ट्रिपरको ठक्करबाट रंगेलीमा एक जनाको मृत्यु


सुरज माझी
मोरङ :मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्युु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपरले ठक्कर दिँदा सोहि दिशाबाट जाँदै गरेको प्रदेश नम्बर १–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

 

mostbet

घाइते रतुवामाई नगरपालिका ६ सौठा बस्ने वर्ष ४२ का तिलक राज खड्कालाई उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको गर्ने क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपर चालक धनपालथान गाउँपालिका ६ बस्ने वर्ष ३९ बिध्या सागर रायलाई ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिएका छन ।