घिरौँला, काँक्रो र फर्सीमा भेटियो अत्यधिक विषादी

काठमाडौं: घिरौँला काँक्रो र फर्सीमा विषादीको मात्रा अत्यधिक रहेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका ल्याइएको घिरौँला, काँक्रो र फर्सीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले जनाएको छ ।

कालीमाटीका बिक्रीका लागि राखिएको मकवानपुरमा उत्पादित हरियो फर्सीमा ४५.५९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको हो । यस्तै धादिङमा उत्पादित घिरौँलामा ६५.०३ प्रतिशत र काठमाडौँमा उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत विषादी भेटिएको जनाएको छ ।

कालीमाटीमा कार्वामेट र अर्गानोफस्फेट नामक समूहका विषादी परीक्षण गरिँदै आएको छ । उक्त विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य मानिन्छ ।

३५ देखि ५४ सम्म केहि दिन राखेर उपभोग गर्न मिल्ने र ४५ भन्दा माथि भए उपभोग अयोग्य मानिन्छ ।