म्यानमारको सैन्य प्रशासनद्वारा सूकीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ : म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूकीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। जसलाई सुकीको दल नेशनल लिग फर डेमोक्रेसीले सूकीलाई फसाउन लगाइएको झुटो आरोप भनेको छ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुकीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ।

mostbet

यस आरोपमा सूकी दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ। यस बाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूकीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूकी अदालतमा अत्यन्त कम देखिएकी छिन्। उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ।

म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूकीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ।