शिक्षक बन्न लाइसेन्स अनिवार्य, शिक्षाशास्त्र बाहेकलाई पनि अवसर

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुने व्यवस्था पारित गरेको छ।

समितिको निर्णय अनुसार अब शिक्षाशास्त्र (शिक्षा संकाय) बाहेकका विषयमा अध्ययन गरेका उम्मेदवारले पनि शिक्षक बन्न पाउने अवसर पाउनेछन्। तर, उनीहरूलाई पनि शिक्षक सेवा आयोगद्वारा लिइने लाइसेन्स परीक्षा अनिवार्य हुनेछ।

त्यसैगरी, प्रत्येक पाँच वर्षमा वा पाठ्यक्रम परिवर्तन हुँदा, शिक्षकले सरकारले तोकेको पुनर्ताजगी (refresher) तालिम लिई अध्यावधि (renew) गर्नु पर्ने व्यवस्था पनि गरिएको छ।

शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि उक्त प्रस्ताव समितिबाट पारित भई प्रतिनिधिसभामा पठाउने तयारी गरिएको छ।