सांसद सचिवालयको दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौं : सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा रहेका दरबन्दी घटाउने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्दै सचिवालयको दरबन्दी घटाउने निर्णय गरिएको हो।