घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ :साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज सुन ८ सयले घटेको हो।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो । शुक्रबार १२ सयले घटेको थियो । यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।

mostbet

आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५५० सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २९० मा कारोबार भइरहेको छ।