काठमाडौं : दैलेखी सेवा समाज काठमाडौंले महालेखा परीक्षकको कार्यालयमा नव–नियुक्त सह–सचिव नीर प्रसाद सुवेदी तथा ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ की विजेता निता थापा मगरलाई बधाई तथा सम्मान गरेको छ। दैलेखमा जन्मिएका यी दुई व्यक्तित्वलाई समाजको डिल्लीबजारस्थित कार्यालयमा २०८२ फागुन ७ गते आयोजित विशेष समारोहमा दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरिएको हो।
समाजका अध्यक्ष प्रताप शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री कुन्ती कुमारी शाही, मनघरी फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापा तथा समाजसेवी एवं चलचित्र निर्माता चक्र चन्दले संयुक्त रूपमा सम्मान अर्पण गरेका थिए।
वक्ताहरूले निजामती सेवामा उत्कृष्ट उपलब्धि हासिल गर्दै सह–सचिव पदमा पुग्न सफल भएकोमा नीर प्रसाद सुवेदीको प्रशंसा गरेका थिए। साथै नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दैलेखको पहिचान स्थापित गरेको भन्दै निता थापा मगरको उपलब्धिको उच्च कदर गरिएको थियो।
सम्मानपछि बोल्दै निता थापा मगरले आफ्नो सफलताको यात्रामा दैलेखका स्थानीय तहबाट अपेक्षित साथ–सहयोग नपाएको गुनासो गर्दै देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगकै कारण आजको स्थानमा पुग्न सकेको बताइन्। उनकी दिदी सुनिता थापा मगरले बहिनीलाई साथ र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
सम्मानित सह–सचिव नीर प्रसाद सुवेदीले पछिल्ला वर्षहरूमा दैलेखीहरू निजामती सेवाका विभिन्न महत्वपूर्ण पदमा पुगिरहेको देख्दा गर्व लागेको उल्लेख गर्दै जहाँ रहे पनि दैलेखी समुदायले एक–अर्कालाई सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए।
प्रमुख अतिथि पूर्वमन्त्री कुन्ती कुमारी शाहीले निता थापा मगरले व्यक्तिगत सफलता मात्र नभई समग्र दैलेखको नाम विश्वमाझ चिनाएको बताउँदै यस उपलब्धिलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरिन्। उनले महालेखा परीक्षकको कार्यालयमा सह–सचिव पदमा नियुक्त हुनु सुवेदीका लागि मात्र नभई सम्पूर्ण दैलेखी समुदायका लागि गर्वको विषय भएको उल्लेख गर्दै अझ उच्च नेतृत्वदायी जिम्मेवारीमा पुग्न शुभकामना व्यक्त गरिन्।
कार्यक्रममा अध्यक्ष प्रताप शाहीले ‘द भ्वाइस अफ नेपाल’ को महिला विजेता बनेर निताले दैलेख मात्र नभई राष्ट्रकै गौरव बढाएको बताए। उनले निताको संघर्ष र मेहनतले आफू भावुक बनेको उल्लेख गर्दै यो सफलता देशकै जित भएको धारणा व्यक्त गरे। साथै उनले कार्यक्रमका निर्णायक (जज) राजु लामालाई धन्यवाद दिँदै आगामी दिनमा सेवा समाजले उहाँलाई पनि सम्मान गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दैलेखी सेवा समाज काठमाडौंले समुदायका प्रतिभा र योगदान गर्ने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जनाएको छ।
काठमाडौं : अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्ट अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि युरोपबाट आगामी फेब्रुअरी २० मा नेपाल आउने भएका छन्। उनको यस भ्रमणले नेपालमा अन्तरिक्ष विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नयाँ बहस सुरु गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा परिचित खगोल भौतिकशास्त्री (Astrophysicist) डा. भट्ट युरोपका विभिन्न अनुसन्धान संस्थासँग आबद्ध भई ग्रह–नक्षत्र अध्ययन, गहिरो अन्तरिक्ष अवलोकन (Deep Space Observation) तथा आधुनिक टेलिस्कोप प्रविधिमा अनुसन्धान गर्दै आएका छन्। उनका अनुसन्धान कार्यहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नल तथा वैज्ञानिक सम्मेलनहरूमा प्रस्तुत र प्रकाशित भएका छन्। विकासोन्मुख राष्ट्रहरूमा अन्तरिक्ष अनुसन्धान विस्तार गर्ने अभियानमा समेत उनी सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
नेपाल भ्रमणका क्रममा डा. भट्टले विभिन्न शैक्षिक तथा वैज्ञानिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। साथै उनले ‘नेपाल पनि अन्तरिक्ष युगतर्फ’ विषयमा विशेष प्रवचन दिनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पोलिस विश्वविद्यालयको सहकार्यमा नेपालमा आधुनिक टेलिस्कोप जडान गर्ने योजनामा केन्द्रित मुख्य कार्यक्रम आयोजना हुने जनाइएको छ। कार्यक्रमको समन्वय बीपी मेमोरियल अब्जर्भेटरीका कार्यकारी निर्देशक डा. सनत शर्माले गर्नेछन्।
विशेषज्ञहरूका अनुसार यस पहलले नेपालमा वैज्ञानिक पूर्वाधार विकास, प्राविधिक दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै विद्यालय तथा विश्वविद्यालय स्तरमा खगोल विज्ञान अध्ययन विस्तार, आधुनिक टेलिस्कोपमार्फत अनुसन्धानको सुरुवात, हिमाली क्षेत्रमा ‘एस्ट्रो–टुरिज्म’ प्रवर्द्धन, मौसम पूर्वानुमान र विपद् व्यवस्थापनमा अन्तरिक्ष प्रविधिको उपयोगजस्ता क्षेत्रमा दीर्घकालीन फाइदा पुग्ने विश्वास गरिएको छ।
नेपाललाई क्रमशः अन्तरिक्ष अनुसन्धान र विज्ञान–प्रविधिको क्षेत्रमा अग्रसर गराउने सम्भावनासहित डा. भट्टको प्रस्तावित पहललाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
वाणिज्य बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । गत माघ महिनामा निक्षेपको ४ दशमलब ६८ प्रतिशत ब्याज दिएका बैंकहरुले फागुनमा घटाउँदै ४ दशमलब ५६ मा ल्याएका छन् । बैंकमा पैसा थुप्रिएको छ । त्यो पैसा कतै लगानी हुन सकेको छैन । त्यसैले, नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे बैंकबाट तरलता तानिरहेको छ ।
यसरी तानिएको रकमको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिने गर्दछ । निश्चित समयका लागि मात्र त्यो रकम केन्द्रीय बैंकले राख्दछ । राष्ट्र बैंकले तरलता तानेपनि बैंकहरुले घाटा खानुपरेको छ । कसरी भन्नुपर्दा अहिले बैंकले निक्षेपको चार दशमलब ५६ ब्याज दिइरहेको छ तर राष्ट्र बैंकले दुई प्रतिशतमात्र दिन्छ ।
दुई दशमलब ५६ प्रतिशत त बैंकले घाटा खानुपरेको छ । अनि के फाइदा भयो त ? बैंकमा निरन्तर निक्षेप थुप्रिरहँदा कर्जा जानै छोडेको छ । बैंकले कमाउने भनेकै पैसाबाट हो । अझ त्यो पैसालाई जति चलायमान बनाउन सक्यो, त्यति नै बैंक नाफामा जान्छ । बैंकमा पैसा थुप्रिँदा होइन, रित्तो भयो भने चाँहि बैंक र मुलुककै अर्थतन्त्र चलायमान हुन पुग्छ ।
तर, केही वर्षयता बैंकबाट कर्जा प्रवाह हुनै छोडेको छ । बैंकमा ऋण माग्न जाने शून्य बराबर छ । कर्जाबाट बैंकले सबैभन्दा धेरै आम्दानी गर्दै आएको थियो । ऋण प्रवाहकै कारण बैंकहरु निरन्तर नाफामा गइरहेका छन् । एकातिर ब्याज पनि पाइने, अर्कोतिर ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो लाखौंमा हड्पन पाइने ।
यसरी बैंकले कमाउँदै आएको थियो भने बैंकका कारण धेरैले आफ्नो धितो गुमाए । पहिले भनिएभन्दा चर्को ब्याज असुल्दा तिर्न नसकेपछि धेरै ऋणीहरु करोडौंको धितो लाखमा गुमाएर सडकमा आइपुगे । अब भने बैंक यही हालतमा पुग्ने देखिएको छ । कारण हो, कर्जा प्रवाह नहुनु र धितोको मूल्य लगातार घट्नु । बैंकबाट ऋण प्रवाह शून्य बराबर भएको छ ।
उता, कर्जा लगानी गरेका ऋणीको धितोको मूल्य पनि लगातार घटिरहेको छ । अथवा बैंकले उठाउनु छ डेढ करोड धितो मूल्य झरेको छ ५० लाखमा । एउटै धितोमा बैंक एक करोड घाटामा छ । ऋणीले ऋण नतिरेपछि बैंकले धितो लिलाम गर्छ । पहिले पो धितोको मूल्य अकासिएको हुन्थ्यो र बैंकलाई नाफा हुन्थ्यो ।
अहिले त ठ्याक्कै उल्टो छ । एकातिर धितोको मूल्य कौडीको भाउमा झरिरहेको छ, अर्कोतिर त्यही मूल्यमा पनि बिक्री हुँदैन । धितो बिक्री नभएपछि बैंकले ऋण उठाउन सक्दैन । अनि यसो हुनेबित्तिकै बैंक संकटमा पर्छ । सहकारी पनि यसरी नै डुबेको थियो, अब बैंक पनि यही अवस्थामा पुग्ने धेरैको दाबी छ । योसँगै अहिले कर्जा प्रवाह नभएपछि बैंकहरुले धमाधम राष्ट्र बैंकमा पैसा राखिरहेका छन् ।
राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिएर पैसा लिइरहेको छ । तर, त्यो पैसा सरकारी खर्चमा प्रयोग गरिन्छ । वैदेशिक ऋणको साँवाब्याज तिर्न, कर्मचारी, जनप्रतिनिधिलाई तलब, भत्ता वा पेन्सन खुवाउन उक्त निक्षेपको प्रयोग गरिएको पाइन्छ । यसकारण बैंकहरुले राष्ट्र बैंकमा राखेको निक्षेप पनि जोखिममा रहेको देखिन्छ ।
किनकि सरकारी प्रयोजनमा त्यो रकम खर्चिएपछि फिर्ता आउन वर्षौसम्म लाग्नसक्छ । फेरि ब्यान पाउने भनेको त्यँही दुई प्रतिशत हो । अर्कोतर्फ, सरकार ऋणैऋणमा छ । वैदेशिक ऋण मात्र झण्डै ३२ खर्ब पुगिसकेको छ । देशभित्रै पनि निर्माण व्यवसायीको ४५ अर्ब, कारोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुध तथा उखु किसानको सात अर्ब बक्यौता दिन बाँकी छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी विध्वंशमा ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको सरकारी सम्पत्ति खरानी बनेको छ । निजी क्षेत्रको पनि २७ खर्बको सम्पत्ति ध्वस्त भएको छ । यो पुनःनिर्माणका निम्ति यति नै रकम आवश्यक पर्छ । अनि कहाँबाट ल्याउने ? सरकारी दैनिक खर्च करोडौं छ । कर्मचारी, जनप्रतिनिधिलगायतको तलबभत्ता र पेन्सनमा मात्र मासिक खर्बौ रकम चाहिन्छ ।
अन्य सेवासुविधा अलग्गै छ । जसमा पनि खर्बौ खर्च हुने गर्दछ । सरकारको खर्च लगातार बढ्दो छ, आम्दानी शून्य । यस्तो अवस्थामा अहिले सरकारले बैंकहरुले राष्ट्र बैंकमा राखेको निक्षेप ऋणका रुपमा चलाइरहेको छ । सरकारले पहिल्यैकै ऋण तिर्न सकेको छैन, यो कसरी तिर्नसक्छ त ? यसले राष्ट्र बैंकमा बैंकहरुले राखेको निक्षेप जोखिममा देखिन्छ ।
बैंकको निक्षेप जोखिममा पर्नु भनेको केबल बैंक डुब्नुमात्र होइन, बैंकसँग जोडिएका करोडौं बचतकर्ता डुब्नु हो । जीवनभर दुःख गरेर, विदेशमा रगतपसिना बगाएर कमाएको पैसा थोरै ब्याजको प्रलोभन र विश्वासमा परी सहकारीमा राखेकाहरु त चुलुम्मै भइहाले । अब भने बैंकका बचतकर्ताको पालो आएको देखिन्छ ।
बैंक संकटमा पर्न थालिसकेको छ भने फलस्वरुप केही बैंक टाट पल्टिन पनि थालिसकेका छन् । यही अवस्था रहने हो भने सरकारीदेखि निजी क्षेत्रसम्मका सबै बैंक डुब्नसक्ने जानकारहरु बताउँछन् । स्मरण रहोस् सहकारीको कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा थियो । र, बैंकको पनि यिनै क्षेत्रमा छ । यो क्षेत्रमा पछिल्ला वर्षमा व्यापक मन्दी छ । दलालहरुले बढाएको कृत्रिम मूल्य पहिल्यैकै अवस्थामा फर्किन थालेको छ । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन भूमाफियाहरुले खण्डीकरण गरेर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । एक रोपनी जमिनमा १६ आना हुन्छ ।
छिमेक भारत र चीनले ५० हजारदेखि बढीमा पाँच लाखमा बनाएको गाडी अटो शोरुमहरुले डेढ लाखदेखि करोडौंमा बेचे । गाडी बनाउँदा प्रयोग हुने सामान कवाडीको भाउमा समेत बिक्री हुन्न । सेयर बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेका हुन् । तर, दलालहरुले मूल्य बढाएर ३२ सयसम्म पुर्याए ।
दलालको लहैलहैमा लागेर आम सर्वसाधारणले यी क्षेत्रमा लगानी गरे । आफूसँग भएको रकम त लगानी गरे नै सँगै बैंक, वित्तिय संस्थाबाट ऋण पनि लिए । मूल्य बढेको देख्दा र कमिशन पाएपछि बैंकले आँखा चिम्लेर यो क्षेत्रमा लगानी गर्यो । घरजग्गा, गाडी र सेयरमा लगानी गरेका सर्वसाधारण र सहकारी त डुबिसके । अब बैंक डुब्दैछ । यही क्षेत्रमा लगानी गरेकै कारण आज मुलुकको अर्थतन्त्रसमेत धरापमा परेको छ ।
यसरी दलालको लहैलहैमा लागेर गरिएको लगानीका कारण जनतादेखि बैंक, वित्तिय संस्था र सरकारसम्म डुब्ने अवस्थामा पुगेका छन् । अझै पनि समय छ । सरकारले कदम चालोस् । बैंक, वित्तिय संस्था तथा सर्वसाधारणलाई यी क्षेत्रमा थप लगानी गर्नबाट रोकोस् । यो क्षेत्र अनुत्पादक र विलासित हुन् भनेर सम्झाओस् ।
नभए यो संकटले विकराल रुप लिन सक्नेछ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिनअघि भनेका थिए, पहिला विकास भएन भन्ने चिन्ता थियो । अब देशै रहँदैन भन्ने चिन्ता बढ्यो । यो चिन्तालाई हविगतमा परिणत हुन दिने कि आवश्यक कदम चाल्ने ? सरकारको हातमा छ ।
काठमाडौं : जहानियाँ राणा शासनको अन्त्य भई नेपाली जनतामा सार्वभौमसत्ता स्थापित भएको ऐतिहासिक स्मरणस्वरूप ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
सरकारले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाउँदै आएको छ। उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ। नेपाली इतिहासमा २००७ साल फागुन ७ गतेलाई जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको प्रादुर्भाव भएको गौरवपूर्ण तथा अविस्मरणीय दिनका रूपमा स्मरण गरिन्छ।
दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यता संघर्ष र सहिदहरूको बलिदानबाट स्थापित भएको उल्लेख गरेका छन्।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्याउने सम्पूर्ण सहिद तथा योद्धाप्रति सम्मान प्रकट गरेका छन्।
काठमाडौ: दीर्घ बहादुर चन्दद्धारा प्रवर्तित लघुकविता विधा ‘आगो’ को रचना सिद्धान्त अनुसार तयार पारिएको पहिलो पटकको भजन शैलीको सँगीतमय प्रस्तुति ‘भजनागो : शिव महिमा’ सार्वजनिक गरिएको छ। उक्त भजन साहित्यकार तथा कलाकार लक्ष्मीप्रसाद मिश्र द्वारा रचना तथा लक्ष्मीप्रसाद मिश्र र तृप्ति खड्का गुरुङको स्वर रहेको छ।
यस भजनको परिकल्पना दीर्घ बहादुर चन्द ले गरेका हुन्। गीतको शब्द रचना लक्ष्मीप्रसाद मिश्रले गरेका छन् भने संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ नरेश पाण्डेको रहेको छ ।
भजनको रेकर्डिङ तथा निर्माण कार्य सारेगामा स्टुडियो मा सम्पन्न गरिएको छ। साथै, भिडियो सम्पादन तथा कलर पोस्टर डिजाइन विजय गुरुङ द्वारा गरिएको छ।
आँफूले प्रवद्र्धन गरेको भजनागो रेकर्ड भएर किर्तिमान कायम राख्न सफल भएकोमा प्रवद्र्धक दीर्घ बहादुर चन्दले खुसी व्यक्त गरेका छन् । इमेज एफ.एम. ९७.९ मा भजनागो को सार्वजनिक विशेष कार्यक्रममा बोल्दै उनले नेपाली साहित्यमा आगो विधामा अरु धेरैले कलम चलाउनु भएको र आगामी दिनमा गजलागो, मुक्तआगो पनि रेकर्ड हुने विश्वास लिएको बताए ।
नेपालको सांगितिक इतिहासमा पहिलो चारु रेकर्ड गरेका लक्ष्मी प्रसाद मिश्रको आगो सिद्धान्तको यो ‘भजनागो’ पनि पहिलो रहेको छ ।
महाशिवरात्रि तथा शिवभक्ति केन्द्रित यस भजनलाईतृप्ति खड्का गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। धार्मिक, आध्यात्मिक तथा कलात्मक दृष्टिले फरक प्रयोग गरिएको यो प्रस्तुति श्रोता तथा भक्तजनहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। भजन हेर्नुहोस् !
काठमाडौः पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । यसै विच आरजु गिरीका शेरहरुले सजिएको गजल नयन भर्खरै सार्वजनिक भएको छ जुन गजलका शेरहरू प्रेमको मधुर कम्पनले भरिएका छन् । गजल नयनमा प्रेम केवल शब्दमा सीमित छैन, दृष्टिको सूक्ष्म भाषा, लाजले झुकेका आँखा, चोरी–चोरीको हेराइ र मनको अनकही चाहनामा गहिरिएर बसेको छ । गजलका प्रत्येक शेरले प्रेमको एक अलग पाटो उजागर गर्छ लाज, आकर्षण, बेचैनी, चाहना र अन्ततः मिलनको अभिलाषा ।
जव झुक्छन् सामु मेरा लजाएर नयन ती
लाग्छ राखु छाती भरि सजाएर नयन ती…
गजलको यस शेरमा प्रेमिकाका नयनहरू प्रेमको पहिलो साक्षी बनेको अनुभूति हुन्छ । सामान्यताः आँखा झुक्नु केवल लाजको संकेत मानिन्छ तर गजलको यो शेरमा नयन लज्जाले मात्र झुकेका छैनन् र होइन पनि, उनको त्यो झुकेको नजर प्रेम प्रस्ताव स्वीकृतिको मधुर संकेत पनि हो । जब प्रियाका आँखा लाजले झुक्छन् त्यो क्षण एक प्रेमीका लागि सबैभन्दा विशेष हुन्छ, उनका मनका सारा भाव उनको त्यो झुकेको नजरले नै वर्णन गरेको हुन्छ । गजलमा “छाती भरि सजाएर राख्ने” चाहना सतही रुपमा बुझ्दा शारीरिक निकटताको संकेत जस्तो भए पनि छाती भित्र नै मन अनि मुटु पनि हुने भएकोले त्यहि मन या मुटुको गहिराइमा उनलाई सधैं सधैंका लागि बसाल्ने आकांक्षा प्रेमीले राखेको महशुष हुन्छ ।
लुट्यो होस् अनि चैन छड्के तिनै हेराइले
गरे हुन्थ्यो उपकार लुकाएर नयन ती..
प्रेममा सबैभन्दा बलियो नै हतियार ‘हेराइ’ हो । प्रेममा प्रेयसीको नजर केवल हेर्ने साधन होइन, त्यो भावनाको भाषा हो जुन हजार शब्दभन्दा पनि गहिरो हुन्छ । नयन अधरले झैं बोल्दैनन् तर ती नजरले मनका हजार कुरा व्यक्त गरिरहेका हुन्छन्। कहिलेकाहीँ ती नजरहरू झुकेर लजाउँछन्, कहिलेकाहीँ चुपचाप अडिएर मनको ढोका खोल्छन् अनि कहिलेकाहीँ अचानक जुधेर हृदयको धड्कन बढाइदिन्छन् । साच्चै गीतकार नारायण कुमार आचार्यले धेरै अघि लेखेका र मुरलीधरको स्वर र संगीत रहेको कालजयी गीत ‘त्यो नजरको बयान गरु कसरी …’जस्तै उनका नयनका ती नजर, ती हेराई अवर्णनीय नै लाग्छ ।
प्रेमको प्रारम्भ प्रायः नजरबाटै हुन्छ । जब प्रेयसीले एकछिन् चोरिएर हेर्छिन् त्यो हेराइमा संकोच पनि हुन्छ र स्वीकृति पनि । नयनको त्यो हेराईले केहि सोधेजस्तो लाग्छ केहि खोजे जस्तो लाग्छ अनि केहि बोले जस्तो लाग्छ … र जब दुई नजर एक हुन्छन् त्यही क्षण समय स्थिर भएजस्तो लाग्छ अनि वरिपरि भीड भए पनि संसार सानो भई दुई नयनमै सीमित बनिदिन्छ । उनको हेराईमा एउटा अनौठो जादू हुन्छ जुन नयनको हेराइले थाकेको मनलाई शान्ति दिन्छ अनि सन्तुलित हृदयलाई पनि बेचैन बनाउन सक्छ । कहिलेकाहीँ ती नयनमा सपनाहरू तैरिरहेका हुन्छन् भविष्यका प्रेमिल मिलनका अनि संग सँगै हात समाई हिँड्ने बाटाका । कहिलेकाहीँ तिनै नयन गुनासो गर्छन् अनि अनि फेरि क्षणभरमै पग्लेर मायामा झार्छन् । ती नयनमा करुणा पनि हुन्छ अनि आग्रह पनि । जव उनले प्रेमिल नजरले हेर्छिन् तव एक प्रेमीलाई महशुष हुन्छ ऊ संसारको सबैभन्दा धनी मान्छे हो किनकि त्यो नजरमा विश्वास छ, अपनत्व छ र आफूलाई स्वीकारेको मिठो अनुभूति पनि संगै मिसिएको छ ।
उनको नयन अनि ती नयनको नजर प्रेमको सबैभन्दा सजीव कविता हो। ओठले नबोलेका सयौ भाव, मनले लुकाएका भित्री चाह अनि आत्माले महसुस गरेका गहिरो स्पन्दनहरू सबै ती छड्के हेराईमा झल्किन्छन् । एउटा प्रेमीका लागि त्यो छड्के नजर आराधना जस्तै हो जहाँ ऊ बारम्बार हराउन चाहन्छ अनि हराई भित्रै फेरि भेटिन चाहन्छ। गजलको यो शेरले बोलेको भाव प्रेयसीको नयन अनि त्यो छड्के नजर केवल हेराई मात्र होइन त्यो सम्पूर्ण प्रेमकथा हो मौन तर गहिरो, सरल तर अनन्त ।
बेचैनी त पक्कै होला यहाँ जस्तै त्यहाँ पनि
मेटे हुन्थ्यो खुल्दुली जुधाएर नयन ती …
प्रेम एकतर्फी होइन भन्ने भाव गजलको यो शेरले बोलेको छ । जस्तो बेचैनी प्रेमीको मनमा छ त्यस्तै बेचैनी उता पनि होला भन्ने आशा गजलको शेरले राखेको छ । आँखा जुध्नु भनेको मन जुध्नु हो । यदि एकपटक आँखा खुलेर जुध्थे भने सायद मनका सबै प्रश्नहरू समाधान हुन्थे । “खुल्दुली” केवल जिज्ञासा होइन, त्यो प्रतीक्षाको पीडा पनि हो । के उनी पनि यस्तै महसुस गर्छिन् त ? के उनी पनि यही प्रेममा छिन् त ? दुई नयन एक हुनु यहाँ प्रेमको स्वीकारोक्ति हो ।
मिल्छ भने खुसी धेरै चोरी मन यो लुकीलुकी
म पनि त हिँड्छु भागी सताएर नयन ती…
गजलको यो शेरमा प्रेमको खेल लुकामारी जस्तो बनेको छ । मन चोरी गर्ने चाह छ तर खुलेआम होइन लुकीलुकी । प्रेममा एउटा मिठो डर हुन्छ नि समाजको, परिस्थितिको अनि अस्वीकृतिको । यो डरले गर्दा लुकीलुकी मन सताएर भागी हिँड्ने प्रेमीको चाह रहेको छ । तर यहाँ भाग्नु पलायन होइन, बरु हृदयको धड्कन सम्हाल्न नसक्नु हो । प्रेमको आकर्षण यति प्रबल छ कि त्यसबाट बच्न खोज्दा पनि मन फेरि त्यहीँ फर्किन्छ भागी भागी ।
मात्र एकै भइदिए दुवै मनको आरजु यो
पुरा हुन्थे यी सपना ब्युँझाएर नयन ती …
गजलको अन्तिम शेरमा प्रेमको चरम अभिलाषा प्रकट भएको छ दुई मन एक हुनु । गजलमा “आरजु” केवल चाह मात्र बनेको छैन यो त भित्री मनको पुकार बनेको छ । यदि दुवैको मन एउटै धुनमा बज्थ्यो भने सबै सपना पूरा हुन्थे । यहाँ नयन फेरि पनि माध्यम बनेको छ सपना साकार पार्ने साधनका रूपमा । समग्रमा आरजु गिरीका गजलका यी शेरहरू प्रेम दृष्टि–भाषाको सुन्दर चित्रण बनेका छन् । गजलका शेरहरुमा शब्दभन्दा बढी नयनले बोलेका छन्, लाजले स्वीकार्छ, हेराइले लुट्छ, बेचैनीले जोड्छ, र अन्ततः मिलनको आशाले सपना बुन्छ । आरजु गिरीको काव्यमा प्रेम कोमल पनि छ, बेचैन पनि अनि मौन पनि छ उस्तै गहिरो पनि । उनका गजलका यी शेरहरूले देखाउँछन् कि झुकेका नयनमै सम्पूर्ण प्रेमकथा लेख्न सकिन्छ ।
आरजु गिरीका यति प्रेमिल भावको गजलका यी शेरहरुलाई प्रविण बेडवालले मीठो स्वरमा सजाएका छन् । गजल ‘नयन’ मा फणिन्द्र राईको एरेन्ज, गजल अकष्टिक नेपालको स्टुडियोमा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको छ । गजलमा गायक प्रविण बेड्वाल कै संगीत रहेको छ भने गजलको भिडियोको कथा गजलकार आरजु गिरी स्वयंले परिकल्पना गरेका छन् । उनको परिकल्पनाको कथालाई सन्दीप वस्ती र उपासना पाठक मार्फत निर्देशक कृष्णदेव रुपाखेतीले उत्सव दाहालको साथले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् भने विकास दाहालले भिडियोको सम्पादन गरेका छन् । गजल ‘नयन’ नेपाली गजल बहार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गजल लेखन र रेकर्डलाई निरन्तरता दिदै आएका गजलकार हुन् आरजु गिरी । उनका शब्दको गजल ‘को हौ तिमी’ केहि समय अघि गायिका तथा संगीतकार बबिना भट्टराईको मधुर र लययुक्त स्वर एवं संगीतमा सार्वजनिक भएको थियो । आगामी केहि समयमा बबिना भट्टराईको स्वर तथा संगीतमा अर्को गजल आउदै गरेको पनि गजलकार आरजु गिरीले बताएका छन् ।
काठमाडौं : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा फिर्ताका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै तत्काल फिर्ता गर्न नमिल्ने आदेश गरेको हो।
अदालतले सर्वोच्च अदालतबाट आउने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र मुद्दा फिर्ताबारे निर्णय गरिने स्पष्ट पारेको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सोही निर्णयअनुसार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो।
लामिछाने विरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छन्।
चुनावमा असर पर्छ कि पर्दैन?
कानुनी रूपमा भने मुद्दा चलिरहेकै आधारमा चुनाव लड्न रोक लाग्दैन। अन्तिम अदालतबाट दोषी ठहर नभएसम्म उम्मेदवार बन्न र चुनाव लड्न पाउने व्यवस्था छ। तर बहु–जिल्ला अदालतमा गम्भीर आपराधिक मुद्दा कायम रहनुले लामिछानेको राजनीतिक छवि, अभियान र मतदाताको विश्वासमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। सर्वोच्च अदालतको आगामी आदेश र अन्तिम फैसला नै उनको चुनावी भविष्यका लागि निर्णायक हुने देखिन्छ।
नेपालको लोकतान्त्रिक यात्रामा संसद् भवन केवल एउटा संरचना होइन—यो जनआकांक्षा, संघर्ष, बलिदान र भविष्यको भरोसाको प्रतीक हो। यही थलोमा जनताको आवाज नीति र कानुनमा रूपान्तरित हुनुपर्थ्यो, यही मञ्चबाट राष्ट्रको दीर्घकालीन मार्गचित्र कोरिनुपर्थ्यो। तर आज धेरै नागरिकमा गहिरो अनुभूति छ—त्यो पवित्र थलो बहसको भन्दा बढी बहानाको, नीतिको भन्दा बढी नाटकको रंगमञ्चजस्तो देखिन थालेको छ।
यही पृष्ठभूमिमा जब सुशासन, सदाचार र संस्थागत जवाफदेहिताको प्रश्न उठ्छ, त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि जनचासो स्वाभाविक रूपमा केन्द्रित हुन्छ। नेताको भनसुन, दलगत दबाब वा कुनै पूर्वाग्रहमा नपरी दोषी जोसुकैलाई कठघरामा उभ्याउने आँट यदि यस संस्थाले देखायो भने मात्र अधोगतिमा धकेलिएको देश सही दिशातर्फ फर्किन सक्छ भन्ने व्यापक जनविश्वास छ। यही विश्वास, अपेक्षा र चुनौतीको गहिरो विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।
विगत ३५ वर्षमा नेपालले बहुदलीय प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको छ। राजनीतिक परिवर्तनहरू ऐतिहासिक थिए—तर के शासन संस्कार बदलियो? लोकतन्त्रको मूल आत्मा पारदर्शिता, उत्तरदायित्व र जनसहभागिता हो। तर जब संसद्मा नीतिगत गम्भीर बहसभन्दा आरोप–प्रत्यारोप, अवरोध र शक्ति प्रदर्शन हावी हुन्छ, तब जनविश्वास क्षीण हुन थाल्छ। जनता केवल मतदाता होइनन्—नीति निर्माणका वास्तविक स्वामी हुन्। तर जब निर्णय प्रक्रिया अपारदर्शी हुन्छ, तब नागरिक आफूलाई दर्शकजस्तो महसुस गर्न बाध्य हुन्छन्।
यही शून्यतामा भ्रष्टाचार, पहुँचको राजनीति र नीतिगत अस्थिरता फस्टाउँछ। दीर्घकालीन विकास रणनीति दलगत समीकरणमा हराउँछ, र राज्य सञ्चालन अल्पकालीन राजनीतिक स्वार्थमा सीमित हुन्छ।
नेपालमा सरकार परिवर्तन असामान्य होइन, तर नीति निरन्तरताको अभाव गम्भीर समस्या हो। शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पूर्वाधार—यी क्षेत्र दीर्घकालीन दृष्टि माग्छन्। तर हरेक नयाँ सरकारसँग प्राथमिकता फेरिन्छ, अघिल्लो योजना अधुरै रहन्छ। यस्तो अवस्थामा संसद्ले दीर्घकालीन राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने हो। तर यदि संसद् स्वयं राजनीतिक खिचातानीको रंगमञ्च बन्छ भने सुशासनको आधार कमजोर हुन्छ। जब नीति भन्दा व्यक्तिको स्वार्थ अगाडि आउँछ, तब राष्ट्र निर्माणको गति अवरुद्ध हुन्छ।
नैतिकता कागजमा सीमित रहँदा लोकतन्त्रको आत्मा कमजोर हुन्छ। शपथ लिएका प्रतिनिधिहरूले नै पारदर्शिता र उत्तरदायित्वलाई खिल्ली उडाउँदा संस्थागत क्षय सुरु हुन्छ। संस्था कमजोर हुँदा भ्रष्टाचार मौलाउँछ। भ्रष्टाचार केवल आर्थिक अपराध होइन—यो नैतिक अपराध पनि हो। यसले विकासको स्रोत नष्ट गर्छ, सामाजिक असमानता बढाउँछ र जनविश्वास तोड्छ। जब नागरिकले देख्छन् कि शक्तिशालीहरू दण्डहीन छन्, तब उनीहरूको कानुनप्रतिको सम्मान घट्छ। यही दण्डहीनताको संस्कृतिले लोकतन्त्रलाई खोक्रो बनाउँछ।
नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिट्यान्समा निर्भर छ। लाखौँ युवा विदेशमा श्रम गरिरहेका छन्। देशभित्र उत्पादन र रोजगारी सृजनाको गति सन्तोषजनक छैन। उद्योग कमजोर, कृषि परम्परागत, आयात–निर्यात असन्तुलित छ। भ्रष्टाचारले यहाँ दोहोरो क्षति पुर्याउँछ—विकास बजेट दुरुपयोग हुन्छ र लगानी वातावरण कमजोर हुन्छ। यदि सार्वजनिक खरिद, पूर्वाधार निर्माण, ऊर्जा परियोजनामा पारदर्शिता नहुने हो भने देशको आर्थिक आधार नै कमजोर रहन्छ। यही सन्दर्भमा अख्तियारको भूमिका निर्णायक हुन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानद्वारा स्थापित निकाय हो, जसको मुख्य उद्देश्य सार्वजनिक पदमा रहेका व्यक्तिहरूको भ्रष्टाचार अनुसन्धान र कारबाही गर्नु हो। यसको विश्वसनीयता तीन कुरामा निर्भर हुन्छ: स्वतन्त्रता, निष्पक्षता र साहस। यदि आयोग राजनीतिक दबाबमा पर्यो भने यसको अस्तित्व औपचारिकतामा सीमित हुन्छ। तर यदि यसले नेताको भनसुन वा दलगत प्रभाव अस्वीकार गर्दै दोषी जोसुकैलाई कठघरामा उभ्याउने आँट देखायो भने देशको शासन संस्कारमा आमूल परिवर्तन सम्भव हुन्छ।
नेपालमा दण्डहीनताको संस्कृति गहिरो रूपमा जरा गाडेको आरोप बारम्बार उठ्ने गरेको छ। ठूला भ्रष्टाचार काण्डहरू वर्षौँसम्म अनुसन्धानमै अल्झिन्छन्। साना कर्मचारी कारबाहीमा पर्छन्, तर शक्तिशालीहरू जोगिन्छन् भन्ने धारणा बलियो छ। यदि अख्तियारले साना–ठूला सबैलाई समान रूपमा व्यवहार गर्यो भने मात्र कानुनको शासन स्थापित हुन्छ। कानुन सबैका लागि समान छ भन्ने सन्देश व्यवहारमै देखिनुपर्छ—केवल भाषणमा होइन।
अख्तियारमाथि कहिलेकाहीँ चयनात्मक अनुसन्धानको आरोप लाग्ने गरेको छ। यस्तो आरोपले संस्थाको विश्वसनीयता घटाउँछ। त्यसैले अनुसन्धान प्रक्रिया पारदर्शी, प्रमाणमा आधारित र कानुनी मान्यताअनुसार हुनुपर्छ। राजनीतिक प्रतिशोधको माध्यमजस्तो देखिने कारबाहीले सुशासन होइन, अस्थिरता बढाउँछ। निष्पक्षता नै अख्तियारको सबैभन्दा ठूलो पूँजी हो।
संसद्ले कानुन बनाउँछ, अख्तियारले त्यसको कार्यान्वयनमा निगरानी गर्छ। यदि संसद्ले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन बलियो बनाएन भने अख्तियार कमजोर हुन्छ। त्यसैले दुवै संस्था परस्पर प्रतिस्पर्धी होइनन्—पूरक हुन्। संसद्ले अख्तियारलाई स्वायत्तता र पर्याप्त स्रोत दिनुपर्छ, र अख्तियारले संसद्का सदस्यहरू समेत अनुसन्धानको दायराभित्र ल्याउनुपर्छ। यही सन्तुलन लोकतन्त्रको मजबुतीको आधार हो।
जनताको विश्वास पुनर्स्थापित गर्न केवल भाषण पर्याप्त छैन। ठूला भ्रष्टाचार प्रकरणमा छिटो, निष्पक्ष र पारदर्शी कारबाही आवश्यक छ। जब शक्तिशाली व्यक्तिहरू कानुनी प्रक्रियामा तानिन्छन् र दोष प्रमाणित भए दण्डित हुन्छन्, तब नागरिकमा आशा पलाउँछ। न्यायको ढिलो प्रक्रिया न्यायको अस्वीकारजस्तै हो। त्यसैले संस्थागत दक्षता, प्राविधिक क्षमता र कानुनी सुधार पनि आवश्यक छ।
फाल्गुन २१ को निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा होइन—यो शासन संस्कार परिवर्तनको अवसर हो। मतदाताले दलभन्दा बढी चरित्र, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने समय आएको छ। यदि निर्वाचनले सदाचारलाई प्राथमिकता दिने नेतृत्व जन्मायो भने अख्तियारलाई पनि निष्पक्ष काम गर्न सहज वातावरण मिल्छ। राजनीतिक इच्छाशक्ति र संस्थागत साहस एकसाथ आए मात्र परिवर्तन सम्भव हुन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन केवल कानुनी अधिकार पर्याप्त हुँदैन; संस्थागत संस्कार, दक्ष जनशक्ति र प्राविधिक क्षमता पनि उत्तिकै आवश्यक हुन्छ। भ्रष्टाचारका स्वरूप आज जटिल बन्दै गएका छन्—शेल कम्पनी, अन्तर्राष्ट्रिय कारोबार, डिजिटल भुक्तानी, कर छली, सम्पत्ति शोधनजस्ता प्रविधिमुखी अपराध बढिरहेका छन्। त्यसैले आयोगमा वित्त, लेखा, सूचना प्रविधि, सार्वजनिक खरिद, अन्तर्राष्ट्रिय कानुन आदिका विज्ञहरूको स्थायी टोली आवश्यक हुन्छ। डिजिटल ट्र्याकिङ प्रणाली, डेटा एनालिटिक्स, सार्वजनिक खरिदको ई-प्रोक्योरमेन्ट निगरानी जस्ता उपकरण प्रयोग गरिए अनुसन्धान छिटो र प्रमाणमा आधारित हुन सक्छ। आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी र योग्यता–आधारित हुनुपर्छ।
साना कर्मचारीमाथि कारबाही सजिलो हुन्छ; तर शक्तिशाली नेता, मन्त्री वा प्रभावशाली व्यक्तिहरूमाथि अनुसन्धान गर्नु नै वास्तविक परीक्षा हो। यदि आयोगले “ठूलालाई छोड्ने, सानालाई समात्ने” प्रवृत्ति त्यागेर समान कानुनी व्यवहार देखायो भने मात्र दण्डहीनताको संस्कृतिमा चोट पुग्छ।
अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा वर्षौँसम्म लम्बिनु पनि समस्या हो। छिटो न्यायका लागि विशेष अदालतको क्षमता वृद्धि, प्रक्रियागत सुधार र डिजिटल केस म्यानेजमेन्ट प्रणाली आवश्यक हुन्छ।
संसद् भवन मा बस्ने जनप्रतिनिधिहरूले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ। सार्वजनिक खरिद ऐन सुधार, सम्पत्ति विवरण अनिवार्य र सार्वजनिक, हित–संघर्ष स्पष्ट, व्हिसलब्लोअर संरक्षण कानुन—all यी उपायले अख्तियारको काम प्रभावकारी बनाउँछ।
स्वतन्त्र सञ्चारमाध्यम र सक्रिय नागरिक समाज भ्रष्टाचारविरुद्धको लडाइँका प्रमुख साझेदार हुन्। अनुसन्धानात्मक पत्रकारिताले धेरै काण्ड उजागर गरेको उदाहरणहरू छन्। तर पत्रकार र सूचना दिने व्यक्तिको सुरक्षा पनि सुनिश्चित हुनुपर्छ। नागरिकले सूचना अधिकार प्रयोग गर्दै सार्वजनिक निकायबाट विवरण माग्ने संस्कार विकास गर्नुपर्छ।
नेपालको ठूलो जनसंख्या युवा हो। यदि युवा निराश भएर विदेश पलायन मात्र हुने हो भने परिवर्तन सम्भव हुँदैन। युवाले राजनीति, प्रशासन र नागरिक अभियानमा सक्रिय सहभागिता जनाए भने नयाँ संस्कारको थालनी हुन सक्छ। सदाचार विद्यालय र विश्वविद्यालय तहदेखि नै पाठ्यक्रममा समेटिनुपर्छ।
भ्रष्टाचार घट्दा लगानी वातावरण सुधार हुन्छ। पारदर्शी सार्वजनिक खरिदले पूर्वाधार परियोजना समयमै सम्पन्न हुन्छन्। ऊर्जा, पर्यटन, कृषि र उद्योग क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गरिए रोजगारी सिर्जना बढ्छ। अर्थतन्त्र बलियो भए नागरिकको जीवनस्तर सुधार हुन्छ, जसले लोकतन्त्रप्रति विश्वास पनि सुदृढ गर्छ।
फाल्गुन २१ को निर्वाचनले केवल प्रतिनिधि चयन गर्दैन; यसले राजनीतिक संस्कारको दिशा निर्धारण गर्छ। मतदाताले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिए भने राजनीतिक दलहरू पनि बाध्य भएर आफ्नो आन्तरिक संरचना सुधार गर्न सक्छन्।
दिगो परिवर्तनका लागि तीनवटा आधार आवश्यक छन्: नैतिक नेतृत्व – चरित्रवान र दूरदर्शी जनप्रतिनिधि; स्वतन्त्र संस्था – निष्पक्ष र शक्तिशाली निगरानी निकाय; सचेत नागरिकता – प्रश्न गर्ने, जवाफ माग्ने र सहीलाई समर्थन गर्ने जनता। यी तीनै तत्व एकसाथ आए मात्र प्रणालीमा वास्तविक सुधार सम्भव हुन्छ।
नेपाल आज इतिहासको संवेदनशील मोडमा उभिएको छ। संसद्को गरिमा, अख्तियारको साहस र जनताको चेतना—यी तीन स्तम्भले भविष्य निर्धारण गर्नेछन्। यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै नेताको भनसुन वा पूर्वाग्रहमा नपरी दोषी जोसुकैलाई कठघरामा उभ्याउने आँट देखायो भने दण्डहीनताको जरो कमजोर हुनेछ। यदि संसद्ले स्वार्थभन्दा माथि उठेर कानुन र नीति सुधार गर्यो भने संस्थागत स्थिरता बढ्नेछ। यदि नागरिकले जात, क्षेत्र वा व्यक्तिगत लाभभन्दा माथि उठेर सदाचार र दूरदृष्टिलाई मतदान गरे भने लोकतन्त्र सुदृढ हुनेछ।
नेपालको लोकतान्त्रिक संरचना कागजमा बलियो देखिए पनि व्यवहारमा विधिको शासन पूर्ण रूपमा स्थापित हुन सकेको छैन भन्ने आलोचना बारम्बार उठ्ने गरेको छ। विधिको शासनको अर्थ केवल कानुन हुनु होइन—कानुन सबैमाथि समान रूपमा लागू हुनु हो। जब शक्तिशाली व्यक्तिहरू अनुसन्धान र कारबाहीबाट जोगिन्छन् भन्ने धारणा बलियो हुन्छ, तब नागरिकमा “कानुन कमजोरका लागि मात्र हो” भन्ने मनोविज्ञान विकास हुन्छ। यही मनोविज्ञानले कर छल्ने, नियम उल्लङ्घन गर्ने र व्यक्तिगत लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग गर्ने संस्कारलाई सामान्य बनाउँछ। त्यसैले दण्डहीनताको अन्त्य नै सुशासनको प्रारम्भ हो।
भ्रष्टाचार नियन्त्रणको एक प्रभावकारी उपाय भनेको सार्वजनिक पदधारीको सम्पत्ति विवरण पारदर्शी बनाउनु हो। सम्पत्ति विवरण नियमित रूपमा सार्वजनिक गर्ने, जीवनशैली र आम्दानीबीचको असमानता परीक्षण गर्ने, अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था सुदृढ गर्ने—यी सबै उपाय कडाइका साथ लागू गरिए भने भ्रष्टाचार गर्ने प्रलोभन घट्न सक्छ।
संघीयताको अभ्याससँगै अधिकार प्रदेश र स्थानीय तहमा पुगेका छन्। यसले सेवा प्रवाह नजिक ल्याएको छ, तर निगरानी संयन्त्र कमजोर भयो भने भ्रष्टाचार पनि विकेन्द्रित हुन सक्छ। स्थानीय तहमा ठेक्का, बजेट वितरण र विकास योजना कार्यान्वयनमा पारदर्शिता अनिवार्य छ। अख्तियारले संघ, प्रदेश र स्थानीय सबै तहमा समान रूपमा निगरानी गर्न सक्नुपर्छ।
संस्था बलियो बनाउन राजनीतिक इच्छाशक्ति अपरिहार्य हुन्छ। यदि संसद्भित्र बसेका जनप्रतिनिधिहरूले नै अख्तियारलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण नदिए भने कानुनी प्रावधानहरू पनि निष्प्रभावी हुन्छन्। संसद् भवन भित्रैबाट सुशासनको सन्देश नआए बाहिरबाट सुधार सम्भव हुँदैन। राजनीतिक दलहरूले आफ्नो आन्तरिक संरचनामा पारदर्शिता र अनुशासन लागू गर्नुपर्छ।
भ्रष्टाचार नियन्त्रण केवल कानुनी मुद्दा होइन—यो विकास र सामाजिक विश्वाससँग गहिरो रूपमा जोडिएको छ। जब विकास परियोजनामा कमिसन र अनियमितता हुन्छ, सडक गुणस्तरहीन बन्छ, पुल कमजोर बन्छ, अस्पताल उपकरणविहीन हुन्छन्। यसको प्रत्यक्ष असर जनजीवनमा पर्छ।
भ्रष्टाचारको जरा केवल राजनीति होइन—समाजको मूल्य प्रणालीमा पनि हुन्छ। यदि विद्यालय स्तरदेखि नै इमानदारी, सार्वजनिक उत्तरदायित्व र सामाजिक नैतिकता सिकाइएन भने भविष्यका नेतृत्वमा पनि त्यही कमजोरी दोहोरिन्छ।
डिजिटल शासन प्रणालीले भ्रष्टाचार घटाउन ठूलो योगदान दिन सक्छ। ई–गभर्नेन्स, अनलाइन सेवा प्रवाह, सार्वजनिक खरिदको डिजिटल प्लेटफर्म, बजेट खर्चको रियल–टाइम निगरानी—यदि नागरिकले सरकारी खर्च अनलाइन हेर्न सक्ने भए पारदर्शिता स्वतः बढ्छ।
नेपालको इतिहास संघर्षले भरिएको छ। जनताले पटक–पटक परिवर्तनका लागि आवाज उठाएका छन्। निराशा भए पनि आशा समाप्त भएको छैन। यदि अख्तियारले निष्पक्षता देखायो, यदि संसद्ले आत्मसुधार गर्यो, यदि नागरिकले सजगता अपनाए—परिवर्तन सम्भव छ।
आज नेपाल एक निर्णायक मोडमा उभिएको छ। संसद्ले नीतिगत गम्भीरता देखाउनुपर्छ। अख्तियारले साहसिक निष्पक्षता देखाउनुपर्छ। न्यायालयले छिटो र निष्पक्ष फैसला दिनुपर्छ। नागरिकले विवेकपूर्ण निर्णय गर्नुपर्छ। यदि यी सबै तत्व एकसाथ आए भने अधोगतिमा धकेलिएको देश सही दिशातर्फ मोडिन सक्छ। देशलाई अहिले भाषण होइन—आचरणमा देखिने नैतिकता चाहिएको छ।
भ्रष्टाचार नियन्त्रण कुनै एक देशको मात्र चुनौती होइन। धेरै देशहरूले कठिन अवस्थाबाट सुधारको यात्रा तय गरेका छन्। राजनीतिक इच्छाशक्ति, कानुनी कठोरता र प्रशासनिक सुधार एकसाथ आए भने परिवर्तन सम्भव हुन्छ। नेपालले पनि आफ्ना सन्दर्भअनुसार यस्ता अभ्यासबाट सिक्न सक्छ।
भ्रष्टाचारविरुद्धको अभियान केवल अपराध भएपछि कारबाही गर्ने प्रक्रियामा सीमित हुनुहुँदैन। रोकथामका उपाय अझ प्रभावकारी हुन सक्छन्। सार्वजनिक खरिद प्रक्रियामा पूर्व–निगरानी, जोखिमयुक्त क्षेत्रमा विशेष अडिट, संवेदनशील पदमा आवधिक सरुवा, नीति निर्माणमा सार्वजनिक परामर्श—रोकथामको संस्कार विकास भयो भने अनुसन्धानको आवश्यकता स्वाभाविक रूपमा घट्छ।
भ्रष्टाचारले असमानता बढाउँछ। धनी र पहुँचवालाले सेवा छिटो पाउँछन्, कमजोर वर्ग पछि पर्छ। स्वास्थ्य सेवा, शिक्षा, नागरिकता, भूमि प्रशासन—यी क्षेत्रमा घूस र पहुँचको संस्कृति भए सामाजिक न्याय सम्भव हुँदैन। जब राज्य निष्पक्ष बन्छ, तब नागरिकमा समान अवसरको अनुभूति बढ्छ।
भ्रष्टाचारविरुद्धको अभियान डर र त्रासमा आधारित मात्र भयो भने दीर्घकालीन परिणाम आउँदैन। सार्वजनिक कर्मचारीले पनि सुरक्षित र सम्मानित वातावरण पाउनुपर्छ। उचित तलब, स्पष्ट जिम्मेवारी र पारदर्शी मूल्यांकन प्रणालीले इमानदार कर्मचारीलाई प्रोत्साहन गर्छ। इमानदारीलाई दण्डित र बेइमानीलाई पुरस्कृत गर्ने संस्कार अन्त्य हुनु आवश्यक छ।
नेपालमा राजनीति प्रायः व्यक्तिकेन्द्रित र शक्ति–केन्द्रित रहँदै आएको आलोचना छ। दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा नेतृत्वमा पारदर्शिता आउँदैन। यदि राजनीतिक दलहरूले आफ्नै वित्तीय विवरण सार्वजनिक गर्न थाले, आन्तरिक निर्वाचन नियमित गरे, र आचारसंहिता कडाइका साथ लागू गरे भने समग्र प्रणालीमा सकारात्मक प्रभाव पर्छ।
Tässä kontekstissa vastuullinen pelaaminen muodostaa olennaisen osan pelikokemusta. Käyttäjä voi asettaa rajoja sekä seurata pelin aikarajoja, robocatcasino-fi.com, mikä auttaa hallitsemaan pelaamista. Vaikka tarjonta on suuri, on tärkeää muistaa, että pelaamisen keskeiset riskit ovat edelleen hallittavissa, kun noudattaa ohjeita ja tarkistaa omat rahatilanteet ennen suurten panosten tekemistä.
Robocat Casino globaali esittely tarjoaa yli 9000 peliä sekä tukea monella kielellä, mukaan lukien suomi. Tässä katsauksessa keskitytään siihen, miten alusta toimii, millaisia kokemuksia pelaajat voivat odottaa ja millaiset perussäätövalinnat ovat saatavilla. Turvallisuus ja vastuullisuus ovat tärkeitä teemoja, jonka kautta käyttäjä löytää tasapainoisen pelikokemuksen. Tämä teksti on kirjoitettu rohkeasti mutta neutraalisti, ilman liiallista suitsutusta, jotta lukija saa realistisen kuvan palvelusta.
Kun aloitat pelaamisen, huomaat nopeasti, että käyttöliittymä on suunniteltu selkeäksi. Pelit ovat jaoteltu selkeästi ja hakutoiminnot auttavat löytämään kiinnostavat pelit helposti. Pelaajat voivat myös tarkistaa, miten VIP-ohjelma ja muut erityisominaisuudet toimivat eri peleissä. Kokonaisuus suosii suomenkielistä tukea sekä keskustelua vastuullisen pelaamisen ympärillä.
Käyttäjätili ja profiilin hallinta
Rekisteröintiprosessi alkaa lyhyellä lomakkeella, jonka jälkeen käyttäjä todentaa henkilöllisyytensä. Prosessi on rakennettu nopeaksi mutta turvalliseksi, jotta ensimmäinen pelikokemus pääsee käyntiin mahdollisimman sujuvasti.
Mobiiliystävällisyys mahdollistaa pelaamisen suoraan selaimessa ilman erillistä sovellusta. Responsiivinen design mukautuu pienemmillekin näytöille, säilyttäen keskeiset toiminnot ja pelimaailman ehjänä.
Tilin hallinta sisältää asetusten sekä turvallisuusvälineiden hallinnan. Pelaajalla on mahdollisuus asettaa rajoja sekä hyödyntää asiakaspalvelua, mikä tukee vastuullista pelaamista. Näin käyttökokemus pysyy hallinnassa ja mukavana.
Pelaajakokemus: hinnat, voitot ja käytettävyys
Suurin osa peleistä on suunniteltu helppokäyttöisiksi ja nopeita toimenpiteitä vaativiksi.
VIP-ohjelman tasot ja etuudet voivat korostua erityisesti aktiivisille pelaajille. Tämä muuttaa kokemuksen henkilökohtaisemmaksi.
VIP-ohjelma, kuten RoboSlot VIP, antaa pelaajille mahdollisuuden hyödyntää erikoisetuuksia ja erityisiä kampanjoita. Tämä voi lisätä henkilökohtaista pelikokemusta, mikä on arvokas osa kasinoelämyksen kehittämistä.
Istuntasäätöjen asettaminen osaksi vastuullista pelaamista
Voimassa olevat talletusrajoitukset
Lopulliset suositukset ja seuraavat askeleet
Kotiutusten aikataulut ja mahdolliset rajoitukset yleisesti, sekä onko käytännössä nopea pankkisiirto mahdollinen.
Rekisteröityminen on suunniteltu sujuvaksi, ja sähköpostivahvistus varmistaa tilin omistajuuden sekä turvallisuuden.
Millaisia varmistuksia tarvitaan tilin turvallisuuden takaamiseksi? Vahvat käytännöt ja tunnistaminen ovat avainasemassa.
Tutustu Robocat Casinon tarjontaan ja aseta pelirajoja ennen pelaamisen aloittamista.
Players must be 18 years or older. Please gamble responsibly.
काठमाडौं : हिन्दूहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र यतिबेला भक्तजन र साधुसन्तहरूको उपस्थितिले मानवसागरमा परिणत भएको छ। बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड बढ्दै जाँदा मन्दिर परिसर बाबाहरूको धुनी, भक्तजनको लामो लाइन र धार्मिक आस्थाको अद्वितीय दृश्यले झनै जीवन्त बनेको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नै देशविदेशबाट आएका साधुसन्त र श्रद्धालुहरूको आगमनले पशुपति क्षेत्र अत्यन्त व्यस्त देखिएको थियो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार यस वर्ष महाशिवरात्रिका दिन करिब ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब ४ हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ।
भीड व्यवस्थापनलाई ध्यानमा राख्दै मन्दिरका चारवटै ढोका आज बिहान ४ बजेबाटै खुला गरिएको छ। दर्शनलाई सहज बनाउन चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ भने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विशिष्ट अतिथिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपतकालीन उद्धार तथा शंकास्पद गतिविधिको निगरानीका लागि सिसिटिभी क्यामेरा र मोबाइल गस्ती बढाइएको छ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिएको छ भने आपतकालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ। साथै खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रको संख्या बढाएर विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरी स्वास्थ्य सेवा तयारी अवस्थामा राखिएको छ।
स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई सूचना, सहजीकरण र मार्गनिर्देशनको व्यवस्था गरिएको छ भने माइकिङ प्रणालीमार्फत भीड र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण भइरहेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले पनि महाशिवरात्रि लक्षित सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै दर्शनार्थीको सुरक्षा सुनिश्चित गर्न १३ बुँदे अनुरोध जारी गरेको जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिलाई सुरक्षित, व्यवस्थित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन र सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।
कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको जनाइएको छ।