गजल :आशा साकिँ बलायर

आफू बलियाे बन्नु छ अरूकाे भर बन्न
ढुङ्गा मात्रै काफि हुदैन एक घर बन्न

मलाई पत्थरबाट माटाे बनाउन नखाेज
बर्षाैं लागेकाे हाे माटाेबाट पत्थर बन्न

mostbet

यहाँ अमृत भनेरै प्रचार गर्नेहरूकाे
अक्सर हात हुन्छ जहरिलो जहर बन्न

याे शहर मेटिएपछि के बन्छ हाेला ?
मेराे गाउँ भने मेटिएकाे हाे सहर बन्न