
काठमाडौं : जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।
अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।
प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।