
काठमाडौं: काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, मसिने क्षेत्रमा शनिबार राति आएको पहिरोमा एक कार पुरिएको छ।
बा.५ च ११४५ नम्बरको कार मसिनेबाट थानकोटतर्फ जाँदै गर्दा पहिरोले छोपेको थियो।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर पहिरो पन्छाई कार र सवार यात्रुको उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उक्त घटनामा मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन स्थानीयवासी र सवारी चालकहरूलाई आग्रह गरिएको छ।