पाल्पामा ईभी गाडी दुर्घटना, तीन गम्भीर घाइते

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित छहरा मेहलढाप भित्री सडकखण्डको पीपलभञ्याङमा ईभी गाडी दुर्घटना भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन्। उद्धारका लागि प्रहरीले टोली पठाएको छ।

स्थानीयका अनुसार गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन्।