Warning: Cannot modify header information - headers already sent by (output started at /home/palikaup/visionnewsnepal.com.np/wp-blog-header.php:1) in /home/palikaup/visionnewsnepal.com.np/wp-includes/feed-rss2.php on line 8
भिजन न्युज नेपाल, Author at Vision News Nepal https://visionnewsnepal.com.np/archives/author/admin25 News Portal Website Sun, 04 Feb 2024 11:12:42 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 धादिङ जिल्ला अधिवेशन स्थगित नेताहरु ओलीलाई भेट्न काठमाडौंमा https://visionnewsnepal.com.np/archives/112164 https://visionnewsnepal.com.np/archives/112164#respond Sun, 04 Feb 2024 11:12:42 +0000 https://visionnewsnepal.com/?p=112164 काठमाडौं : जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् । अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए । अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ […]

The post धादिङ जिल्ला अधिवेशन स्थगित नेताहरु ओलीलाई भेट्न काठमाडौंमा appeared first on Vision News Nepal.

]]>

काठमाडौं : जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

The post धादिङ जिल्ला अधिवेशन स्थगित नेताहरु ओलीलाई भेट्न काठमाडौंमा appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112164/feed 0
राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : लामिछाने https://visionnewsnepal.com.np/archives/112140 https://visionnewsnepal.com.np/archives/112140#respond Sat, 03 Feb 2024 11:24:52 +0000 https://visionnewsnepal.com/?p=112140 अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् […]

The post राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : लामिछाने appeared first on Vision News Nepal.

]]>

अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे ।

‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने ।

पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताए ।

अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए । अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।

The post राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : लामिछाने appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112140/feed 0
राहुल महरालाई थुनामा पठाउन उच्च अदालतको आदेश https://visionnewsnepal.com.np/archives/112051 https://visionnewsnepal.com.np/archives/112051#respond Thu, 25 Jan 2024 12:28:25 +0000 https://visionnewsnepal.com/?p=112051 काठमाडौं : भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेको छ । यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए । न्यायाधीश अञ्जु उप्रेती ढकाल र […]

The post राहुल महरालाई थुनामा पठाउन उच्च अदालतको आदेश appeared first on Vision News Nepal.

]]>

काठमाडौं : भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेको छ ।

यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए ।

न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो

The post राहुल महरालाई थुनामा पठाउन उच्च अदालतको आदेश appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112051/feed 0
कर्णालीमा राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित https://visionnewsnepal.com.np/archives/112047 https://visionnewsnepal.com.np/archives/112047#respond Thu, 25 Jan 2024 12:24:42 +0000 https://visionnewsnepal.com/?p=112047 सुर्खेत : राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत उज्ज्वल […]

The post कर्णालीमा राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित appeared first on Vision News Nepal.

]]>

सुर्खेत : राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भएका छन् । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् ।

अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् । स्थानीय तह तर्फ गठबन्धनका एक एकजनाले फ्लोर क्रस गरेर एमालेका उम्मेदवारलाई मतदान गरेका छन् ।

७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेका छन् । जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदाता कायम भएका थिए ।

प्रदेश सभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्णालीमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछ ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

The post कर्णालीमा राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112047/feed 0
राष्ट्रियसभा चुनावमा स्वतन्त्र मेयर बालेन्द्र शाह,हर्क साम्पाङ र गोपी हमालले गरेनन मतदान https://visionnewsnepal.com.np/archives/112042 https://visionnewsnepal.com.np/archives/112042#respond Thu, 25 Jan 2024 12:20:13 +0000 https://visionnewsnepal.com/?p=112042 काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि आज भएको चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान गरेनन् । राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् । हैटौडामा […]

The post राष्ट्रियसभा चुनावमा स्वतन्त्र मेयर बालेन्द्र शाह,हर्क साम्पाङ र गोपी हमालले गरेनन मतदान appeared first on Vision News Nepal.

]]>

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि आज भएको चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान गरेनन् ।

राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् ।

हैटौडामा सम्पन्न राष्ट्रियसभा चुनावको मतदानमा काठमाडौं महानगरका मेयर बालेन पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान नगरेका हुन् ।

गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए । तर आज सम्पन्न राष्ट्रियसभा चुनावमा दलीय उम्मेद्वारहरु छन् ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ ।

The post राष्ट्रियसभा चुनावमा स्वतन्त्र मेयर बालेन्द्र शाह,हर्क साम्पाङ र गोपी हमालले गरेनन मतदान appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112042/feed 0
तारकेश्वरमा शिव पुराणको उद्घाटन अर्थमन्त्री महतले गर्ने https://visionnewsnepal.com.np/archives/112043 https://visionnewsnepal.com.np/archives/112043#respond Thu, 25 Jan 2024 12:10:51 +0000 https://visionnewsnepal.com/?p=112043 काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना गर्ने भएको छ। नगरपालिकाले ११ देखि २३ माघसम्म वडा नम्बर ३ पाँचमानेमा रहेको तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गर्न लागेको मेयर कृष्णहरि महर्जनले जानकारी दिए । नगरपालिकाका अनुसार वाचक गुरु नारायण चतुर्व्युहले शिवपुराणमा कथा वाचन गर्नेछन् । ११ माघ बिहान ११ बजे शोभा कलश […]

The post तारकेश्वरमा शिव पुराणको उद्घाटन अर्थमन्त्री महतले गर्ने appeared first on Vision News Nepal.

]]>

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना गर्ने भएको छ।

नगरपालिकाले ११ देखि २३ माघसम्म वडा नम्बर ३ पाँचमानेमा रहेको तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गर्न लागेको मेयर कृष्णहरि महर्जनले जानकारी दिए । नगरपालिकाका अनुसार वाचक गुरु नारायण चतुर्व्युहले शिवपुराणमा कथा वाचन गर्नेछन् ।

११ माघ बिहान ११ बजे शोभा कलश यात्रा, सोही दिन पूर्वाङ्ग, दिउँसो ३ बजे शिवपुराण उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । यसैगरी २२ माघमा लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन २३ माघ दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।

शिवपुरी पहाडको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो।

तारकेश्वर नगरपालिकामा पौराणिक तारकेश्वर महादेव मन्दिर, गुह्येश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्वरी, शान्तिधाम बालकुमारी मन्दिर, सिद्धेश्वर, सिम्लेश्वरलगायत तीर्थस्थल छन्।

The post तारकेश्वरमा शिव पुराणको उद्घाटन अर्थमन्त्री महतले गर्ने appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112043/feed 0
गण्डकीलाई मधेशको ४५ रनको फराकिलो अन्तरले हराउँदै मधेशको फाइनल पुग्ने संभावना कायम https://visionnewsnepal.com.np/archives/112036 https://visionnewsnepal.com.np/archives/112036#respond Thu, 25 Jan 2024 12:05:17 +0000 https://visionnewsnepal.com/?p=112036 काठमाडौं : गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्ने संभावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमा अल आउट भयो । गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि […]

The post गण्डकीलाई मधेशको ४५ रनको फराकिलो अन्तरले हराउँदै मधेशको फाइनल पुग्ने संभावना कायम appeared first on Vision News Nepal.

]]>

काठमाडौं : गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्ने संभावना कायम राखेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमा अल आउट भयो । गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् । मधेशका रञ्जित कुमारले ४ तथा हरिशंकर साहले ३ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मधेशले विकेटकिपर अनिलकुमार साहको शतकको सहयोगमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो ।

मधेशका अनिलले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको सानदार शतकीय इनिङ खेले । मधेशले कप्तान हरि शंकर शाहलाई २ रनमा गुमाएको थियो । दोस्रो विकेटका मयन र अनिलले १०४ रनको शतकीय साझेदारी गरेका थिए । मयन सन्दीपको बलमा केहि अघि बढेर सट खेल्ने धुनमा विकेटकिपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए । उनले ४४ बलमा २ चौका हाने ।

पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए । अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । अभिषेक तिवारी १९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । रुपेश सिंहले ३५ बलमा ३ चौकासहित ३२ रन बनाए । गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए ।

गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।  प्रधानमन्त्री कपमा १०० रनभन्दा बढी खर्चने उनी पहिलो बलर बनेका छन् । यो जितपछि मधेश ८ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान ८ खेलबाटै १० अंक बटुलेको बागमती रन रेटका आधारमा दोस्रो र ५ खेलबाट १० अंक नै बटुलेको नेपाल पुलिस पहिलो स्थानमा छ ।

यो हारपछि गण्डकीको शीर्ष २ मा रहँदै फाइनल खेल्ने संभावना गणीतिय रुपमा मात्र कायम छ । आठौं स्थानमा रहेको उसको ६ खेलबाट ४ अंक मात्र छ । १० टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छ ।

The post गण्डकीलाई मधेशको ४५ रनको फराकिलो अन्तरले हराउँदै मधेशको फाइनल पुग्ने संभावना कायम appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112036/feed 0
कोशीमा कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित https://visionnewsnepal.com.np/archives/112032 https://visionnewsnepal.com.np/archives/112032#respond Thu, 25 Jan 2024 12:00:32 +0000 https://visionnewsnepal.com/?p=112032 विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा […]

The post कोशीमा कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित appeared first on Vision News Nepal.

]]>

विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

The post कोशीमा कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112032/feed 0
कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित https://visionnewsnepal.com.np/archives/112027 https://visionnewsnepal.com.np/archives/112027#respond Thu, 25 Jan 2024 11:56:38 +0000 https://visionnewsnepal.com/?p=112027 विराटनगर : कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ […]

The post कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित appeared first on Vision News Nepal.

]]>

विराटनगर : कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुवैथरिले मतदान गरेका थिए । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।

The post कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112027/feed 0
राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित https://visionnewsnepal.com.np/archives/112024 https://visionnewsnepal.com.np/archives/112024#respond Thu, 25 Jan 2024 11:50:29 +0000 https://visionnewsnepal.com/?p=112024 पोखरा : राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए । एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ […]

The post राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on Vision News Nepal.

]]>

पोखरा : राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।

एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता/अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।

एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।गण्डकीमा स्थानीय तह र प्रदेशमा जितेका प्रतिनिधिहरुको अंकगणितअनुसार  सत्ता गठबन्धनको गठबन्धनको ३ हजार ८२७  मतभार थियो ।

तर, सबै गठबन्धनका उम्मेदवारले कम मत प्राप्त गरेको देखिएको छ । २ सांसद रहेका राप्रपाबाट २ उम्मेदवार थिए । उसको पक्षमा २ जनाकै मतभार १०६ देखिएको छ ।

The post राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on Vision News Nepal.

]]>
https://visionnewsnepal.com.np/archives/112024/feed 0