
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना गर्ने भएको छ।
नगरपालिकाले ११ देखि २३ माघसम्म वडा नम्बर ३ पाँचमानेमा रहेको तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गर्न लागेको मेयर कृष्णहरि महर्जनले जानकारी दिए । नगरपालिकाका अनुसार वाचक गुरु नारायण चतुर्व्युहले शिवपुराणमा कथा वाचन गर्नेछन् ।
११ माघ बिहान ११ बजे शोभा कलश यात्रा, सोही दिन पूर्वाङ्ग, दिउँसो ३ बजे शिवपुराण उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । यसैगरी २२ माघमा लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन २३ माघ दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।