोगको सिफारिसपछि अब बस्ने मन्त्रिपरिषद् बैठकबाट यसबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

मन्टेश्वरी बालबालिकाको खेलकुद र कलाको महाकुम्भ: ‘एन एम ए स्पोर्ट्स गला ‘ भव्य सम्पन्न

ललितपुर :  ललितपुरको सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कूलको मैदान आज सामान्य खेलमैदान मात्र रहेन, त्यो त साना नानीबाबुहरूको उत्साह, खुसी र अद्भुत प्रतिभा प्रदर्शन गर्ने एउटा रंगीन उत्सव बन्यो। नेपाल मोन्टेसरी एसोसिएसन (NMA) द्वारा आयोजित एन.एम.ए. स्पोर्ट्स गला २०८२’ मा बालबालिकाहरूले केवल खेल मात्र खेलेनन्, उनीहरूले मन्टेश्वरी सिकाईको सुन्दर अभ्यासलाई मैदानमै उतारे।

खेल, सिकाई र मनोरञ्जनको त्रिवेणी

“नेपाल राष्ट्र समृद्धिको आधार, खेलकुद नै हो शक्ति र आधार” भन्ने नारालाई आत्मसात् गर्दै आयोजित यस महोत्सवमा बालबालिकाहरूले आफ्नो शारीरिक सन्तुलन र मानसिक एकाग्रताको उत्कृष्ट नमुना पेश गरे। मन्टेश्वरी पद्धतिमा आधारित विभिन्न सिर्जनात्मक खेलहरूमा साना खेलाडीहरूले दौडिरहँदा दर्शकदीर्घाबाट अभिभावक र शिक्षकहरूको तालीले मैदान गुञ्जायमान भएको थियो।

खेलका अतिरिक्त बालबालिकाहरूले प्रस्तुत गरेका गीत र सामूहिक नृत्यले कार्यक्रममा झनै रौनक थपेको थियो। कतिपय नानीबाबुहरू गीतको धुनमा झुमिरहेका देखिन्थे भने कतिपयले आफ्नो तोते बोलीमा अभिभावकसंग जिज्ञासा राखिरहेको देखिन्थ्यो । यसले बालबालिकाको सर्वाङ्गीण विकासमा खेलकुद र संगीतको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने प्रष्ट पारेको थियो।

प्रतिष्ठित विद्यालयहरूको सक्रियता
यस गला (Gala) मा आर्य दीप स्कूल, बाल संसार, सिटी मोन्टेसोरी, क्रिएटिभ वर्ल्ड, फेयरिल्यान्ड, इनोभेटिभ किड्स, काठमाडौं भ्याली, लर्निङ ट्री, मम्स, मोन्टेसोरी किण्डरवर्ल्ड र शुभ संस्कार एकेडेमीका सयौँ बालबालिकाहरू सहभागी थिए। उनीहरूले हार-जित भन्दा पनि सहकार्य र मित्रताको पाठ मैदानमै सिकेका देखिन्थे।

सिकाईको नयाँ आयाम

नेपाल विद्यालय खेलकुद महासंघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (ISF) को सहयोगमा सम्पन्न यो कार्यक्रमले मन्टेश्वरी शिक्षा भनेको कोठाभित्रको सिकाई मात्र होइन, बरु खुल्ला मैदानको अनुभव पनि हो भन्ने सन्देश दिएको छ। सहभागी बालबालिकाको अनुहारको मुस्कानले नै कार्यक्रमको सफलता बोलेको थियो।

कार्यक्रमको अन्त्यमा,नेपाल मोन्टेसरी एसोसिएसन कि अध्यक्ष : पवित्रा लिम्बु,उपाध्यक्ष : बसन्त थापा र कोषाध्यक्ष : पुष्पा रिजाल ले  बालबालिकाको हौसला बढाउन उनीहरूलाई प्रमाणपत्र तथा गिफ्टद्वारा सम्मान गरेका थिए ।

फोटो फिचर 

फोटो : चक्र प्रसाद पोखरेल 

 

 

 

 

बेलबारीमा ‘सिलसिला’ को विमोचन, नवशिलाको मुक्तकयात्रामा नयाँ अध्याय

मोरङ, बेलबारी : मोरङको बेलबारी निवासी स्रष्टा नवराज पोखरेल ‘नवशिला’को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) को भव्य लोकार्पण बेलबारीमा सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बिहीबार बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कृतिको सार्वजनिक विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, सभाध्यक्ष तथा परिषद्का अध्यक्ष केशु विरही, कवि–समालोचक डा. दीपकप्रसाद न्यौपाने, अग्रज स्रष्टा हर्कमान तामाङ, कृतिकार ‘नवशिला’ तथा उनका अभिभावक लक्ष्मीप्रसाद र दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृतिको लोकार्पण गरिएको थियो।

लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गर्दै डा. न्यौपानेले ‘सिलसिला’ भित्रका मुक्तकहरूले जीवन, समाज र संवेदनाका विविध आयामलाई कलात्मक सौन्दर्यका साथ अभिव्यक्त गरेको उल्लेख गरे। कृतिकारको साहित्यिक यात्रालाई प्रशंसनीय ठहर गर्दै उनले आगामी सृजनामा अझ परिष्कृत अभिव्यक्तिको अपेक्षा व्यक्त गरे।

प्रमुख अतिथि खतिवडाले नवशिलाको निरन्तर साहित्य साधनाप्रति प्रशंसा व्यक्त गर्दै यस्तो सृजनात्मक ऊर्जा दीर्घकालसम्म कायम रहोस् भन्ने कामना गरे। सभाध्यक्ष विरहीले परिषद्ले साहित्यिक गतिविधिलाई नवीन शैलीमा अघि बढाइरहेको बताउँदै कृतिकारको सिर्जनशीलताले क्षेत्रीय साहित्यिक चेतनामा ऊर्जा थपेको धारणा राखे।

कृतिकार पोखरेलले आफूलाई लेखनमार्गतर्फ उन्मुख गराउन धर्मपत्नी शिला भण्डारीको प्रेरणा निर्णायक रहेको भावुकतापूर्वक स्मरण गरे। कार्यक्रममा स्वदेश तथा सीमापारका साहित्यिक संस्थाका प्रतिनिधिहरू—इन्दिरा गौतम, मधु पोखरेल, इन्दिरा चापागाईँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकारको साहित्यिक योगदानको सराहना गरे।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अग्रज तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली र नानुमाया दाहाललगायतले ‘सिलसिला’ भित्रका मुक्तकहरू वाचन गर्दै कृतिको रसास्वादन गराएका थिए।

साहित्य विभाग सहसंयोजक शारदा दाहालको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रम परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षता तथा कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो।