दैलेखको दुल्लु नगरपालिका वडा नं १३ को भवनको ढलान निर्माणमा चरम भ्रष्टाचार, वडाअध्यक्षको कोठामै चुहिन्छ पानी

छाता ओडेर सेवाग्राहीलाई सेवा दिदै

 

mostbet


नारायण रिजाल
दैलेख :दुल्लु नगरपालिका वडा नं १३ को वडा कार्यालयको नवनिर्मित ढलान कार्यसम्पादन भएको वर्ष दिन नपुग्दै ढलान चुहिने भएको छ । करिब १० लाख रुपैयाँ लगानीमा बनेको भवनको ढलान कार्यसम्पादन भएको एक बर्ष पुगेको छैन ।

उत्तm भवनमा पहिला जस्तापाता लगाइएको थियो र जस्तापाता बाट पनि पानी चुहिने भएपछि १० लाख रूपया बिनियोजन गरि उपभोक्ता समिति मार्फत भवनको बिम उठाइ ढलान कार्य सम्पन्न गरिएको थियो। तर भवनको ढलान यस्तो बन्यो कि आकाशबाट खसेको पानी केहि समय छतमा विश्राम गर्छ । त्यसपछि कार्यालय भित्रका चारवटा कोठामा प्रवेश गर्छ अनन्त वडा अध्यक्षज्यूको कोठामा पनि पानीको प्रवेश हुन्छ । कार्यलयका सचिव तथा त्यहाँका कर्मचारीहरुलाई जनताहरुलाई सेवा दिनका लागि वत खोज्दै भाग्दै काम गर्नुपर्ने अवस्थासम्म आएको छ ।

उक्त भवनको अवस्था हेर्दा दुल्लु नगरपालिका वडा नं १३ को भवन निर्माणमा चरम भ्रष्टाचार तथा सरकारी पैसाको दुरुपयोग भई भवन यसरी निर्माण भएको पनि भन्न सकिन्छ । अथवा दुल्लु नगरपालिका १३ का जनप्रतिनिधि तथा उपभोक्ता समितिको लापरबाहीले गर्दा पनि यो वडा कार्यालय भवनको ढलानको हालत यस्तो भएको हुनसक्छ । हामीले जसरी जे भनेर अर्थ लगाउ यहाँ भएको भनेको चरम भ्रष्टाचार तथा सरकारी रकमको दुरुपयोग नै हो । जनप्रतिनिधि आफै बस्ने र कामकाज गर्ने गरी बनाइएको भवनको त हालत यस्तो छ भने अरू विकास निर्माणको हालत झन कस्तो होला ?

नाम नखुलाउने सर्तमा एक स्थानीय भन्छन यहाँ भवनमा मात्र होइन धेरै विकास निर्माणका कार्यहरुमा चरम भ्रष्टाचार भएको छ तर भ्रष्टाचार भएको आवाज कसैले उठाउन सकिरहेको छैन । यो भवन त एउटा उदाहरण मात्र हो । उनी भन्छन विकास निर्माण गर्दा उतिखेरको मात्र हेरियो यो वर्षाको हेरिएन । अहिले वडा कार्यालयका चारैवटा कोठामा मोति टल्किएझै पानी टल्किरहेको देख्न सकिने बताए ।

स्थानियले यति बताइसकेपछि रिपोर्टिङको क्रममा भिजन न्यूज नेपाल बाट हामिले दुल्लू नगरपालिका वडा नं १३ का वडा अध्यक्ष सुर्य बहादुर शाहिलाइ सम्पर्क गर्योः

हामीले सुनेअनुसार दुल्लु नगरपालिका वार्ड नं १३ को वडा कार्यालय भवनको नवनिर्मित ढलानबाट पानी परेको बेलामा पानी भित्र कोठाहरूमा चुहिन्छ भन्ने खबर सुनेका छौं के यो कुरा सत्य हो र?
उनी बताउँछन् हो ढलान गर्दा बिग्रिएकै हो । जसले गर्दा अहिले एउटा सुनिन्छ हामीलाई पनि त्यति थाहा भएन बनाउँदा खेरी हामी पनि प्राविधिक भएनौं जसले गर्दा उपभोक्ता समितिलाई बनाउन जिम्मा दियौं । बनाउने क्रममा केही नमिलेर छतबाट एउटा कोठामा पानी चुहिन्छ ।

 सेवाग्राहीलाई सेवा दिन त्यहाँका कर्मचारी तथा सेवा लिन गएका सेवाग्राहीलाई पनि त केही समस्या भएको होलानि यसलाई तपाई कसरी लिनुहुन्छ ?
उनी बताउँछन् कर्मचारीहरुलाई काम गर्न । सेवाग्राहीलाई सेवा लिन खासै समस्या छैन । एउटा कोठा मात्रै पानी छोएको छ बाँकी कोठाहरु राम्रो छन् । हामीले अन्य बाँकी कोठाबाट नै सेवा लिन आएका सेवाग्राहीलाई सेवा दिइरहेका छौं उनी बताउँछन् ।

यो भवनको ढलान गरेको एक वर्ष नपुग्दै ढलानबाट कोठामा पानी चुहिने गरि ढलान निर्माण हुनुमा तपाईं कस्को लापरवाही देख्नुहुन्छर?

उनी बताउँछन् यो हाम्रो लापरबाही भन्दापनि नगरपालिकाबाट पठाइएका प्राविधिकले यति सरिया यति गिट्टि यति बालुवा वा कति सिमेन्ट हाल्नु पर्छ भनेर नभनेको उनि बताउछन । उनी भन्छन् यो हुनुमा गिट्टि पातलो भएको अर्थात दिप्ती हुँदैनन् भनेर भन्दा । त्यहाँ काम गर्ने मिस्त्री र प्राविधिकले हुन्छ नि यो गिट्टि भनेर भनेको उनी बताउँछन् । उनी भन्छन् ढलान गर्ने दिनमा इन्जिनियर आउनुभएन ।

नगर पनि भन्नुभएन । काम गर्ने मिस्त्री हरुले नै ढलान सम्पन्न गरे । ढलान सम्पन्न भइसकेपछि छानबिन गर्न आएका प्राविधिकहरुले पनि केही कमजोरी नभएको बताए । उनी भन्छन सबै भन्दा ठुलो कमजोरी त्यहाँका प्राविधिक नयाँ थिए । र इन्जिनियरहरू पनि आएनन् अहिले यस्तो अवस्थामा छ ढलान ।

भबनमा ढलान भएको एक वर्ष नबित्दै यसरी ढलान चुहिने गरी निर्माण हुनुमा यसका उपभोक्ता समिति तथा तपाईंहरुबाट रकमको दुरुपयोग तथा भ्रष्टाचार भएको हो भनेर भन्न सक्नुहुन्छर?

उनी भन्छन् रकमको दुरुपयोग गरे वा भ्रष्टाचार गरे भनेर भन्न मिल्दैन । म आफै छानबिनमा जाँदैगर्दा सिमेन्टमा केही रकम दुरुपयोग भएको हो भनेर भनेको सुनें । त्यसैले यसमा यदि भ्रष्टाचार वा रकमको दुरुपयोग भएको हो भने सिमेन्टमा मात्रै भएको उनी बताउँछन् । ढलानमा पानी चुहिँदा मैले उपभोक्ता समितिलाई पनि तिनीहरूले बदमासी गर्यो भनेर भने यो ढलान तपाईहरुले फेरि मिलाई दिनु पर्छ यो ढलान गरेको मिलेको छैन भन्दा वहाँहरुको केहीपनि बोल्नुभएन । मैले उहाँलाई पनि भनेको हुँ कि रकमको दुरुपयोग भएको छ । तर उहाँहरु केहीपनि बोल्नुभएन ।

अब यो ढलान त मर्मत गर्नु पर्छ होला रु यो ढलान कसरी मर्मत गर्नुहुन्छरु वडा बाट नयाँ रकम विनियोजन गर्नुहुन्छ रु वा पुरानै उपभोक्ता समितिलाई ढलान मर्मत गरिदिन अनुरोध गर्नुहुन्छ ?

उनी भन्छन् मर्मत त गर्नै पर्यो नि । अब यो लाई कसरी मर्मत गर्ने भन्ने कुरामा मैले उपभोक्ता समितिमार्फत पनि यो कुरा राखेको छु । यदि उपभोक्ता समितिले मर्मत गरिदिए त ठिकै भयो । यदि उपभोक्ता समितिले मर्मत गरेन भने वडा कार्यालयबाटै रकम विनियोजन गरेर भएपनि जसोतसो यसलाई मर्मत गर्नु पर्ला ।

उतिखेर गल्ती वा कमीकमजोरी सबैबाट भएका हुन् । नगरपालिकाबाट इन्जिनियर पनि ढलान गर्दा चेकजाँचमा आएन न त ढलान गर्न भने रोके । र त्यहाँ पुगेका नयाँ प्राविधिकहरु पनि आफ्नो काममा त्यति पोख्त रहेनछन् । हामीलाई देख्छन् प्राविधिक ज्ञान हुने कुरै भएन उनले दुखेसो व्यक्त गर्दै भन्छन् अब जे भए पनि गल्ती भयो । अब जसरी भए पनि मर्मत गर्नु पर्ला ।

वडा कार्यालयको भवनमा ढलान निर्माण यो कार्यको विकास हेर्दा लाग्छ अन्य यस्ता थुप्रै क्षेत्र होलान् जहाँ कति भ्रष्टाचार भएको होला । कति सरकारी रकमको दुरुपयोग पनि भएको होला । आखिर यो कसले पत्ता लगाउने । आखिर कसले छानविन गर्ने त । जनवतालाई सबैभन्दा पहिला सेवा दिने भनिएको वडा कार्यालयको हालत नै यस्तो भई सेवाग्राहीलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन कति अप्ठ्यारो भएको छ होला । आखिर यो कुरा जनप्रतिनिधिले कहिले बुझ्ने । यसरी वडा कार्यालयको ढलान बाट पानीभित्रको अन्य कोठामा चुहिएर सेवाग्राहीलाई सेवा दिन अप्ठ्यारो भइरहेको खबर सुनेपछि ।

वडाका वडा सचिव भद्र हमाललाई पनि सम्पर्क गरी केही प्रश्नहरु सोध्यौ 

हामीले सुनेअनुसार दुल्लु नगरपालिका वार्ड नं १३ को वडा कार्यालय भवनको नवनिर्मित ढलानबाट पानी परेको बेलामा पानी भित्र कोठाहरूमा चुहिन्छ भन्ने खबर सुनेका छौं के यो कुरा सत्य हो र?

उनी बताउँछन् हुँदा त कार्यालयको भवन पुरानै हो पहिले पाता लगाइएको थियो । पाता हटाएर ढलान गर्नकोलागि रु १०लाख विनियोजन गरिएको हो । भवनको अगाडि चार बिम उठाइ ढलान गर्नुपर्ने थियो । त्यसमा गिट्टी वा बालुवा सिमेन्ट वा प्राविधिक कमीकमजोरी भएर हो वा के भएर हो चुहिएको छ ।

वडाअध्यक्ष अनुसार यहाँका चारवटा कोठा मध्ये एक ओटा मात्रै कोठा चुहिन्छ भन्नुभएको छ रु तर स्थानीयका अनुसार सबै कोठा चुहिन्छ भन्ने खबर आएको छ । यसको वास्तविकता के हो त र?
उनी भन्छन् एउटा मात्र होइन सबै कोठा चुहिएको छ । चुहिएको कोठालाई त चुहिएको छैन कसरी भन्नु । प्राविधिक कमीकमजोरी हो । अथवा माल मेट्रियल को कमि भएर हो । त्यो एकीन भएन तर सबै कोठाहरु चुहिएका छन् । उनी भन्छन् चुहिएको कोठालाई कसरी चुहिएको छैन भन्नु । उनी बताउँछन् ।

  यस वडाका सेवाग्राहीहरु सेवा लिन आइरहँदा उहाँहरुलाई सेवा दिन कति अप्ठ्यारो भइरहेको छरु अथवा कसरी सेवा दिइरहनुभएको छ?

उनी भन्छन् अप्ठेरो त अप्ठ्यारै छ नि । भवनका प्रायः सबै कोठा बस्न नमिल्ने छन् । तर एउटा कोठा जुन कोठामा अलिकति पानी कम चुहिन्छ त्यही कोठामा प्लाष्टिक हालेर कार्यालयमा भएका कम्प्युटर प्रिन्टर तथा ल्यापटपहरु त्यस कोठामा राखिएको छ । त्यही कोठामा बसेर सेवाग्राहीलाई सेवा दिएका छौं ।

अन्य कोठामा त बस्न पनि नमिल्ने छ । तिमी कोठाहरुमा त प्लास्टिक ओढेर अथवा छाता ओडेर मात्रै सेवा दिन सकिन्छ । उनी बताउँछन् । उनी भन्छन् अहिलेसम्म आएका स्थानीयलाई त जसोतसो सेवा सुविधा दिएकै छौं । अब यसरी नै पानी बढ्दै गयो भने एउटै कोठाबाट धेरै सेवाहरु दिन सकिँदैन । सामाजिक परिचालकको कोठा छुट्टै छ ।

अध्यक्षज्यूको पनि कोठा पनी छुट्टै छ । तर अहिले वर्षातको समयमा पानी परेर ढलान बाट पानी अन्य सबै कोठामा चुहिरहदा हामी सबै जना एउटै कोठामा बसेर सेवा दिन बाध्य छौं। जसले गर्दा आफ्नो सेवा पूर्णरुपले सञ्चालन गर्न पाएका छैनौं । सबैजना एउटै कोठामा बसेर सबैलाई फरक-फरक सेवा सुबिधा दिन खोज्दा कोठाभरी नै हल्ला हुने । र आफ्नो काममा सबैजना केन्द्रित हुन नसकिने र सेवाग्राही लाई अलिकति सेवा दिन अप्ठ्यारो भएको उनी बताउँछन् ।

भबनमा ढलान भएको एक वर्ष नबित्दै यसरी ढलान चुहिने गरी निर्माण हुनुमा यसका उपभोक्ता समिति,जनप्रतिनिधि वा तपाईंहरुबाट रकमको दुरुपयोग तथा भ्रष्टाचार भएको हो भनेर भन्न सक्नुहुन्छ ?

उनी भन्छन् भवनको ढलान चुहिने भएपछि त सरकारी पैसाको दुरुपयोग भएको भन्न किन नमिल्नु । यदि सदुपयोग हुन्थ्यो भने त ढलान राम्रो बन्थ्यो । उनी भन्छन् दुरुपयोग भएरै ढलान चुहिएको हो । आशा गरौं आगामी दिनमा दुल्लु नगरपालिकाका प्राविधिक तथा अन्य जनप्रतिनिधिहरू, निर्माण व्यवसायी, उपभोक्ता समिति, कर्मचारी लगायतबाट यस्तो लापरबाही वा गल्ती हुने छैन । र नहोस् पनि भन्दै उनी आग्रह गर्दछन् । उनी भिजन न्यूज नेपालका संवाददाता संग भन्छन् यही लापरबाहीले गर्दा हामीले छाता ओडेर भएपनि सेवाग्राहीलाई सेवा दिन परिरहेको छ । यस्तो अरु कसैलाई नपरोस ।