
काठमाडौं : बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्तले प्रहरी घेरा तोड्दै अस्पतालमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
घटना कार्तिक ७ गतेको हो। आफन्तहरूले अस्पतालको लापरबाहीका कारण गर्भवती महिलाको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार, अस्पतालले घटनापछि संवादका लागि समेत नबोलाएको भन्दै आक्रोश व्यक्त गरिएको छ।
प्रहरीमाथि समेत ढुङ्गा र इँटा प्रहार भएको प्रहरीले जनाएको छ। आक्रोशित आफन्तहरूले हिजो पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए। घटनापछि अस्पताल परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।