राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको औपचारिक कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेलसहितको प्रतिनिधिमण्डलले कात्तिक १७ देखि २० गतेसम्म दोहामा हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुनेछ।