समाचार लेखेकै कारण प्रत्रकार माथी भएको दुव्र्यवहार प्रती प्रेस युनियन बाकेद्वारा प्रेस बिज्ञप्ति जारी

 

बाके :नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य एबम नील खबर अनलाईन मिडिया प्रालिमा कार्यरत पत्रकार संगीता पाठक(सन्ध्या)ले समाचार लेखेकै कारण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दीपक बर्माले दिएको धम्कीप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

mostbet

आइतबार जिल्ला सचिव विजय मल्लले विज्ञप्ति जारि गर्दै नील खबर अनलाईनमा जेठ २८ गते शुक्रबार ‘नेपालगन्ज–१८ मा बाटोको बीचमा ढलः सडक दुर्घटना हुनसक्ने खतरा, सम्बन्धित निकायले चासो देखाएन’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टि प्रकट गर्दै वडाअध्यक्ष बर्माले पत्रकार पाठकलाई टेलिफोनमार्फत धम्कि दिएको बताएका छन् ।

धम्की दिए लगत्तै निल खबर अनलाइन मिडिया प्रा.लि ले पनि ध्यानाकर्षण पत्र प्रकाशन गरेको निल अनलाइन मिडिया प्रा.लि का संचालक अजय पाठक ले जानकारी दिएका छन ।

उक्त घटनाले प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको र समाचार लेखेकै कारण वडाअध्यक्षले पत्रकारलाई धम्क्याउने कार्यको घोर भत्सना गर्दै समाचारप्रति असन्तुष्टि भए कानूनी बाटो अपनाउनुको साटो पत्रकारमाथि दवाव सिर्जना गरि धम्क्याउनु कार्य निन्दनीय छ विज्ञप्तिमा भनिएको छ ।

साथै आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइन्छ विज्ञप्तिमा उल्लेख्य छ ।