सुनमा भारी गिरावट, चाँदी पनि ओरालो

काठमाडौं: नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ३ लाख ७ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको ५ हजार १५० रुपैयाँबाट १४० रुपैयाँले कम हो। १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।