धादिङ्गको सेमजोङ्ग स्वास्थ्य चौकिलाई स्वास्थ्य उपकरण सहयोग

रेश्मा बिसङ्के,
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं ३ सेमजोङ्गमा रहेको सेमजोङ्ग स्वास्थ्य चौकीलाई समाजसेवी तथा बुद्दीजिवी केदार पौडेलको पहलमा स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ ।

धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं ८, ससाह बस्ने केदार पौडेलको पहलमा सेमजोङ स्वास्थ्य चौकीलाई ५ थान बिरामीको बेड र महिला स्वास्थ्य स्वंयसेविकाहरुको प्रयोजनको लागि जम्मा २८ वटा पल्स अक्सिमिटर सहयोग प्राप्त भएको छ ।

mostbet

यसरी ५ वटा बेड प्राप्त भएपछि बिरामीहरुलाई भर्ना गरेर राख्न तथा अब्जरभेसनमा राख्न निकै सजिलो हुने साथै पल्स अक्सिमिटर प्राप्त भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु मार्फत आ(आफ्नो टोल तथा बस्तिहरुमा आबश्यकता अनुसार शरिरमा अक्सिजनको मात्रा समेत जाँच गर्न सहज हुने नेत्रावती डबजोङ्ग गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले बताए ।

उक्त उपकरण नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं. ३ का वडाध्यक्ष बिजय कुमार पाख्रिनलाई हस्तान्तरण गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी पौडेलले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।