दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार पुष्टि

चिनियाँ अनुसन्धान टोलीले दिएको प्रारम्भिक रिपोर्टमा नेपाललाई ५० वर्ष पुग्ने मात्रामा मिथेन ग्याँस भेटिएको दावी

   दैलेख : दैलेख जिल्लाको जलजला क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस (मिथेन) भेटिएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ। चीनको चाइना जिओलोजिकल सर्भे (CGS) र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको अनुसन्धानपछि यो नतिजा नजिक  आएको हो।

पहिलो चरण :
२०८० वैशाख २८ देखि सुरु भएको ड्रिलिङमा ४,००० मिटर गहिराइसम्म खनेपछि ग्याँसको संकेत पाइएको थियो।

मिथेन ग्याँस लाई स्वच्छ ऊर्जा स्रोत मानिन्छ (यसले गाडी, बिजुली उत्पादन, घरायसी इन्धन, र रासायनिक मल उत्पादनमा प्रयोग हुन सक्छ)।

यो भण्डारले नेपालको ५० वर्षको ग्याँस आवश्यकता पूरा गर्न सक्ने अनुमान छ।

डिसेम्बर २०२४ मा विस्तृत रिपोर्ट आउने र ६५ अर्ब रुपैयाँ लागतमा ७५ दिने परीक्षण उत्पादन गर्ने योजना।

२०७२ सालमा भारतले लगाएको नाकाबन्दी पछि नेपालले वैकल्पिक ऊर्जा स्रोत खोज्न चीनसँग सहयोग गरेको थियो।

दैलेखका विभिन्न स्थानहरूमा प्राकृतिक रूपमा आगो बल्ने घटनालाई पनि यसै ग्याँस भण्डारसँग जोडिएको विज्ञहरूले बताएका छन्।

न्तिम प्रक्रिया 
विस्तृत रिपोर्ट आएपछि व्यावसायिक उत्पादन सुरु हुने।

दैलेखका थप ३ स्थानमा ड्रिलिङ गरी ग्याँसको मात्रा बढाउने योजना।

यसले नेपालको ऊर्जा स्वावलम्बन र आर्थिक विकास मा ठूलो योगदान दिने आशा गरिएको छ।

“प्रारम्भिक रिपोर्ट अनुसार ११२ अर्ब घनमिटर मिथेन ग्याँस पुष्टि भएको छ। विस्तृत अध्ययनपछि उत्पादन सुरु गर्ने छौं। यसले देशको ऊर्जा आत्मनिर्भरतामा ठूलो भूमिका खेल्नेछ।”दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिन मुनि प्रज्ज्वलनशील ग्याँस भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।

उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको बताए ।