बाढीले ढाल्यो उद्घाटन भएको पाँच महीना नपुग्दै हेलम्बु प्रहरी चौकी

काठमाडौं : अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए ।

भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले भने, ‘त्यसैले कर्मचारीचाहिँ सबै सुरक्षित छन् ।’

mostbet

हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।

‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

अनलाइनखबरबाट