बुटवलमा स्काउट स्थापना दिवसको अबसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

लक्ष्मी श्रेष्ठ,
बुटवल :रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं.१३ मा नेपाल स्काउटको ७० औं स्थापना दिवसको अबसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

२००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउट आज असार ५ गते ७० बर्ष पूरा भएको उपलक्ष्यमा लुम्बिनि प्रदेशका विभिन्न जिल्लामा बिबिध कार्यक्रमहरु आयोजना गरिएको थियो ।

mostbet

उपमहानगरपालिका वडा नं १३ स्थित जितेश्वरी सामुदायिक बन क्षेत्रभित्र रहेको पाणिनी उद्यान पार्कमा उद्योग,बन तथा वातावरण मन्त्री कल्पना पाण्डेको प्रमुख आतिथ्यतामा साथै प्रदेश संयोजक दिनानाथ भटराईको अध्यक्षतामा बृहत् बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आँप, अमला, बेल र कल्कि फुल गरि ४ प्रजातीका करिव ४०० वटा बिरुवा रोप्ने काम सम्पन्न भयो भने बृक्षारोपण पश्चात् उक्त बन क्षेत्र भित्र रहेको पाणिनी उद्यान पार्क समेत सरसफाई गरिएको थियो ।

यसै गरि उक्त कार्यक्रमा ५० जना स्काउट परिचालन गरिएको थियो । आजै लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा पालिकाहरुमा समेत सरसफाई अभियान गरिएको बुटवलबाट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भटराईले जानकारी दिए ।