जर्मन नेपाल सहयोग संघद्वारा धादिङ्गको नेत्रावती डवजोङ्ग गाउँपालिकालाई सहयोग

 

के.आर.अधिकारी क्षेत्री
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डवजोङ्ग गाउपालिकालाई जर्मन नेपाल सहयोग संघ, काठमाडौंद्वारा स्वास्थ्य उपकरणहरु तथा स्वास्थ्य सामाग्रीहरु लगायत औषधीहरु सहयोग गरेको छ ।

mostbet

सहयोग हस्तान्तरण गरिएका स्वास्थ्य उपकरण तथा सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर २ वटा, थर्मोमिटर २० वटा, पि.पि.ई. ५ सेट, जिप लक ब्याग २०० वटा र फेस शिल्ड १० वटा लगायत कोरोना भाईरस संक्रमणको रोकथाम तथा उपचारमा उपयोग हुने बिबिध अति आबश्यक औषधीहरु समेत रहेको नेत्रावती डबजोङ्ग गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले जानकारी दिए।

उक्त सहयोग जर्मन नेपाल सहयोग संघ, काठमाडौंका प्रतिनिधि केदार तामाङ्ले नेत्रावती डबजोङ्ग गाउँपालिका, धादिङ्गका तर्फबाट प्रतिनिधी स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेललाई हस्तान्तरण गरेका थिए ।