माइतीघरबाट निकोलस भुसालसहित थप दुईजना पक्राउ

काठमाडौं : माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।