
प्रतिकात्मक फोटो
सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दुई दिदीबहिनीको रातको निद्रामै मृत्यु भएको छ । भिरमाथिबाट खसेको ढुङ्गाले अस्थायी टहरामा सुतिरहेका उनीहरूलाई च्याप्दा घटनास्थलमै निधन भएको हो ।
वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार, १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा बाख्रा हेर्नका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका थिए । राति करिब ९ बजेको समयमा अकस्मात् भिरबाट ढुङ्गा खस्दा दुवै जना च्यापिएर घटनास्थलमै ज्यान गुमाएका हुन् ।
दुवै छोरी नरबहादुर बुढाका सन्तान हुन् । भूकम्पपीडित परिवारको अस्थायी बासमै भएको यो दुखद घटनाले गाउँ शोकमा डुबेको छ ।
घटनापछि स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ।