काभ्रे सम्पर्क समिती दक्षिण कोरियाद्धारा काभ्रेका १३ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

श्री कृष्ण पहरी

काभ्रे :कोभिड-१९को दोस्रो लहर महामारीले बिश्वब्यापी संकटबाट गुज्रिरहेको बेला काभ्रेपलान्चोक पनि महामारी तिब्र फैलिदै गएको छ ।यसैलाई मध्यनजर गर्दै काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले जिल्लामा अक्सिजन सिलिन्डर लगायत अत्यावश्यक स्वास्थ सामाग्री उपलब्ध गराउने उदेश्य सहित आर्थिक सहयोग संकलन अभियान चलायो।

mostbet

सहयोग अभियानबाट संकलित रु ४,२५५९०(काभ्रे प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रशासन कार्यालय,कोभिड -१९ संकट ब्यबस्थापन समितिको उपस्थितिमा संस्थाका सल्लाहकार एवं पदाधिकारीहरुको प्रत्यक्ष उपस्थितिमा जिल्लाको सबै स्थानीय तह (गा.पा र न.पा) प्रत्येकलाई २/२वटाको दरले २६ वटा अक्सिजन सिलिन्डर २६ थान,पि.पि.ई सेट र सर्जिकल मास्क वितरण गरिएको छ।

पहिलो चरणमा १३ वटै स्थानीय तहमा संचालित आइशोलेसन सेन्टरमा सहज खानेपानी वितरणमा सहयोग पुर्याउनका निमित्त प्रत्येक स्थानीय तहमा १/१वटा खानेपानी ड्रम(ट्याङ्की) वितरण गरेको छ ।