गृहपृष्ठ Blog Page 3336

कौसी खेती तर्फ आकर्षित महिला

नेपाल कृषि प्रधान देश हो भनेर धेरैलाई थाहै छ । वालवालिका देखि वृद्धवृद्धासम्म नेपाल एउटा कृषि प्रधान देश भन्दै गफिइरहेका हुन्छन् । कतिपयले कृषिबाट आम्दानी गर्न सकिँदैन भनेर कृषि व्यावसाय छोडेर अन्य व्यावसाय अंगालेका छन् भने कतिपयले यही पेशामा आफ्नो भविश्य देखेर मिहिनेत गरिरहेका छन् । पछिल्लो समयमा कृषिमा युवावर्गको पनि आकर्षण बढ्दै गइरहेको छ तर विडम्बना कृषिप्रधान देश भनेपनि कृषिक्षेत्रमा भनेजति प्रगति हुन सकिरहेको छैन । सहर बजारमा प्रति दिन खेतीयोग्य जग्गा मासिँदै गएको छ । भएको जग्गापनि प्लटिङ् गरेर बिक्री गर्ने चलनले दिनदिनै जग्गाको अभावको अवस्था सिर्जना हुँदै गएको छ । जसका कारण सहरी क्षेत्रमा पछिल्लो समय कौसी खेती फस्टाउँदै गएको छ । कौसीखेतीले परिवारका लागि ताजा तरकारी मात्रै होइन, आम्दानी पनि गरिरहेका केही महिलाहरु छन् । कौसीखेतीको सम्भावनाका विषयमा केही सक्रिय महिलालाई हामीले समेटेका छौ।

सबैमा कौसीखेती गर्न हौसला दिने प्रेमकला
पाँचथरको फिदिममा जन्मिएर सानै उमेरमा विवाह बन्धनमा वाँधिएकी प्रेमकला नेम्वाङ केही वर्ष धनकुटामासमेत बसेर काठमाडौ आएकी हुन् । विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थामा काम गरिसकेकी उनले अहिले आफूलाई कृषिमा स्थापित गराइसकेकी छन् । विभिन्न संघसंस्थामा कृषिसँगै सम्बन्धित कामहरु भएकाले नेम्वाङ्लाई पनि आफूले केही गर्नुपर्छ भन्ने लागेर कृषि सहकारी संस्था खोल्नतिर लागिन् र हाल कृषिको वजारीकरण सँगै कौसीखेती गरेरै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण उनी बनेकी छन् । कृषिमा सफल महिला उनले बाह्रमासे कागती, अम्वा, मुन्तला, जापनिज नासपती, सुन्तला, ड्यागन फुड, साँग, धनियाँ जस्ता आफूलाई आवश्यक पर्ने फलफूल तथा तरकारी उत्पादन गर्दै आएकी छन् । बढी भएको फलफूल तथा तरकारी आफ्नै अर्गानिक आउटलेटमा बिक्री गर्छिन् । उनले कर्णाली क्षेत्रका अर्गानिक कृषि उत्पादनलाई काठमाडौंसम्म ल्याएर काठमाडौंका उपभोक्तालाई स्वाद चखाउने काम गरिरहेकी छन् ।

प्राङ्गारिक मल समते आफै बनाउँछिन करुणा
कृषि क्षेत्रमा लागेकी अर्की महिला हुन् करुणा लोहनी । लमजुङ्माजन्म घर भएकी करुणाको कर्म घर भने धादिङ् हो तर हाल उनी चितवन हुदै काठमाडौंमा वस्न थालेको धेरै भइसकेको छ । कृषिसम्वन्धी धेरै तालिम लिइसकेकी लोहनीले आफूले मात्र होइन, अन्य धेरै व्यक्तिलाई प्राविधिक ज्ञान सिकाउँदै आएकी छन् । काठमाडौको मीनभवनस्थित घरको कौसीमा उनले पनि आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी तथा फलफूल लगाएकी छन्, माछाका क्यारेट, प्लास्टिकका गमलामा उनले सफलतापूर्वक खेती गर्दै आएकी छन् । साथै काठमाडांैकै सितापाइला, कलंकीमा समेत आफ्नै जग्गामा तरकारी खेती गर्दै आएकी छन् । पछिल्लो समय गड्यौला मल तथा प्राङ्गारिक मलसमेत आफैं उत्पादन गर्दै आएकी छन् । आफूले खेती सुरु गरे देखी हालसम्म आफन्त भेट्न जाँदा कहिल्यै पनि फलफूल किन्न नपरेको उनी बताउँछिन् । उनी भन्छिन्– तालिम र प्राविधिक ज्ञान अनि प्राक्टिकल्लीरुपमा काम ग¥यो भनेमात्र कृषिमा सफल भइन्छ, नत्र गाह्रो हुन्छ, कृषिमा आर्थिक उन्नती गर्न ।

तरकारीबाट राम्रो आम्दानी गर्न सफल देवकी
दोलखाको चरिकोेटमा जन्मिएर पढाइको सिलसिलामा २०६३ सालमा काठमाडौ छिरेकी देवकी वस्नेत पछिल्लो समय कृषिमा अहोरात्र खटिएकी छन् । सुरुमा पढ्दै कपडा पसलमा काम गर्न थालेकी वस्नेतले १२ को परीक्षा दिइसकेपछि आफंैले केही गर्नुपर्छ भन्ने लागेर सुरुमा समूहमा ३१ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीतिर लागिन् र पछि विचौलिया समस्याले गर्दा तरकारीले राम्रो बजार पाउन छाड्यो । त्यसपछि उनले बल्खु तरकारी बजारमा एउटा स्टल लिएर तरकारी व्यापार गर्न थालिन् । आम्दानी राम्रै थियो तर तरकारी भोलिपल्ट कुहिने समस्या आएपछि आफैले अर्गानिक तरकारी खेती गर्ने निर्णय गरिन् । सुरुमा कीर्तिपुरमा अर्गानिक तरकारी खेती सुरु गरेकी थिइन्। अहिले फर्पिङ्मा अर्गानिक तरकारी उत्पादन गरेर हप्तामा तीन दिन होटल पार्क भिलेज नारायणटारमा, वालुवाटारमा उतरा भन्ने जापनिज रेष्टुरेन्टमा समेत उनले आफैलेस्टल राखेर अर्गानिक कृषि उत्पादनहरु बिक्री गर्दै आएकी छिन् । निकै माग छ बजारमा उनको उत्पादनको । उनी भन्छिन्– अर्गानिक हुनलाई कम्तीमा ४ वर्ष लाग्छ तर हामीले १०, १२ वर्ष बाँझो जग्गामा खेती गरेकाले हाम्रो उत्पादन अर्गानिक मानिएको हो ।

d cd edf df

vdvwsv

visionnewsnepal.com

09wy9fweivuyuewlhgjvgy9upls

उर्जा मन्त्री रायमाझीद्धारा अर्घाखाँची अस्पताललाई २३ थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्रीहरु पठाइयो

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीद्धारा अर्घाखाँची अस्पताललाई २३ थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका १२ प्रकारका स्वास्थ्य साम्रगी पठाएका हुन् ।
पठाइएका समग्रीहरुमा अक्सिजन सिलिन्डर २३ थान, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान रहेका छन् ।

 

माधव नेपालसहित एमालेका चारजना नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
​पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिएका छन् । बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको पनि छ ।
नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामाको तयारी थालेपछि ओली पक्षले कारवाही फिर्ता लिने निर्णय गरेको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिए काँग्रेस–माओवादी–जसपाको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज हुनेछ । सत्ता जोगाउनका लागि प्रतिकूल अवस्था सिर्जना भएसँगै ओली आफ्नो पूर्ववत् निर्णयबाट ‘ब्याक’ भएका हुन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पतालको स्तरोन्नती

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा न.५ मैदानमा रहेको स्वास्थ्य चौकीलाई कोरोना महामारीको अवस्थालाई मध्यनजर राख्दै ५ शैयाको अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन ल्याईएको थियो । जोखिम बढ्न थालेपछि त्यसलाई स्तरोन्नती गर्दै १० थप गरि १५ शैयाको अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

गौतमले तत्काललाई १५ शैयामा स्तरोन्नती गरिएको र अझै जोखिम आईहालेमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट हुने क्षती कम गर्न आर्थिक, भौतिक सहयोगमा कुनै कमी नरहने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पतालमा एमबिबिएस डाक्टर एकजना साथै स्टाप नर्स दुई जना रहेका छन् । यस्तै अस्पतालमा अक्सिजन सिलिण्डर र ल्याब समेत सञ्चालनमा ल्याईएको पाणिनी गाउँपालिका वडा न.५का वडाध्यक्ष जीवलाल घिमिरेले बताएका छन् ।

२४ घण्टामा नौ हजार तीन सय बढिमा कोरोना पुष्टि, थप एक सय ६८ जनाको ज्यान गयो

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

। मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ ।