Warning: Cannot modify header information - headers already sent by (output started at /home/palikaup/visionnewsnepal.com.np/wp-blog-header.php:1) in /home/palikaup/visionnewsnepal.com.np/wp-includes/feed-rss2.php on line 8
कर्णाली https://visionnewsnepal.com.np/archives/category/प्रदेश-खबर/कर्णाली News Portal Website Fri, 24 Oct 2025 15:51:03 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 रुकुमपश्चिममा जीप दुर्घटना मृतक ७ मध्ये ६ जनाकाे सनाखत https://visionnewsnepal.com.np/archives/133319 https://visionnewsnepal.com.np/archives/133319#respond Fri, 24 Oct 2025 15:51:03 +0000 https://visionnewsnepal.com.np/?p=133319   रुकुम पश्चिम : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली […]

The post रुकुमपश्चिममा जीप दुर्घटना मृतक ७ मध्ये ६ जनाकाे सनाखत appeared first on Vision News Nepal.

]]>

 

रुकुम पश्चिम : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।
प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरूको परिचय खुलेको छैन ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ ।

The post रुकुमपश्चिममा जीप दुर्घटना मृतक ७ मध्ये ६ जनाकाे सनाखत appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/133319/feed 0
भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, तीव्र प्रवाहले खोजी कार्यमा कठिनाई https://visionnewsnepal.com.np/archives/130029 https://visionnewsnepal.com.np/archives/130029#respond Wed, 23 Jul 2025 01:35:08 +0000 https://visionnewsnepal.com.np/?p=130029 सुर्खेत : गए राति जाजरकोट र रुकुमपश्चिमको सीमा क्षेत्रमा रहेको भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। बेपत्ताको हालसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिका, दल्लीबाट रिम्नातर्फ गइरहेको रा १ क १५०१ नम्बरको टिपर भेरी करिडोर निर्माणमा संलग्न निर्माण कम्पनी यती विल्डर्सको भएको जनाइएको छ। सो टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित […]

The post भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, तीव्र प्रवाहले खोजी कार्यमा कठिनाई appeared first on Vision News Nepal.

]]>

सुर्खेत : गए राति जाजरकोट र रुकुमपश्चिमको सीमा क्षेत्रमा रहेको भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। बेपत्ताको हालसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिका, दल्लीबाट रिम्नातर्फ गइरहेको रा १ क १५०१ नम्बरको टिपर भेरी करिडोर निर्माणमा संलग्न निर्माण कम्पनी यती विल्डर्सको भएको जनाइएको छ। सो टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरुको पहिचान खुल्न नसकेको र हालसम्म अवस्था अज्ञात रहेको छ। रुकुमपश्चिम र जाजरकोटबाट खटिएका सुरक्षा टोलीले खोजी कार्य जारी राखेको बताइएको छ।

प्रवक्त चौधरीका अनुसार, भेरी नदीमा हाल पानीको सतह अत्यधिक रहेको र बाढीको तीव्र प्रवाहका कारण खोजी कार्यमा गम्भीर कठिनाइ भैरहेको छ।

स्थानीय प्रशासन, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा जिवित वा मृत अवस्थाको खोजी कार्य तीव्र बनाइएको छ। यद्यपि पानीको बहाव र नदीको गहिराइ खोजी कार्यमा चुनौतीको मुख्य कारण बनेको जनाइएको छ।

स्मरणीय छ, वर्षायाममा नदी किनारमा हुने निर्माण कार्य, ढुवानी तथा सवारी आवागमनमा जोखिम बढ्ने हुँदा यस्ता घटनाको सम्भावना उच्च रहन्छ। प्रहरी प्रशासनले अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।

The post भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, तीव्र प्रवाहले खोजी कार्यमा कठिनाई appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/130029/feed 0
भिरबाट ढुङ्गा खस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु https://visionnewsnepal.com.np/archives/129547 https://visionnewsnepal.com.np/archives/129547#respond Fri, 04 Jul 2025 01:06:14 +0000 https://visionnewsnepal.com.np/?p=129547 प्रतिकात्मक फोटो सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दुई दिदीबहिनीको रातको निद्रामै मृत्यु भएको छ । भिरमाथिबाट खसेको ढुङ्गाले अस्थायी टहरामा सुतिरहेका उनीहरूलाई च्याप्दा घटनास्थलमै निधन भएको हो । वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार, १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा बाख्रा हेर्नका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका थिए । राति करिब […]

The post भिरबाट ढुङ्गा खस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु appeared first on Vision News Nepal.

]]>

प्रतिकात्मक फोटो

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दुई दिदीबहिनीको रातको निद्रामै मृत्यु भएको छ । भिरमाथिबाट खसेको ढुङ्गाले अस्थायी टहरामा सुतिरहेका उनीहरूलाई च्याप्दा घटनास्थलमै निधन भएको हो ।

वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार, १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा बाख्रा हेर्नका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका थिए । राति करिब ९ बजेको समयमा अकस्मात् भिरबाट ढुङ्गा खस्दा दुवै जना च्यापिएर घटनास्थलमै ज्यान गुमाएका हुन् ।

दुवै छोरी नरबहादुर बुढाका सन्तान हुन् । भूकम्पपीडित परिवारको अस्थायी बासमै भएको यो दुखद घटनाले गाउँ शोकमा डुबेको छ ।

घटनापछि स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

The post भिरबाट ढुङ्गा खस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129547/feed 0
कर्णाली सरकारद्वारा पत्रकारको स्वास्थ्य बिमा सुरु, ७ सय पत्रकार लाभान्वित हुने अपेक्षा https://visionnewsnepal.com.np/archives/129323 https://visionnewsnepal.com.np/archives/129323#respond Sat, 28 Jun 2025 08:55:28 +0000 https://visionnewsnepal.com.np/?p=129323 वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले प्रदेशभर कार्यरत पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा सञ्चालित उक्त योजनाले सञ्चारकर्मीहरुको सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ […]

The post कर्णाली सरकारद्वारा पत्रकारको स्वास्थ्य बिमा सुरु, ७ सय पत्रकार लाभान्वित हुने अपेक्षा appeared first on Vision News Nepal.

]]>

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले प्रदेशभर कार्यरत पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा सञ्चालित उक्त योजनाले सञ्चारकर्मीहरुको सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराईबीच त्रिपक्षीय सम्झौता भएको हो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा “पत्रकार स्वास्थ्य बिमा कार्यक्रम”का लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यही बजेटमार्फत प्रदेशभरिका पत्रकारहरुलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमा सुविधा उपलब्ध गराइनेछ।

६९३ पत्रकारहरू सहभागी

महासचिव भट्टराईका अनुसार हालसम्म ६ सय ९३ जना पत्रकारहरूलाई बिमा कार्यक्रममा समेटिएको छ। महासंघका सदस्य मात्र नभई सक्रिय पत्रकारितामा संलग्न अन्य पत्रकारहरूलाई पनि समावेश गरिएको छ।

“दीर्घरोगी होस् वा आकस्मिक बिरामी, कर्णालीका पत्रकारहरूले सरकारी निकायमा दर्ता भएका जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार गराएपछि बिलसहित दाबी गर्न सक्नेछन्,” भट्टराईले बताए।

उनका अनुसार, बिरामी भएको ६० दिनभित्र र डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीमा जानकारी गराउनु पर्नेछ। ओपिडी (बाह्य बिरामी) सेवाको हकमा २० प्रतिशत र स्वास्थ्य संस्थामा भर्ना भएमा ८० प्रतिशत खर्च बिमा रकमले व्यहोर्नेछ। यसमा स्वास्थ्य परीक्षणदेखि औषधिसम्म समेटिएको छ।

२ हजार रुपैयाँ शुल्कमा बिमा

राष्ट्रिय बिमा कम्पनीकी बजार विभाग प्रमुख हिरा कुमारी बर्तौलाका अनुसार प्रतिव्यक्ति २ हजार रुपैयाँ बिमा शुल्क लिई बिमा सम्झौता गरिएको हो। खर्च भएको रकम बिलसहित कम्पनीमा पेश गरेपछि पत्रकारले भुक्तानी पाउनेछन्। पत्रकार महासंघको सिफारिस आवश्यक पर्नेछ।

निमित्त सचिव गौतमले बताएअनुसार, आमसञ्चार क्षेत्रको प्रवर्द्धन तथा पत्रकारहरूको पेशागत सुरक्षाका लागि मन्त्रालयले यो कार्यक्रम ल्याएको हो। कार्यक्रमबाट ७ सयभन्दा बढी पत्रकार लाभान्वित हुने अपेक्षा गरिएको छ।

The post कर्णाली सरकारद्वारा पत्रकारको स्वास्थ्य बिमा सुरु, ७ सय पत्रकार लाभान्वित हुने अपेक्षा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129323/feed 0
सुर्खेतमा आयोजना हुँदै विश्वविद्यालय साहित्य समाजको गजल महफिल https://visionnewsnepal.com.np/archives/129283 https://visionnewsnepal.com.np/archives/129283#respond Thu, 26 Jun 2025 17:22:42 +0000 https://visionnewsnepal.com.np/?p=129283 पुष्कर खड्का सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आगामी असार १४ गते शनिबार “तेस्रो सिजन : काव्य शृङ्खला – च” अन्तर्गत एक आकर्षक गजल महफिलको आयोजना गरेको छ। “विश्वविद्यालय साहित्य समाजको अभियान ,अग्रजलाई सम्मान ,अनुजलाई प्रोत्साहन  ।” को सिद्धान्तका साथ अगाडि बढिरहेको यो कार्यक्रमले नेपाली साहित्यिक परिवेशमा नयाँ प्रतिभाहरूलाई मंच प्रदान गर्ने साथै रचनाकारहरूबीच सृजनात्मक आदानप्रदानलाई […]

The post सुर्खेतमा आयोजना हुँदै विश्वविद्यालय साहित्य समाजको गजल महफिल appeared first on Vision News Nepal.

]]>

पुष्कर खड्का
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आगामी असार १४ गते शनिबार “तेस्रो सिजन : काव्य शृङ्खला – च” अन्तर्गत एक आकर्षक गजल महफिलको आयोजना गरेको छ। “विश्वविद्यालय साहित्य समाजको अभियान ,अग्रजलाई सम्मान ,अनुजलाई प्रोत्साहन  ।” को सिद्धान्तका साथ अगाडि बढिरहेको यो कार्यक्रमले नेपाली साहित्यिक परिवेशमा नयाँ प्रतिभाहरूलाई मंच प्रदान गर्ने साथै रचनाकारहरूबीच सृजनात्मक आदानप्रदानलाई बढावा दिने उद्देश्य राखेको छ।

प्रमुख गजलकारहरूको उपस्थिति
यस महफिलमा देशका प्रख्यात गजलकारहरूले आ-आफ्ना मनमोहक रचनाहरू प्रस्तुत गर्नेछन्। उनीहरूमा प्रसिद्ध गजलकार एकतारे (“मान्छेको टाउको अहंकारी हो, मान्छेकै दिलभने फुलबारी हो”), डा. निरज भट्टराई (“कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ, हैन भने बाँच्नलाई छुट्टै संसार हुनुपर्छ”), डा. देवेन्द्र आचार्य (“सफरमा आगो र पानी थियो, बचेको यही जिन्दगानी थियो”) र लक्ष्मण संगम (“यो खुसीमा खिचेको तस्बिर हो, हाँसिरहन्छ यसलाई हसाउनु पर्दैन”) समावेश छन्। साथै, कार्यक्रमका सहजकर्ता खगेन्द्र अटल ले पनि आफ्ना गहकिला गजल रचनाहरूबाट सहभागीहरूलाई मन्त्रमुग्ध पार्नेछन्।

कार्यक्रम असार १४ गते शनिबार  मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाहल (कुइनेपानी, सुर्खेत) दिउँसो २ बजेदेखि हुनेछ भने यस कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था छ ।

साहित्यिक समाजको प्रतिबद्धता
मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजका अध्यक्ष दिपक अभिलाषी ले यस कार्यक्रम मार्फत नयाँ र पुराना साहित्यकारहरूबीच सृजनात्मक सम्वाद कायम गर्ने बताएका छन्। उनले यो आयोजना साहित्यप्रेमीहरूका लागि एउटा विशेष अवसर हुने बताउँदै सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन्।

यसरी, यो गजल महफिल न केवल साहित्यिक गतिविधिको लागि तर नेपाली काव्य परम्परालाई अगाडि बढाउने एक महत्वपूर्ण पहलको रूपमा रहेको छ। साहित्य र संस्कृतिप्रेमीहरूका लागि यो कार्यक्रम निश्चय नै आनन्ददायी र ज्ञानवर्धक हुने अपेक्षा गरिएको छ।

The post सुर्खेतमा आयोजना हुँदै विश्वविद्यालय साहित्य समाजको गजल महफिल appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/129283/feed 0
सुर्खेतको कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० मा https://visionnewsnepal.com.np/archives/128982 https://visionnewsnepal.com.np/archives/128982#respond Thu, 19 Jun 2025 07:30:41 +0000 https://visionnewsnepal.com.np/?p=128982 सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० सूचीमा समावेश भएको छ । कक्षाकोठा र त्यसभन्दा बाहिर विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विद्यालयहरूको उत्कृष्ट अभ्यासलाई विश्वसामु ल्याउने लक्ष्यका साथ सन् २०२२ मा टी– ४ एजुकेसनले स्थापना गरेको हो । कोपिला भ्याली स्कुल स्वतन्त्र प्राथमिक र माध्यमिक गैरनाफामूलक विद्यालय हो […]

The post सुर्खेतको कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० मा appeared first on Vision News Nepal.

]]>

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० सूचीमा समावेश भएको छ । कक्षाकोठा र त्यसभन्दा बाहिर विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विद्यालयहरूको उत्कृष्ट अभ्यासलाई विश्वसामु ल्याउने लक्ष्यका साथ सन् २०२२ मा टी– ४ एजुकेसनले स्थापना गरेको हो ।

कोपिला भ्याली स्कुल स्वतन्त्र प्राथमिक र माध्यमिक गैरनाफामूलक विद्यालय हो । यसले आफ्नो ग्रीन स्कुल क्याम्पसमार्फत वातावरणीय दिगोपनलाई आफ्नो शैक्षिक नमुनाको रूपमा अघि बढाएको छ ।

यसले ४०० भन्दा बढी अति विपन्न बालबालिकाहरूलाई उच्च-गुणस्तरीय शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ । यसैका आधारमा, कोपिला भ्याली स्कुल वातावरणीय कार्यका लागि वर्ल्ड्स बेस्ट स्कुल पुरस्कारको शीर्ष १० मा पर्न सफल भएको हो । यो नेपालबाट वर्ल्ड्स बेस्ट स्कुल प्राइजको फाइनलमा पुग्ने पहिलो विद्यालय पनि हो ।

कम्युनिटी कोल्याबरेसन, इन्भाइरोन्मेन्टल एक्सन, इन्नोभेसन, ओभरकमिङ एडभर्सिटी र सपोर्टिङ हेल्दी लाइभ्स गरी पाँच विधाका आधारमा वर्ल्ड्स बेस्ट स्कुल २०२५ चयन हुनेछ । यसको विजेता विशेषज्ञ निर्णायक एकेडेमीले कडा मापदण्डका आधारमा चयन गर्नेछ ।

यसका अतिरिक्त, पाँचवटै विधाका ५० वटै फाइनलमा पुगेका विद्यालयहरूले सामुदायिक छनोट पुरस्कारको विजेता निर्धारण गर्न आजबाट सुरु भएको सार्वजनिक मतदानमा पनि भाग लिनेछन् । छवटै विजेताहरूको घोषणा अक्टुबरमा गरिनेछ ।

यी विश्वव्यापी विद्यालय पुरस्कारका विजेता र फाइनलमा पुगेका विद्यालयहरूलाई नोभेम्बर १५-१६ मा यूएईको अबुधाबीमा आयोजना हुने वर्ल्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ, जहाँ उनीहरूले आफ्ना अभ्यासहरू, विशेषज्ञता तथा अनुभवहरू नीति निर्माताहरू र विश्वका शिक्षाविद्हरूसँग आदानप्रदान गर्नेछन् ।

टी४ एजुकेसन तथा वर्ल्ड्स बेस्ट स्कुल पुरस्कारका संस्थापक विकास पोटाले वर्ल्ड्स बेस्ट स्कुल प्राइज २०२५ को फाइनलमा पुग्न सफल भएको कोपिला भ्याली स्कुललाई बधाई दिएका छन् । उनले यो प्रेरणादायी नेपाली स्कुलबाट विश्वभरका अगुवा तथा विद्यालयहरूले धेरै कुरा सिक्न सक्ने उनको भनाइ छ ।

The post सुर्खेतको कोपिला भ्याली स्कुल विश्वका बेस्ट स्कुल पुरस्कार २०२५ को शीर्ष १० मा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/128982/feed 0
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती तर्फ आकर्षण https://visionnewsnepal.com.np/archives/128957 https://visionnewsnepal.com.np/archives/128957#respond Wed, 18 Jun 2025 00:53:02 +0000 https://visionnewsnepal.com.np/?p=128957 वीरेन्द्रनगर: भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिचीउत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिचीर आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिचीर आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि बारीका […]

The post रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती तर्फ आकर्षण appeared first on Vision News Nepal.

]]>

वीरेन्द्रनगर: भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिचीउत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिचीर आँपका बोट लगाउन थालेका छन् ।

यस क्षेत्रमा लिचीर आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिचीर आँपका बिरुवा रोप्न थालेका छन् ।

गाउँभर अहिले लिचीटिप्न किसानलाई भ्याइ–नभ्याई छ । किसानहरू हरेक दिन भर्‍याङ ठड्याएर लिचीका दान टिप्ने चटारो देखिनछन् । रामघाट–११ की रूपा धौलाकोटीले लिचीउत्पादनबाट वार्षिक रूपमा लाखौँको आम्दानी गर्दै आइरहेको बताइन्। ४६ वर्षीय धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिचीर आँप उनको आम्दानीको स्रोत हुन् । ‘यसपालि हावाहुरीले आँपमा असर गर्‍यो तर लिचीराम्रो फल्यो”, उनले बताइन् ।

उनका अनुसार बोटमै प्रतिकिलो रु एक सयदेखि रु एक सय ५० सम्ममा लिचीबिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताउँछिन् । “वार्षिक रूपमा लिचीबाट मात्र एक लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भनिन्, “यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।”

उनले थपिन्र, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरू आफैँ बगैँचा मै आउने गर्नुभएको छ, यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मूल्य पाएका छौँ ।’’

रुपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला अचेल लिचीटिप्नमा व्यस्त छन्। पाँच रोपनी जमिनमा लिचीखेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “यो वर्ष कीरा लागेर लिचीउत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन, तै पनि झण्डै एक लाख जति आम्दानी भयो”, उनले भने ।

धमलाका अनुसार लिचीखेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, “पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।”

रामघाटमा सबै जसो घरघरमा दुई/चार वटा लिच्चीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् । धमलाले थपे, “अहिले गाउँका धेरै किसान लिचीखेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिचीआकर्षक बन्दै गएको हो ।” उनका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् ।

हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिचीबिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिचीर आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिचीउत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’

रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९।९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७।८ हेक्टर र लिची१३।५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ ।

कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । उनले भने, “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिचीर कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ ।”

The post रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती तर्फ आकर्षण appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/128957/feed 0
दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न https://visionnewsnepal.com.np/archives/126833 https://visionnewsnepal.com.np/archives/126833#respond Mon, 05 May 2025 14:05:57 +0000 https://visionnewsnepal.com.np/?p=126833 मुगु : दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भएको छ । समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका […]

The post दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न appeared first on Vision News Nepal.

]]>

मुगु : दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भएको छ ।

समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेको थियो ।

चलचित्र, पर्यटन र जलवायुको विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल गरिएको थियो ।

यस महोत्सवका सद्भावना दूतसमेत रहेका चलचित्र अभिनेता प्रदीप खड्काले रारा क्षेत्रमा मात्र नभई विश्वभरको चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृत सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रेम गीत २’ चलचित्रको छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा चलचित्रको प्रभावको चर्चा गरे । चलचित्र पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शक्तिशाली माध्यम भएको उनको धारणा थियो ।

उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए । हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो । साथै, आफ्नो नयाँ चलचित्र ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए ।

महोत्सवको सह आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ-गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे । चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा सहित कर्णालीका विभिन्न भागहरू खुल्ला स्टुडियोको रूपमा रहेको बताउँदै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी चलचित्र विकास बोर्ड अगाडि बढिरहेको उल्लेख गरे ।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् ।

रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको प्रवर्द्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए । यस्तै नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र चलचित्र प्रवर्द्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले यस्ता समिटले कर्णालीका आवाजलाई केन्द्रमा ल्याएको बताउँदै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित मात्र नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा व्याख्या गरे । महोत्सव सल्लाहकार डा.महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्युँझन थालेको बताउँदै महोत्सवले यो अभियान अझ सशक्त बनाउने उल्लेख गरे ।

यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । घुमौँ कर्णाली, हेरौँ कर्णालीू भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य लिएको छ ।

The post दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/126833/feed 0
आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा https://visionnewsnepal.com.np/archives/126078 https://visionnewsnepal.com.np/archives/126078#respond Tue, 22 Apr 2025 01:31:34 +0000 https://visionnewsnepal.com.np/?p=126078   जुम्ला : जुम्ला सदरमुकाम खलङ्गा बजारमा मंगलबादेखि हिमाली संवाद सुरु हुँदैछ। जुन संवाद बुधबारसम्म चल्नेछ । सोमबार पत्रकार सम्मेलन गरेर संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताए । कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका […]

The post आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा appeared first on Vision News Nepal.

]]>

 

जुम्ला : जुम्ला सदरमुकाम खलङ्गा बजारमा मंगलबादेखि हिमाली संवाद सुरु हुँदैछ। जुन संवाद बुधबारसम्म चल्नेछ । सोमबार पत्रकार सम्मेलन गरेर संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताए ।

कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशकसमेत रहेका शाहीले कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका युवा सहभागी हुने जानकारी दिए ।

उनले भने, ‘यहाँका बालबालिका, युवा, तथा पछाडि परेका समुदायको सहभागिता रहने छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२ जुम्लामा आयोजना गरिएको हो ।’

कार्यक्रममा वातावरण विज्ञ, नीतिनिर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)नेपालले जनाएको छ ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीतिनिर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

The post आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/126078/feed 0
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध https://visionnewsnepal.com.np/archives/125862 https://visionnewsnepal.com.np/archives/125862#respond Thu, 10 Apr 2025 07:22:10 +0000 https://visionnewsnepal.com.np/?p=125862 कालीकोट : वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ। रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो […]

The post वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध appeared first on Vision News Nepal.

]]>

कालीकोट : वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ।

रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।

‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ’, उनले भने, ‘आज नै सडक सञ्चालनमा आउँछ।’

The post वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/125862/feed 0