पूर्व विद्यार्थीहरुले गरे आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

गुल्मी  : विश्वव्यापी महामारीको रुपमा कोभिड–१९ले यति बेला विश्वजनमानस आक्रान्त भइरहदा आँफू जोगिदै जन्मभुमिका लागि योगदान गर्नुपर्ने कर्तब्य समेत स्मरण गर्दै गुल्मीको मदाने गाउँपालिकामा अवस्थित अर्जुन आवासीय माध्यामिक विद्यालयका २०५४ को एस.एल.सी ब्याचका विद्यार्थीले गाउँपालिकामा संचालित आइसोलेशन सेन्टर र विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

mostbet

उक्त ब्याच कि विद्यार्थी प्रतीक्षा नेपालको सक्रियतामा आर्थिक संकलन गरि एक थान अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर,पल्स अक्सोमिटर, रक्तचाप जाँच गर्ने मेसिन, ह्याण्ड सेनिटाइजर र केही थान मास्क मदाने गाउँपालिकाका लागि तथा सेनिटाइजर तथा मास्क अर्जुन आवासीय माध्यमिक विद्यालयका लागी तत्कालिन अर्जुन मा.बि. का प्रधानाध्यापक तथा तथा मदाने गाउँपालिकाका वर्तमान अध्यक्ष श्री दान बहादुर केसीलाई हस्तान्तरण गरे ।

आफ्ना विद्यार्थीबाट प्राप्त यो सहयोगले आइसोलेशन सेन्टर तथा विद्यालयका लागि धेरै राहत मिलेको अध्यक्ष के.सी.ले बताउनु बताए । आफ्नो गाउँठाउँ अनि आँफूले अध्ययन गरेको विद्यालयलाई यो असजिलो परिस्थ्तििमा सानो भए पनि सहयोग गर्न सकेकोमा अर्जुन आवासीय माध्यामिक विद्यालयका २०५४ को एस.एल.सी ब्याचका विद्यार्थीहरुले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सकेको सहयोग गर्न अग्रसरता देखाउने प्रतिवद्धता जाहेर गरे ।