चुनावबाट मात्र मुलुकले निकास पाउँछः उपप्रधानमन्त्री पौडेल

बुटवल :उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै अब तयारीमा जुट्नुपर्ने बताएका छन् ।शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु दलले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको जिकिर गरे ।

mostbet

अदालतमा यसबारे मुद्दामामिला चलेपनि लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने उनको तर्क छ । सरकारले निर्वाचनमा वाचा गरे अनुसार विकासका नयाँ नयाँ काम गर्न खोजेको तर अनपेक्षित दृश्य देखा परेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।