Warning: Cannot modify header information - headers already sent by (output started at /home/palikaup/visionnewsnepal.com.np/wp-blog-header.php:1) in /home/palikaup/visionnewsnepal.com.np/wp-includes/feed-rss2.php on line 8
अन्तर्वार्ता https://visionnewsnepal.com.np/archives/category/अन्तर्वार्ता News Portal Website Wed, 23 Oct 2024 06:10:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 कार्तिक ८ गतेदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै https://visionnewsnepal.com.np/archives/120965 https://visionnewsnepal.com.np/archives/120965#respond Wed, 23 Oct 2024 06:10:06 +0000 https://visionnewsnepal.com.np/?p=120965 ललितपुर : फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन गर्ने भएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले ‘ १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८१ ’ गर्न लागेको हो । फूलहरूको चाड तिहारमा ‘ रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि ’ भन्ने नारासाथ गोदावरी फूलको […]

The post कार्तिक ८ गतेदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै appeared first on Vision News Nepal.

]]>

ललितपुर : फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन गर्ने भएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले ‘ १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८१ ’ गर्न लागेको हो ।

फूलहरूको चाड तिहारमा ‘ रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि ’ भन्ने नारासाथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ गतेदेखि ११ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने छ । उक्त प्रदर्शनीको सहयोगीको रुपमा वाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहने छ, भने प्रायोजक संस्थाको रुपमा ओबिफर्ट प्राङ्गारिक मल तथा नेपाल थोपा सिंचाई प्रा.लि. रहने छन् ।

यस्तै, प्रदर्शनीमा ६८ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल, ४ वटा अफिसियल स्टल र सेल्फी स्टल १ वटा गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् । कार्तिक ८ गते बिहान ११:०० बजे हुने प्रदर्शनीको समुद्घाटन वाग्मती प्रदेश सरकार अन्तगर्तको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले गर्ने छन् । त्यसैगरी, उक्त प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने फ्यानले जनाएको छ । यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी / फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छन् ।

साथै प्रदर्शनीमा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने भएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी / फर्मलाई सिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिने छ । त्यस्तै, प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री वितरण हुने छन् । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा हुने छन् ।

फ्यानका अनुसार यस प्रदर्शनीबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर / आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने र यस सम्बन्धि ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने छ । यसैगरी, पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा नै प्रदान गरिने छ । ४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०५१ सालदेखि लगातार पुष्प मेला / प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
फोटो : जन अपडेट डटकम

The post कार्तिक ८ गतेदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/120965/feed 0
आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे https://visionnewsnepal.com.np/archives/118103 https://visionnewsnepal.com.np/archives/118103#respond Sun, 28 Jul 2024 05:19:42 +0000 https://visionnewsnepal.com.np/?p=118103 राैतहट : जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । राैतहट बसाई कस्तो रहेको छ ?   राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति […]

The post आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे appeared first on Vision News Nepal.

]]>
राैतहट : जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ ।
राैतहट बसाई कस्तो रहेको छ ? 
 राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि  छ  सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले  चुनाैति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै   चुनाैतिको सामना गरेर आगाडी बढेको छु ।
राैतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?
 तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । राैतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन ।   केही चुनाैति पकै पनि छन । राैतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान  श्रीमतिको  झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।
शान्ति सुरक्षा के हो  भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । राैतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनाैति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेकाे जस्ताे राैतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना  क्रमलाई हेर्ने हाे भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनाैति हुने खालका घटना  घटेको छैन ।ठुलो चुनाैति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको  छैन ।
पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा राैतहटलाई लिने गरेको सुनिन्छ  तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ? 
आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि  पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन  । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने  । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस  । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको  रिजल्ट पनि दिन थालि सकेका छन ।
हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत राेक्न त गाह्राे होला । तर  कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई राेकनका लागि हामिले भन्सार चाेरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
 सय दिने रिपोर्टमा सफल अनुसन्धानका  घटनालाई बढि हाईलाईट गर्न खाेजिएको छ । सफल अनुसन्धान भनेर के बुझने? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?
  जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भाेलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।
  यश आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छाेे ।धटनाकाे बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छाै ।
न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनाै निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छ जस्तो महसुस हुदैन ?
 मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यश प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ   ।  उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उसको श्री मानको साथ साथै सासू ससुरा , देवर,देवरानी  जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ ।
 त्यसमा मेरो पहिलो प्रयास के हुन्छ ।  तपाईले बुझे जस्तै   मेरो ध्ये के हन्छ कि सयाै अपराधी प्रमाण अभावमा छुटाेस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेकाे छ। काे संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।
कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छाै ।
महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी राैतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु केै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन? 
महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा  महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहे छन । महिला वालवालिकाको कर्तव्य ज्यान वा वल्तकारका केश भयो भने अर्काे शिर्षकबाट हेरिन्छ  ।
महिला बाल वालिकाकाे वढि केश कस्ताे हुन्छ कि  घरेलु हिन्सा, याेन दुर्व्यवहार , परिवारिक हिन्सा,शारीरिक मानसिक यातना दिने कार्य ।
याे कहाबाट भएको हुन्छ भने घरकाे श्रीमान ,सासू -ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ ।
तर अन्य मुद्वाकाे हकमा आफुले चाहे जस्तो प्रगति हुदैन ।
 महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ ।
मिटर व्याजि बारे के बुझ्नु भएको छ । यसमा पनि  प्रगति भएको देखिएन किन ? 
राैतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन   । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजिमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि हिसावले पनि मुद्वा आएका छन । यी सवै करालाई हेर्न आएको अनुचित लेनदेनकाे कानुनले  कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आई दिदैन ।यसको आलावा के गर्छाै भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफल को आधारमा टुगिएका छन ।जुन केस छलफलको आधारमा टुगिदैन केही केश नमिलेर प्रगति कम भएको हो ।
मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्द्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?
कम्तिमा पैंतालीस जनाले त न्याय पायो ।केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होईन ।हामीले निरन्तर प्रयास गरेका छाै । मुद्वालाई प्राथमिकता निरधारण गरेका छाै । सहज मुद्वा,निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छाै ।
तपाईं राैतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भठ्ठी ताेडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कमपरमाईज गरेर काम भई रहेकि छ ? 
 मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ। तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन  । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।
आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निश्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पिडितले न्याय पओस । सेवा पाओस  भने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरि रहेकाे छु । पहिले कति भिडभाड हुन्थे जिल्लामा विस्तारै भिडभाड घटदै छन ।कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्ताे मलाई लागदैन । मैले हरेक केशमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्द छ ।
 तपाईं आउन  साथ राैतहटमा तस्करी राेकिए अब सरकार परिवर्तन सगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएकोछ।अब तपाईं  तस्करी राेकन सक्नु हुन्छ ? 
सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी ,अपराध -अपराधै हो ।
सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नु पर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेकाे छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै  सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नू भयो त्यही कायम रहन्छ ।  सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन ।  यसमा सरकार खाेल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन ।यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्पत सबैलाई अनुराेध पनि गर्न चाहन्छु  ।
तपाईं एक जनालाई अलग राखेर बाकि तस्करी लाईन मिलाएको छ ।  भने सेटिङ्ग भएकोमा के गर्नु हुन्छ ?
सधै भरी बन्दुक लिएर बोडरमा  तपाईको ड्युटी त हुदैन ? 
 जो चाैकी ईन्चार्ज भएर गएका छन । वहाहरुको आचारसंहिता बनाएका छाै । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चाैकीका ईन्चार्ज दिन्छाै । र म आफै पनि नेपाल सरकारले राज्शव चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा  त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव पार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगाएतका काम निरन्तर रुपमा  गरि नै रहेको छु ।चाैकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा  ठाउका ठाउ कार्वाही गर्ने । प्रमाण देखिएन चाेकी ईन्चार्ज  हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । पन्द्र वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन । प्रहरीमा धेरै परिवर्तन भई सकेको छ । पहिलाको आंखाले होईन नयाँ आखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ ।जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ ।

The post आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/118103/feed 0
जीवनको अन्तिम अवस्थासम्म म रङ्गमञ्चमा जोडिरहन पाऊँ https://visionnewsnepal.com.np/archives/113630 https://visionnewsnepal.com.np/archives/113630#respond Sat, 24 Feb 2024 00:15:39 +0000 https://visionnewsnepal.com/?p=113630 वि.सं. २०४१ साउन २६ गते धरान ६, भानु चोकमा जन्मेकी पशुपति राई नेपाली रङ्गमञ्चमा सक्रिय छन् । उनका बुबाको नाम गोरमान र आमाको नाम आशामाया हो । परिवारबाट पूर्ण सहयोग पाएकी पशुपतिले बाल्यकालदेखि नै सांस्कृतिक कार्यक्रममा घुलमिल हुने मौका पाइन् । मानिविकी संकायमा स्नातक अध्ययन गर्दै गएकी पशुपती राईले अहिलेसम्म हेत्छाकुप्पा (कथा) र ध्वंच्वलेचा दुई […]

The post जीवनको अन्तिम अवस्थासम्म म रङ्गमञ्चमा जोडिरहन पाऊँ appeared first on Vision News Nepal.

]]>

वि.सं. २०४१ साउन २६ गते धरान ६, भानु चोकमा जन्मेकी पशुपति राई नेपाली रङ्गमञ्चमा सक्रिय छन् । उनका बुबाको नाम गोरमान र आमाको नाम आशामाया हो । परिवारबाट पूर्ण सहयोग पाएकी पशुपतिले बाल्यकालदेखि नै सांस्कृतिक कार्यक्रममा घुलमिल हुने मौका पाइन् । मानिविकी संकायमा स्नातक अध्ययन गर्दै गएकी पशुपती राईले अहिलेसम्म हेत्छाकुप्पा (कथा) र ध्वंच्वलेचा दुई वटा नाटकहरूको निर्देशन गरेकी छन् । उनले बागभैरव, ताराबाजी लैलै, महान् शिल्पी, अग्निको कथा, डा.कनक, बाठी रानी, खरीको घेरो, सेतो कपाल, इडिपस रेक्स, मुनामदन, घनचक्करलगायतका थुप्रै नाटकमा अभिनय गरेकी छन् । प्रस्तुत छ चन्द्रप्रसाद पाण्डेयले उनीसँग लिएको अन्तर्वार्ता :

रङ्गमञ्चमा कसरी आउनुभयो ?
म सानैदेखि नृत्यमा आकर्षित थिएँ । हाम्रो टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा म सहभागी हुन्थेँ । धरानको नारायणी वाचनालय र भानु क्लबबाट प्राय दशैँ तिहार वा अन्य विशेष अवसरमा हुने सांस्कृतिक कार्यक्रममा यसरी सहभागी हुन पाउनु मेरो लागि ठूलो अवसर थियो । आम मानिसहरूले त्यतिबेला केटीहरू यसरी सांस्कृतिक कार्यक्रममा हिँड्नुलाई राम्रो मान्दैन थिए तर मेरा बुबा र त्यसमा पनि विशेष गरी आमाले मलाई सधैँ हौसला दिइरहनुभयो । १२, १३ वर्षको उमेर देखि म नृत्य गर्न थालेको हुँ । २०५८ सालमा अनाम नाट्य समूह धरानलाई सांस्कृतिक कार्यक्रमको लागि कलाकारहरू चाहिएको रहेछ । कर्ण सुनुवार भन्ने दाइ मरे छिमिकी दाजु र नृत्यको गुरु हुनुहुन्छ । उहाँले नै मलाई अनामसम्म पुर्याउनु भयो । अनामबाट हामी हडकड, चिन, नर्थकोरिया जस्ता ठाउँहरूमा सांस्कृतिक कार्यक्रम लिएर गयौँ । अनामबाटै मैले त्यहाँ ‘अघोषित’ (मञ्च), ‘सावधान’ (सडक) जस्ता नाटकमा भाग लिन पाएँ ।

काठमाडौको रङ्गमञ्च–यात्रामा कसरी जोडिन आइपुग्नुभयो ?
धरानमा छँदा बिना तालिम नै कला क्षेत्रमा प्रवेश गरियो । वि.सं.२०६१ सालमा आरोहण गुरुकुलले उपत्यकाबाहिरबाट रङ्गमञ्च पढ्ने विद्यार्थीहरू आह्वान गरेको थियो । अनाम नाट्य समूहमार्फत म छानिएँ । त्यसपछि मेरो औपचारिक रङ्गमञ्चको बाटो सुरु भयो ।

गुरुकुलमा केके सिक्नुभयो ?
विश्व रङ्गमञ्च, शारीरिक कला, उसु, चर्या नृत्य, स्वरसम्बन्धी क्लासहरू लिइयो । रङ्गमञ्चका आधारभूत शिक्षा लिइयो । राष्ट्र्यि अन्तराष्ट्र्यि नाटक महोत्सवमा भाग लियौँ ।

गुरुकुलले दिएको उपलब्धि के हो ?
वास्तवमा गुरुकुलले मलाई रङ्गमञ्चमा जन्म दिएको हो । रङ्गमञ्चसम्बन्धी औपचारिक अध्ययन गुरुकुलबाटै पाएकी हुँ । गुरुकुल प्रवेश गर्नुभन्दा अघि मलाई यो क्षेत्रमा लाग्छुजस्तो नै लागेको थिएन । त्यसैले मेरो पहिलो जन्म आमाबाबाले दिनुभयो भने दोस्रो जन्म गुरुकुलले दिएको हो ।

तपाईँले अभिनय गरेका नाटकहरू मध्ये सम्झन मन लाग्ने नाटक कुन हुन् ? किन ?

सत्यमोहन जोशीले लेख्नु भएको र सुनील पोखरेलले निर्देशन गर्नु भएको नाटक बाघ भैरव । किनभने गुरुकुलमा २ बर्सेतालीमपछिको हाम्रो पहिलो नाटक हो । डेनिस लोककथामा आधारित नाटक बाठिरानी जसको निर्देशन गरेको ज्याक म्याथिसन । यसमा मेरो विशेष भूमिका थियो, यो भूमिका पाउन मैले धेरै सङ्घर्ष गर्नु परेको थियो । अरू धेरै अग्रज कलाकारहरूलाई छोडेर निर्देशकले मलाई त्यो भूमिका दिएका थिए । अभि सुवेदीले लेख्नु भएको र निशा शर्माको निर्देशन रहेको नाटक मायादेवीका सपना । गुरुकुलमा धेरैपछि राम्रो र दर्शकहरूले याद गर्ने नाटक पाएको हुनाले । ब्रेटोल्ट ब्रेख्तको नाटक अ अकेसन चक सर्कलको नेपाली अनुवाद खरीको घेरो जसको निर्देशन मिया र म्याक्स नामका डेनिस र ब्रिटिस निर्देशकले गरेका थिए । चुनौतिपूर्ण भूमिका थियो यो नाटक मेरो लागि । ब्रेख्तको शैलीमा काम गर्न पाइयो, फरक शैली । यो नाटकमा मैले निर्वाह गरेको भूमिका धेरैले सम्झनु भयो जस्तो लाग्छ मलाई । त्यसैगरी मोर्टन क्रोकले निर्देशन गरेको ताराबाजी लैलै, ईब्सनको महान् शिल्पी जस्ता नाटक धेरै सम्झन्छु ।

नाटक निर्देशनमा कसरी मन गयो त ?
गुरुकुल बन्द भएपछि हामी नियमित खटेर काम गर्न पाएनौँ । फाट्टफुट्ट सडक, कचहरी नाटकहरूमा काम ग¥योैँ । २०७०मा नेपाल संगीत तथा नाट्य एकेडेमीले दोलखाको चरीकोटमा राष्ट्रिय नाटक महोत्सव गर्ने भन्ने थाहा भयो । मैले धरानका कलाकार साथीहरू लिएर ‘हेत्छाकुप्पा’ नाटक तयार पारेँ । हामी नाटक देखाउन चरीकोट पुग्यौँ । त्यहाँ दर्शकहरूले नाटक मन पराए । काठमाडौमा पनि पक्कै राम्रो मान्लान् भनेर केही कलाकारहरू परिवर्तन गरी पुनः मण्डला थिएटरमा नियमित मञ्चन ग¥योैँ । मण्डला थिएटरमा पनि नाटकले दर्शकहरूको मन जित्यो ।

ध्वंच्वलेचा नाटक चाहिँ कसरी निर्देशन गर्नुभयो ?
श्रीति प्रधानसँग मेरो पहिलेदेखि नै चिनजान थियो । उनले एकदिन फोनमा नाटक गरौँ न भन्ने कुरा निकालिन् । मेरो पनि नाटक गर्ने सोच थियो । उनलाई सत्यमोहन जोशीको नाटक ‘ध्वंच्वलेचा’ एकदम मन परेको रहेछ । उसले कथामा आधारित भएर पहिले नै केही गीत तयार पारिसकेकी रहिछ । गीतहरू सुनेँ । नाटकको कथा पहिले नै थाहा थियो किनभने यही नाटकलाई नेपालभाषामा मेरो साथी समुना केसीले केही वर्ष अघि निर्देशन गरेकी थिइ । मलाई पनि यसमा काम इच्छा भयो र शिल्पी थिएटयरमा नियमिन मञ्चन ग¥यौँ । हामीले यस नाटकलाई नेपाली भाषामा मञ्चन ग¥यौँ ।

यसमा रङ्गमञ्चको कुन शैलीको प्रयोग गर्नुभएको छ ?

यो लोकनाटक भएकोले लोकशैली मै काम गर्ने प्रयास गरेकी छु । तर, लोक परिवेशलाई जीवन्त पार्नका लागि केही प्राविधिक कुराहरूको सहयोग लिएका थियौँ । प्रोजेक्टरको माध्यमले नाटकका दृश्यहरूलाई अझै सुन्दर देखाउन सकिन्छ भन्ने लागेर नाटकभित्र रेकर्डेड दृश्यहरूको प्रयोग गरिएको थियो । कथाको मूल पात्र सुत्रकारको रूपमा पनि प्रस्तुत भएको हुनाले र सम्बादको माध्यमबाट हैन गीतको माध्यमबाट कथा भन्न गीत र संगीतको प्रयोग गरिएको थियो ।

नाटक किन गर्नुहुन्छ ?
सुरुमा त आफ्नो लागि नै हो । समाजको एउटा चेतनशील प्राणी मानिन्छ मानिस । कला भनेको जीवन जीउन सिकाउने माध्यम हो । नाटक त अझ जीवनको एकदमै नजिक छ जस्तो लाग्छ । कला मात्रै एउटा यस्तो माध्यम होला जहाँ कोही पनि ठूलो सानो वा जातीय, वर्गीय आधारमा भेदभाव हुँदैन । सबै एकैठाउँ बसेर काम गर्न सक्छन् । नाटकमा अझ धेरै समूहमा बसेर काम गर्न पर्ने हुन्छ जुन कुरा मलाई राम्रो लाग्छ । रङ्गमञ्चले गीतसंगीत, नृत्य, चित्रकाला, साहित्य सबैलाई समेटेर लान्छ ।

अहिले नेपाली रङ्गमञ्चमा भैरहेको कामलाई कसरी हेर्नु हुन्छ ?
एकदमै सकारात्मक रूपले हेरिरहेको छु । कति कुराहरूमा मेरा आफ्ना विमतिहरू छन् । तर मेरै कुरा ठीक हो भन्ने चाहिँ हैन । रङ्गमञ्चमा अभिनयका छोटा लामा तालिमहरू भैरहेको छ । तर, रङ्गमञ्चको प्राविधिक पक्षमा तालीमहरू भैरहेको छैनन् । कलाकारहरू मात्रै उत्पादन गरेर समग्र रङ्गमञ्च माथि जान्छ जस्तो मलाई लाग्दैन । नयाँ कलाकारहरूको खपत हुने ठाउँ पनि हुनु पर्छ । तर, नयाँ आउने साथीहरूले नयाँ दर्शक पनि लिएर आएका छन् । र, हामीले एकअर्काको काम हेरेर सिक्ने मौका पनि पाएका छौँ । नयाँ निर्देशकहरू आइरहेका छन् । बाहिरबाट पढेर आएका साथीहरूले पनि काम गरिरहनु भएको छ । यसले हाम्रो रङ्गमञ्चको माहौललाई सक्रिय बनाइरहेको छ । यो त राम्रो कुरा हो ।

साथीभाइहरूको माझमा अहिले भैरहेको नाटकहरूको स्तरीयताको प्रश्न पनि उठिरहेको छ नि ? स्तरीय नाटकहरू बनेका छन् कि छैनन् ?

नाटक निर्देशन गर्नु भनेको निर्देशकको एउटा विचार हो । मानिसहरू उसको विचारमा सहमत हुन पनि सक्छन् । नहुन पनि सक्छन् । तर, कसैले बनाएको नाटकले मानिसको जीवनमा कहिँनकहिँ छुनु पर्यो होला । तर, ठ्याक्कै के हो थाहा छैन । अहिले भैरहेका नाटकहरूको स्तरीयता कसरी नाम्ने ? त्यसको आधार के हो थाहा छैन । हरेक नाटकले फरकफरक जीवनलाई सम्बोधन गर्छ भन्ने लाग्छ । कहिलेकाहीँ मलाई लाग्छ स्तरीय नाटक भनेको कथा, प्रकाश, संगीत, मञ्च, कलाकार र निर्देशकको राम्रो संयोजन हो । नाटक हेरेर निस्किएका दर्शकको दिमागमा त्यसले ठाउँ पाउनु पर्यो ।

चलचित्रहरूमा पनि तपाईँ काम गरिरहनु भएको छ ? उतै व्यस्त हुने स्थिति छ कि छैन ?

चलचित्रमा अभिनय गर्नु नराम्रो मान्दिन । फरक अनुभव हुन्छ । पर्दाको महत्त्व नै फरक छ । तर, महिलाहरूको अभिनय भन्दा पनि अरू कुरा हावी हुन्छ । उहाँहरूको मापदण्डमा हामीजस्तो कलाकार पर्दैनन् जस्तो लाग्छ । कुनै कुनै भूमिका देख्दा त्यस्तो भूमिका निर्वाह गर्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ ।

चलचित्रको महत्त्वको कारणले रङ्गकर्मीहरू उता व्यस्त हुन थाले भने नाटक मै फर्किन चाहिँ गाह्रो हुने रहेछ ? सन्तुलन कसरी हुन्छ ?

गाह्रो किन हुँदो रहेछ भने उमेर हुन्जेल चलचित्र नै खेलौँ भन्ने लाग्दो रहेछ धेरैलाई । किनभने चलचित्रमा उमेरको ठूलो महत्त्व रहेछ । नाटकमा त पछि पनि काम गर्न सकिन्छ नि जस्तो लाग्दोरहेछ धेरैलाई । के लाई महत्त्व दिने भन्ने उहाँको कुरा हो । तर, सबै जना चलचित्रमै व्यस्त हुन्छन् वा प्रसिद्धि पाउँछन् भन्ने हुन्छ भन्ने लाग्दैन । केही चलचित्रमा पूर्णकालीक भए भन्दैमा रङ्गममञ्चमा काम गर्नेको अभाव हुन्छ भन्ने मलाई लाग्दैन ।

रङ्गमञ्चमा लागेर जीवन चालाउन सक्ने स्थिति छ ?
यो गम्भीर कुरा हो । सकिँदन भनौँ भने आजसम्म नाटकमै काम गरेर जीवन चलिरहेको छ । सकिन्छ भनौँ भने ढुक्क हुने स्थिति छैन ।

अहिले चलिरहेको रङ्गमञ्च परम्परा वा हाम्रो काम गर्ने शैलीलाई अझै स्तरीय बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले पनि खड्किरहेको कुरा रङ्गमञ्चको स्कुलिङ हो जस्तो लाग्छ । नयाँ आउने साथीहरूको लागि स्कुलिड हुनु जरुरी छ जस्तो लाग्छ ।

रङ्गमञ्चमा तपाईंको लक्ष्य के छ ?
मञ्चमा उत्रेर राम्रो कलाकार बन्न चाहन्छु । नयाँ नयाँ काम गर्न मन लागेको छ । जीवनको अन्तिम अवस्थासम्म म थिएटरमा जोडिरहन पाऊँ भन्ने लाग्छ ।

The post जीवनको अन्तिम अवस्थासम्म म रङ्गमञ्चमा जोडिरहन पाऊँ appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/113630/feed 0
‘सक्कली नेपाली देख्न म कर्णाली आइपुगें’ https://visionnewsnepal.com.np/archives/113480 https://visionnewsnepal.com.np/archives/113480#respond Sun, 18 Feb 2024 11:54:50 +0000 https://visionnewsnepal.com/?p=113480 सुर्खेत : ‘म नेपालको त्यो बाटो हिंड्छु, जहाँ विदेशी हिंड्दैनन् । म नेपालमा ती कुरा देख्छु जो नेपालीले नै देख्दैनन्,’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीले भने, ‘सानो देश नेपाल विविधताले भरिएको छ । दुनियाँमै नभएको नयाँ र फरकपन नेपालमा भेटिन्छ ।’ विविधताले भरिएको भएर पनि नेपालको महत्व नेपालीले नै बुझन नसकेको भ्यालीको बुझाइ […]

The post ‘सक्कली नेपाली देख्न म कर्णाली आइपुगें’ appeared first on Vision News Nepal.

]]>

सुर्खेत : ‘म नेपालको त्यो बाटो हिंड्छु, जहाँ विदेशी हिंड्दैनन् । म नेपालमा ती कुरा देख्छु जो नेपालीले नै देख्दैनन्,’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीले भने, ‘सानो देश नेपाल विविधताले भरिएको छ । दुनियाँमै नभएको नयाँ र फरकपन नेपालमा भेटिन्छ ।’

विविधताले भरिएको भएर पनि नेपालको महत्व नेपालीले नै बुझन नसकेको भ्यालीको बुझाइ छ । वीरेन्द्रनगर सुर्खेतमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ताको रुपमा प्रस्तुत भएका भ्यालीले नेपालको विविधता र बहुआयामिकता अथाह भएको बताए ।

भ्याली तीनै व्यक्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमा सूचीकृत भएको थियो । यसबाहेक द ट्रेल, नेपाल : बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसजस्ता डकुमेन्ट्री फिल्मका लागि पनि उनी चर्चित छन् ।

यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ । फिल्मले जोडेको साइनोका कारण भ्याली कर्णाली उत्सवमा उपस्थित भएका थिए । डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ ।

भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका थिए । त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ । एकदिन अफगानी सेनाले पक्राउ गरेर जेल हाल्यो ।

‘अफगान आर्मीले मलाई दुईओटा अप्सन दियो घर जान्छस कि ? अन्य छिमेकी मुलुकमा ? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए’ भ्यालीले भने, ‘भारतमा नेपालका बारेमा धेरै सुनेँ र यता आएँ । त्यसपछि त तिमीहरुको देशमा माया बस्यो ।’

भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिजम मात्रै थियो । ‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे । तर मलाई सक्कली नेपाल देख्नु थियो र त कुनै पनि विदेशी नपुगेको ठाउँमा पुगेँ’ उनले भने ।

सक्कली नेपाल देख्ने चाहाकै कारण अरुण, तमोर लगायतका क्षेत्रमा पुगेको भ्याली बताउँछन् । घुम्दा घुम्दै उनी कर्णालीको डोल्पा पुगे । फोटोग्राफी गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने इच्छा जाग्यो ।

डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो । ‘उनको लुगा, चौरीको दूध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो । तीनै मान्छेहरुको जनजीवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’, भ्याली भन्छन् ।

‘एउटा सशक्त फिल्म बनाउन के गर्नुपर्ने रहेछ ?’ उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमिकामा रहेका काठमाडौं विश्वविद्यालय सहप्रध्यापक डा. लोचन रिजालले प्रश्न गरे ।

‘फिल्म राम्रो हुनलाई शक्तिशाली कथा हुनुपर्छ । शक्तिशाली कथा भेटाउन गाउँ डुल्नु पर्छ,’ भ्यालीले जवाफमा भने ।

क्याराभान फिल्मको स्क्रिप्टका लागि आफूले तीन वर्ष पढेको उनले बताए । ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन । त्यस्को मुटुसम्म पुग्नु पर्छ । पावरफूल स्टोरी भेटाएपछि अरु बाटाहरु खुल्दै जान्छन् । सजिलै फिल्म भेटिँदैन् । राम्रो कन्टेन्ट छैन् भने फिल्म नबनाएकै राम्रो हुन्छ,’ उनले चलचित्र निर्मातालाई सुझाव दिए ।

उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दूरदराजमा घुम्न समेत आग्रह गरे । ‘एउटा विदेशी आएर नेपालका बारेमा फिल्म बनाउँदै गर्दा तपाईंहरु आफनै देशमा किन घुम्नु हुँदैन ?’ उनले प्रश्न गरे ।

९ महिना डोल्पामा बसेर हिउँमा हिँड्दै क्याराभानको सुटिङ्ग गरेको उनले स्मरण गरे । ‘त्यहाँको याक, मान्छे सबै अर्गानिक थिए । आफ्नै दुनियाँका । आफनै सोच, विचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपन हुन आवश्यक छ । म त्यस्तै एउटा पागलपन भएको फिल्म निर्देशक हुँ ।’

१९५२ मा फ्रान्समा जन्मिएका भ्याली नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन् । फिल्ममार्फत नेपालको सांस्कृतिक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठौं छ । ‘म विदेशी नजाने बाटो हिँड्छु । त्यसले मलाई नयाँपन दिन्छ,’ उनी भन्छन्, ‘दुर्गम क्षेत्रमा पुग्छ, बाटो बिराउँछु, कहिल्यै भोकै सुत्छु, फेरि गन्तव्य त भेटाइनै हाल्छु ।’

पछिल्लो समयमा आफू सूदुरपश्चिमको बझाङ्ग र बाजुरामा पुगेको र अहिले त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भ्यालीले बताए । ‘बाजुरा पनि अनौठो छ । त्यहाँको बारेमा बुझ्दै छु । ती कुराहरु लैख्दै छु’ उनले भने ।

भ्याली नेपालीमा आफनो कुरा प्रस्टरुपमा राख्न राख्छन् । उत्सवमा प्रश्नकर्ता रिजालले प्रश्न गरे, ‘नेपाली भाष किन सिक्नु भयो ?’

जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृति बुझिँदैन । दूरदराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझ्दैनन् । त्यसो हुँदा नेपाली सिकेँ ।’

The post ‘सक्कली नेपाली देख्न म कर्णाली आइपुगें’ appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/113480/feed 0
असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्छ : प्रधानमन्त्री प्रचण्ड https://visionnewsnepal.com.np/archives/111815 https://visionnewsnepal.com.np/archives/111815#respond Sat, 20 Jan 2024 15:09:38 +0000 https://visionnewsnepal.com/?p=111815 काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्ने बताएका छन् । युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा असंलग्न आन्दोलनले शान्तिको आवाज घन्काउने हो भने युद्धको खतरा रोक्न सकिने बताएका हुन् । ‘युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै […]

The post असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्छ : प्रधानमन्त्री प्रचण्ड appeared first on Vision News Nepal.

]]>

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्ने बताएका छन् ।

युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा असंलग्न आन्दोलनले शान्तिको आवाज घन्काउने हो भने युद्धको खतरा रोक्न सकिने बताएका हुन् ।

‘युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै नै चुनौतीपूर्ण विषय बन्दै आएको छ । शान्तिको आवाज जब विश्वभर घन्किन्छ, युद्ध चाहनेहरु कहीँ न कहीँ पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । शान्तिको आवाज विश्वभरबाट असंलग्न आन्दोलनले घन्काउने हो भने युद्धको खतरालाई रोक्न सकिन्छ’ उनले भनेका छन् ।

युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु हाम्रा निम्ति खुसीको विषय हो । विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भयो, यो निकै महत्त्वपूर्ण छ ।

भूराजनीतिक जटिलता, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्ध, कोरोना महामारीबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव, जलवायु परिवर्तनका कारण मानव जातिले बहोर्नुपरेका समस्या तथा कमविकसित मुलुकले भोग्नुपरेका चुनौतीका सन्दर्भको सङ्घारमा ‘नाम’ सम्मेलन भएको छ ।

यी सबै समस्या समाधानका निम्ति नामले पहलकदमी र नेतृत्व लिनुपर्छ । नामको आवश्यकता र महत्व पहिलेभन्दा बढेको छ । पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरे, तर पूरा गरेका छैनन् । कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना भएका छैनन् । बरु विभिन्न प्रकारका समस्या सिर्जना भएका छन् । यो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्छ । शक्तिशाली आवाज घन्काउनुपर्छ । संयुक्त राष्ट्रसङ्घलाई पनि सोहीअनुसार अघि बढाउन बल गर्नुपर्छ । विश्वको भूराजनीतिक स्थिति जटिल र चुनौतीपूर्ण छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । सन् १९५५ मा वाङडुङमा सम्पन्न सम्मेलनबाट नामको बिजारोपण भयो । त्यतिबेलादेखि नै नेपालले असंलग्न आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको छ । असंलग्न आन्दोलनसँगको प्रतिबद्धता निरन्तर कायम छ । यस्तो परिस्थितिमा नेपालले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नामलाई अझ सशक्त बनाउनुपर्छ ।

शीतयुद्धको विशेष परिस्थितिमा असंलग्न आन्दोलन जन्मियो । अहिले विश्वमा शीतयुद्धको भन्दा पनि अझ गम्भीर र जटिल परिस्थिति देखापरेको छ । असंलग्न आन्दोलनको आवश्यकता पनि बदलिएको परिस्थितिमा झन् बढेको छ । यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने आवश्यकता खड्किएको छ । शीतयुद्धसँग मात्रै जोडेर असंलग्न आन्दोलनलाई हेर्न उचित हुँदैन । उपनेविशीकरण, नवउपनिवेशीकरण र शक्ति राष्ट्रको हैकमविरुद्ध आवाज तथा सङ्घर्ष अहिले पनि त्यत्तिकै आवश्यक छ ।

त्यसकारण असंलग्न आन्दोलनको आवश्यकता पहिलेभन्दा बढेर गएको छ । शिखर सम्मेलनमा धेरै सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नामको आवश्यकता झन् बढेको छ भनेर सामूहिक ढङ्गबाट अभिव्यक्ति प्रकट गर्नुभएको छ । संसारले असंलग्न आन्दोलनमार्फत जनता, समानता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनुपर्छ भन्ने महसुस गरिएको छ ।

असंलग्न आन्दोलनको संस्थापक मुलुकमध्ये कतिपय दक्षिणी मुलुक अहिले विकसित पनि भएका छन् । प्रविधि र अर्थतन्त्रमा उल्लेख्य सफलता हासिल गरेका छन् । उनीहरूका बीचमा आपसी सहयोग पनि बढ्नुपर्छ । असंलग्न आन्दोलन स्थापना गर्दा जुन ‘भावना’ थियो, त्यो कायम हुनुपर्छ । कसैले पनि दोहोरो नीति देखाउन हुँदैन र आफ्नो धारणा प्रष्ट पार्नुपर्छ ।

एक सय २० भन्दा बढी राष्ट्र संलग्न भएको संस्था जसमा तेस्रो विश्वका विकसित मुलुक पनि छन् । यी सबैले एकीकृत र सङ्गठित ढङ्गले आवाज उठायो भने शान्ति, स्थिरता र मानव जातिको सुन्दर भविष्यप्रति धेरै गर्न सक्छन् भन्ने शिखर सम्मेलनमा व्यक्त भएका विचार र प्रतिबद्धताले प्रष्ट पारेका छन् ।

युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै नै चुनौतीपूर्ण विषय बन्दै आएको छ । शान्तिको आवाज जब विश्वभर घन्किन्छ, युद्ध चाहनेहरु कहीँ न कहीँ पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । शान्तिको आवाज विश्वभरबाट असंलग्न आन्दोलनले घन्काउने हो भने युद्धको खतरालाई रोक्न सकिन्छ ।

शिखर सम्मेलनमा दिएको वक्तव्यमा पनि मैले शान्तिका दूत गौतमबुद्धको देशबाट शान्तिका निम्ति अपिल गर्न आएको छु भनेको थिएँ । जहाँजहाँ युद्ध भएको छ, त्यहाँ वार्ता र संवादका माध्यमबाट शान्तिमा रुपान्तरण गर्नुपर्छ । गौतमबुद्ध जन्मेको देश हुनुका नाताले शान्तिको निम्ति पहल र अपिल गर्ने नेपालको ठूलो जिम्मेवारी छ ।

शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका अध्यक्षले पनि महत्त्वपूर्ण अपिल र प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसबाट राष्ट्रसङ्घमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । नामका सदस्य राष्ट्र र राष्ट्रसङ्घले सामूहिक ढङ्गले अपिल गर्दा विश्व शान्तिको पक्षमा वातावरण बनाउन धेरै ठूलो योगदान पुग्छ ।

असंलग्न आन्दोलनको सदस्य हुनुको नाताले नेपाललाई विशेष जिम्मेवारी थियो । आन्दोलनलाई फेरि सशक्त, एकीकृत र केन्द्रिकृत गरेर लैजान सहयोग गर्ने जिम्मेवारी पूरा गरेका छौँ । यसमा नेपाल र नेपालीले गर्व गर्न सक्छौँ । हाम्रो अपिल दुनियाँले राम्रोसँग सुनेको छ ।

नामको १९औँ सम्मेलन, राष्ट्रसङ्घको महासभा, कोप–२९, विश्व खाद्य सङ्गठनको सम्मेलनमा जुन अपिल गरिएको छ, त्यसको अत्यन्तै राम्रो प्रभाव परेको छ । नेपाललाई धेरै चिन्न, बुझ्न र सुन्न थालेको महसुस भएको छ । यो नेपाल र नेपालीका निम्ति खुसीको विषय हो ।

राससमा गरेको कुराकानीमा आधारित

The post असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्छ : प्रधानमन्त्री प्रचण्ड appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/111815/feed 0
विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी ‘प्रहरी सहायक हवल्दार’ पदमा बढुवा https://visionnewsnepal.com.np/archives/108185 https://visionnewsnepal.com.np/archives/108185#respond Thu, 05 Oct 2023 15:15:36 +0000 https://visionnewsnepal.com/?p=108185 काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ । प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दीपेन्द्रलाई सम्मानस्वरूप ‘प्रहरी सहायक हवल्दार’ पदमा पदोन्नति गर्ने निर्णय गरेका हुन् । ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध छन् । 1 मङ्गोलियाविरुद्धको […]

The post विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी ‘प्रहरी सहायक हवल्दार’ पदमा बढुवा appeared first on Vision News Nepal.

]]>


काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ ।

प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दीपेन्द्रलाई सम्मानस्वरूप ‘प्रहरी सहायक हवल्दार’ पदमा पदोन्नति गर्ने निर्णय गरेका हुन् । ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध छन् ।

1
मङ्गोलियाविरुद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान कायम गर्दा दीपेन्द्रले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका हुन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।

त्यस्तै, दीपेन्द्रले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

The post विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी ‘प्रहरी सहायक हवल्दार’ पदमा बढुवा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/108185/feed 0
भीरकोट नगर अस्पतालमा अझै उर्जाशील भइ काम गर्ने छु : डा. राजिव झा https://visionnewsnepal.com.np/archives/107520 https://visionnewsnepal.com.np/archives/107520#respond Tue, 26 Sep 2023 14:32:50 +0000 https://visionnewsnepal.com/?p=107520 नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नैसर्गिक अधिकारको रुपमा राखेको छ ।तर पनि स्वास्थ्य क्षेत्रमा सरकारले नागरिकको चित्त बुझ्ने तरिकाले काम गर्न सकेको छैन ।स्याङ्जाको मध्यभागमा अबस्थित भीरकोट नगरपालिकाका सबैजसो वडाहरुमा सरकारी स्वास्थ्य सस्था पुगेकाछन । बालमैत्री नगरपालिका भीरकोटले गर्भवती महिलालाई पोषण भत्ता र सुत्केरी भत्ता भएपस्चात सुत्केरी प्रोत्साहन भत्ता समेत उपलब्ध गराउदै आएको छ ।यस […]

The post भीरकोट नगर अस्पतालमा अझै उर्जाशील भइ काम गर्ने छु : डा. राजिव झा appeared first on Vision News Nepal.

]]>

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नैसर्गिक अधिकारको रुपमा राखेको छ ।तर पनि स्वास्थ्य क्षेत्रमा सरकारले नागरिकको चित्त बुझ्ने तरिकाले काम गर्न सकेको छैन ।स्याङ्जाको मध्यभागमा अबस्थित भीरकोट नगरपालिकाका सबैजसो वडाहरुमा सरकारी स्वास्थ्य सस्था पुगेकाछन । बालमैत्री नगरपालिका भीरकोटले गर्भवती महिलालाई पोषण भत्ता र सुत्केरी भत्ता भएपस्चात सुत्केरी प्रोत्साहन भत्ता समेत उपलब्ध गराउदै आएको छ ।यस नगरपालिकाको सबै वडाहरुमा सरकारी स्वास्थ्य सेवा पुगेको भएतापनि उपलब्ध भएका सेवाहरुको काम सुस्त हुनेगरेको छ । स्वास्थ क्षेत्रमा भीरकोट नगर अस्पतालले गरेका काम प्रभावकारी सेवा प्रवाह ,महिला स्वास्थ्यमा चालिएका कदम,सम्भावना र चुनौती विषयमा अस्पतालका डाक्टर राजिव झासङ्ग भिजन न्युज नेपाल गण्डकी प्रदेश संयोजक राजन प्रसाद पौडेलले गरेको कुराकानीको अंस ।

अस्पताललाई तीब्र गतिमा संचालन गर्न तपाईंका योजनाहरु के के छन ?

सर्वप्रथम म यस अस्पताललाई यहाँको आम बासिन्दाको लागि सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने, दोस्रो कुरा गर्भवती महिलाहरुको नियमित चेक जाँच गरि सुत्केरी गराउन पनि टाढा जानु नपर्ने वातावरण बनाउने, स्वास्थ्य विमालाई सर्वसुलभ तरिकाले कार्यान्वयन गर्ने, गुणस्तरीय औषधिहरु सुलभ दरमा उपलब्ध गराउने, प्रयोगशालालाई आधुनिकीकरण गर्दै लैजाने, आकस्मिक कक्षको ब्यबस्थापनमा अझै गतिशीलता प्रदान गर्ने योजना रहेका छन् ।

 लुम्बिनी प्रदेशको सुविधासम्पन्न ठाउँमा रहनु भएको तपाईंलाई यहाँ त्यो सुविधा नहुन पनि सक्छ तपाईंलाई टिकाउन नगरपालिका र अस्पताल संचालक समितिसँग तपाईंका मागहरू केही छन् कि ?

हामीले आफूले पाएको जिम्मेवारी आफ्नो कार्यकुशलताले भ्याएसम्म पूरा गर्ने हो। पहिला लुम्बिनी प्रदेशमा हुँदै गर्दा त्यहाँको पनि स्वास्थ्य तथा सामाजिक कार्यमा आफूबाट हुने सहयोग गरेकै हो । अबको पालो भीरकोट नगर अस्पताल हेलु स्याङ्जाको हो । माग भन्ने कुरा भन्दा पनि आफूले सेवा गुणस्तरीय दिनुपर्छ, बाँकी कुराहरु त हुँदै जान्छन् ।
छ वर्ष अगाडी यही अस्पतालमा दुइ वर्ष रहँदा तपाईंले गर्नुभएको सेवा र योगदान जनमानसमा अति नै लोकप्रिय थियो । अब तपाईंको योगदान कस्तो रहन्छ ?

६ वर्ष पहिला म यहाँ आउँदा यो कालीका सामुदायिक अस्पताल थियोे । त्यसबेलामा पनि आफूले आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेकै हो ।अहिले भीरकोट नगर अस्पताल भएपछि अझै उर्जाशील भइ काम गर्ने छु भन्ने कुरा हजुरहरुलाई विश्वास दिलाउन चाहान्छु ।

अस्पताल संचालन गर्न चाहिने पूर्वाधार के के हुन् ? त्यो यहाँ छ कि छैन छैन भने के के गर्नुपर्छ ?

हाललाई यस अस्पतालमा संचालन गर्ने पूर्वाधारहरुको कमी छैन, अहिलेको यस भौतिक संरचना र उपकरणहरु तथा जनशक्तिको उपयोग गरि सेवा प्रवाह गर्न सक्षम छौँ ।

अस्पतालमा उपकरण र बेडको सुविधा भए पनि औषधि भने जस्तो नपाइने जनगुनासो छ नि ! यस विषयमा के भन्नुहुन्छ ?

यो गुनासो म आएको २/ ३ दिनसम्म थियोे तर त्यसपश्चात हाम्रो नगरपालिकाको नगरप्रमुख ज्यूको पहलमा ब्यबस्थापन भैसकेको कुरा यहाँहरु सबैलाई अवगत गराउन चाहान्छु ।

बिरामीहरुलाई आकर्षण गर्न अस्पताल प्रशासन र संचालक समितिको के के सहयोग चाहानुहुन्छ ?

अस्पताल प्रशासन र संचालक समितिले सँधै जनमानसको गुनासोलाई बुझी आफ्नो कमी कमजोरी बुझ्दै अगाडी बढ्नु पर्छ । यस अस्पतालबाट हुने सेवा प्रवाहहरु जनमानसमा पुर्याउनु पर्दछ । यसो गर्दा बिरामीहरु आफैं हाम्रो संस्थाप्रति आकर्षित हुँदै जान्छन् ।

अस्पतालको बाहिरी वातावरण के कस्तो हुनुपर्दछ ?

अस्पतालको बाह्य वातावरण स्वच्छ सफा तथा मनोरम हुनुपर्छ ।ठाउँ – ठाँउमा फ़ोहोर फाल्ने डस्ट्बिनहरु वर्गीकृत गरेर राखेको हुनुपर्छ । बिरामी तथा बिरामीका आगन्तुकहरुलाई सजिलो होस भनी ठाँउ – ठाँउमा बोर्डहरुको ब्यबस्था हुनुपर्छ । जसले गर्दा उहाँहरुलाई सेवा लिने कक्षमा जान अलमलिनु नपरोस् । अस्पतालको वरिपरि पार्किङको ब्यबस्था निश्चित ठाउँमा हुनुपर्दछ । अस्पतालको क्षेत्रमा हर्न लगाउन निषेध गर्नुपर्दछ ।

 अस्पताल क्षेत्रका आम जनतालाई र बिरामीहरुलाई के भन्न चाहानुहुन्छ ?

म हजुरहरु सबैलाई सबभन्दा पहिला आफ्नो स्वास्थ्यप्रति सजग हुन अनुरोध गर्दछु । हामीले स्वास्थ्य परीक्षण बिरामी भएपछी मात्रै गर्ने परम्परालाई अन्त्य गर्दै आफूले नियमित स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श लिनुहुन आग्रह गर्दछु । अहिले हाम्रो भीरकोट नगर अस्पतालले पनि धेरै स्वास्थ्य सेवाहरु दिंदै आएको छ । तसर्थ यस अस्पतालमा पनि हजुरहरुले सर्वसुलभ तरिकाले सेवा लिन सक्नुहुनेछ भन्ने जानकारी गराउँछु । यस भिजन न्युज नेपाल अनलाइन  पत्रीका मार्फत हामी पोषणयुक्त खाना खाऔं तथा स्वस्थ जीवनशैली बिताऔं भन्ने नाराका साथ हाम्रो कुरालाई अगाडी सार्नुभएकोमा विषेश धन्यवाद दिन चाहान्छु ।

The post भीरकोट नगर अस्पतालमा अझै उर्जाशील भइ काम गर्ने छु : डा. राजिव झा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/107520/feed 0
पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी https://visionnewsnepal.com.np/archives/104023 https://visionnewsnepal.com.np/archives/104023#respond Fri, 28 Jul 2023 15:47:19 +0000 https://visionnewsnepal.com/?p=104023 नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । राजनितिक आस्थालाई केन्द्र मानेर प्रेस चौतारीका नेता र सम्मानित अग्रज र समग्र पत्रकार कै […]

The post पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी appeared first on Vision News Nepal.

]]>

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
राजनितिक आस्थालाई केन्द्र मानेर प्रेस चौतारीका नेता र सम्मानित अग्रज र समग्र पत्रकार कै मानहानी हुने गरि पठाइएको उक्त नामाबली कुनै हालतमा स्विकार्य नहुने प्रेस चौतारीका केन्द्रिय सचिब सुष्मा पौडेलले उल्लेख गरिन।
शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए ।

‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’

प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।

‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’

पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

The post पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/104023/feed 0
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै https://visionnewsnepal.com.np/archives/102545 https://visionnewsnepal.com.np/archives/102545#respond Thu, 13 Jul 2023 07:25:33 +0000 https://visionnewsnepal.com/?p=102545 काठमाडौं: दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो । नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही […]

The post अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै appeared first on Vision News Nepal.

]]>

काठमाडौं: दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।

नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ ।

उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्‍बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।

को हुन् सहायक विदेशमन्त्री डोनाल्ड लु ?

अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका डोनाल्ड लु सन २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा काम गरेका थिए । अल्बानियामा राजदूत हुनुअघि उनी पश्चिम अफ्रिकामा चलेको बेलामा अमेरिकी विदेश मन्त्रालयबाट नियन्त्रण कार्यदलको सहायक संयोजक भएका थिए ।

उनले भारत, अजरबैजान, किर्गिजस्तानमा समेत बसेर काम गरेका छन् । त्यसअघि उनले मध्य एशिया र दक्षिण काकेसस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिला ब्यूरो आदि महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् ।

The post अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/102545/feed 0
प्रधानन्यायाधीशलाई प्रश्न : राजनीतिक दलसँग सौदाबाजी गरेर तपाईं प्रधानन्यायाधीश बन्नु भएको हो https://visionnewsnepal.com.np/archives/99626 https://visionnewsnepal.com.np/archives/99626#respond Tue, 20 Jun 2023 05:49:11 +0000 https://visionnewsnepal.com/?p=99626 काठमाडौं : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू प्रधानन्यायाधीश बन्ने समयमा कुनै पनि राजनीतिक दलसँग त्यस सम्बन्धमा कुराकानी नभएको बताए । सोमबार  अन्तरवार्ताका क्रममा प्रधानन्यायाधीश कार्कीले आफूले कुनै पनि राजनीतिक दलका नेताहरूसँग प्रधानन्यायाधीश बन्ने र बनाउने सम्बन्धमा कुनै कुरा नभएको बताए । ‘तपाईं प्रधानन्यायाधीश बन्ने बेलामा राजनीतिक दलसँग सौदाबाजी गरेर प्रधानन्यायाधीश बन्नुभयो र त्यसबापत राजनीतिक दलका आ–आफ्ना […]

The post प्रधानन्यायाधीशलाई प्रश्न : राजनीतिक दलसँग सौदाबाजी गरेर तपाईं प्रधानन्यायाधीश बन्नु भएको हो appeared first on Vision News Nepal.

]]>

काठमाडौं : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू प्रधानन्यायाधीश बन्ने समयमा कुनै पनि राजनीतिक दलसँग त्यस सम्बन्धमा कुराकानी नभएको बताए । सोमबार  अन्तरवार्ताका क्रममा प्रधानन्यायाधीश कार्कीले आफूले कुनै पनि राजनीतिक दलका नेताहरूसँग प्रधानन्यायाधीश बन्ने र बनाउने सम्बन्धमा कुनै कुरा नभएको बताए ।

‘तपाईं प्रधानन्यायाधीश बन्ने बेलामा राजनीतिक दलसँग सौदाबाजी गरेर प्रधानन्यायाधीश बन्नुभयो र त्यसबापत राजनीतिक दलका आ–आफ्ना मान्छेलाई उच्च र सर्वोच्च अदालतको न्यायाधीश बनाइदिन्छु भनेर कमिण्टमेण्ट गर्नुभएको छ भन्ने हल्ला छ, त्यसमा कत्तिको सत्यता छ ?’ भन्ने  प्रश्नमा प्रधानन्यायाधीश कार्कीले त्यसमा शून्य दशमलव १ प्रतिशत पनि सत्यता नभएको बताए ।

कार्कीले भने, ‘त्यसमा जिरो, जिरो, जिरो, प्वाइन्ट वान पनि सत्यता छैन । मैले त्यस विषयमा कसैसँग कुनै पनि कुरा गरेको छैन ।’ राजनीतिक व्यक्तिहरूसँग भेटघाट भयो कि भएन भन्ने सम्बन्धमा प्रधानन्यायाधीश कार्कीले कानुन मन्त्री राजनीतिक व्यक्तित्वका साथै न्याय परिषद्को सदस्य भएको कारण सामान्य कुरा भए पनि अन्य व्यक्तिसँग भेट पनि नभएको र अन्य कुरामा छलफल पनि नभएको बताए ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘नियुक्तिको सवाललाई लिएर राजनीतिक मान्छेहरूले त मसँग कुरा गरेका छैनन् तर कानुन मन्त्री त मसँग सम्बन्धित नै हुनुहुन्छ, हामी एउटै परिषद्मा छौँ, परिषद्मा हुँदा उहाँसँग त्यहाँ औपचारिक पनि कुरा हुन्छ अनौपचारिक पनि कुरा गर्नुपर्ने हुनसक्छ । यस्ता विषयमाहरुमा हुने कुरा त स्वाभाविक नै हो किनभने मैले न्याय परिषद्का सदस्यहरूसँग कुरा गर्नुपर्ने हुन्छ । किनभने कानुन मन्त्री न्याय परिषद्को सदस्य नै हुनुहुन्छ । अन्य सदस्यहरूसँग, यहाँका वरिष्ठतम न्यायाधीशसँग पनि व्यक्तिगतरुपमा कुरा गर्न सक्छु र सामुहिकरुपमा पनि कुरा गर्न सक्छु । कतिपय अवस्थामा अनौपचारिक कुरा गर्नुपर्ने पनि हुनसक्छ । त्यस्तो हिसाबमा जाँदा केही अनौपचारिक कुरा हुनसक्छ । अब कानुन मन्त्रीसँग गरेको कुरालाई नै राजनीतिक कुरा गरे भन्ने हो भने त त्यसको कुनै जवाफ हुँदैन । यदि होइन भने अन्य कुनै पनि कुरामा सत्यता एक रति पनि छैन । मैले मलाई प्रधानन्यायाधीश बनाइदिनुहोस्, त्यसपछाडि म यस्तो गर्छु, उस्तो गर्छु भनेर कहीँ भनेको छैन । मैले म कायममुकायम भइसकेपछि पटक पटक न्यायाधीश नियुक्तिको एजेन्डा राखेर परिषद्को मिटिङ बोलाएको छु । तर बोलाएको मिटिङ पनि विभिन्न कारणबाट हुन नसकेको अवस्था छ ।’

The post प्रधानन्यायाधीशलाई प्रश्न : राजनीतिक दलसँग सौदाबाजी गरेर तपाईं प्रधानन्यायाधीश बन्नु भएको हो appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/99626/feed 0