
धादिङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाक्रे गाउँ समिति अन्तर्गतको टोलीले थाक्रे गाउँपालिकाका प्रमुखलाई २०८२/८३ सालको नीति तथा कार्यक्रममा जनजीविकासँग सम्बन्धित महत्वपूर्ण बुँदाहरू समावेश गर्न माग गर्दै औपचारिक ज्ञापनपत्र बुझाएको छ।
पार्टीका गाउँ समिति अध्यक्ष दयाराम कार्कीको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार, अनियमितता, र व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै जनमुखी, पारदर्शी तथा विकासमुखी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने माग राखेको छ। ज्ञापनपत्रमा विशेष गरी जनताको आधारभूत आवश्यकता, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, महिला तथा पिछडिएको वर्गको सशक्तिकरण जस्ता विषयमा प्राथमिकता दिन आग्रह गरिएको छ।
कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। ज्ञापनपत्र बुझाउने क्रममा स्थानीय सरकार र जनप्रतिनिधिहरूले समावेशी र उत्तरदायी शासन प्रणालीको प्रत्याभूति गर्नुपर्ने जोड दिइएको छ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कार्कीले भने, “गाउँपालिकाले बनाउने नीति जनताको आवश्यकता र चाहनाअनुरूप हुनुपर्छ। हामीले जनताको पक्षबाट आवाज उठाएका हौं।”
हेर्नुहोस् ज्ञापन पत्र :
