
दलानमा कुखुरा ,बारीमा भैंसी,तैंले के खोजेको
ओ मेरो समझदार छिमेकी,तैंले के खोजेको
टिभी किनेको पैसा तिरीसकेकै छैन बाबु
ल्यापटप भन्दैछस् हिजैदेखि,तैंले के खोजेको
प्यास मेटा भनेको हो ,घरबार मेटा भनेको होइन
नसुनेझैं गर्दैछस् नदि,तैंले के खोजेको
मेरा दलित केटाकेटीलाई मान्छे बनाउने मन छ
सरकार पठाउँछस् छात्रवृत्ति,तैंले के खोजेको
ईश्वर अब तेरो कानुन फेर्,बाघको बलि खोज्
जहिले पनि निरिह पाठी,तैंले के खोजेको ।