महोत्तरीमा निषेधाज्ञा जेठ ३१ सम्म थप

 

महोत्तरी :महोत्तरीमा जारी निषेधाज्ञा चौथो पटक थप गरिएको छ। यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक थप गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो।

mostbet

पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।

जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।

यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ। अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ।