
काठमाडौं : पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज साँझ स्वदेश फर्किँदै छन्। खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउने कार्यक्रम छ।
नेकपा (एकीकृत समाजवादी) भित्र मतभेद बढ्दै गएपछि खनाल पार्टी बैठकमा सहभागी हुन फर्कन लागेका हुन्।
केही समयअघि दिल्लीबाटै वक्तव्य जारी गर्दै उनले पार्टी एकता प्रक्रियालाई ‘बेमौसमी बाजा’ भनेका थिए। तर, माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढेपछि अब उनी स्वयं बैठकमा सहभागी हुन काठमाडौं फर्कन लागेका हुन्।