
भोजराज जोशी
धनागढ़ी : बसन्त फाउन्डेसनका संचालक कृष्ण प्रशाद जोशी( डेबिट)ले पर्यटनलाई थप टेवा पुर्याउन फिश रिसर्ट धनगढी सञ्चालनमा ल्याएका छन ।
जाेशि सामाजिक ब्याक्तित्व हुन सदैव सर्वहारा र गरिव जनताको पक्षमा वकालत गर्नुका साथै समाजमा सहयोग गर्ने ब्यक्ती हुन।
पछिल्लो समय उनी स्वतन्त्र थिए अहिले माओवादी केन्द्र पार्टी संग जोडिएका छन । उनी कसै नेता अथवा ब्यक्तिको अन्धभक्त भने होइनन् राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्ने क्वालिटी उनमा भरपुर छ।
पछिल्लो समयमा उनले धेरै मान्छेहरुको उद्धार गर्नुको साथै अबरुद्ध रहेका सडक खोलेका छन् । स्थानीय निकायले चासो नदेखाए पछि आफ्नै लगानीमा जे.सि.वि लगाएर उनले चालू अवस्थामा लिएका हुन।
बैतडीको दोगडाकेदार लगायतको ठाउमा जिप लाइन र्याफ्टिङ लगायत पर्यटनलाई भित्र्याउनको लागि धेरै ठूलो योजना बनाएकाे बताउँछन् र त्यसको लागि संघर्ष पनि गर्दै आएका छ्न।
पछिल्लो समय युवाहरुले रुचाएका नेता डेबिटले अब चुनाव लडेर आफ्नो ठाउको बिकास गर्नेमा स्थानीय युवाहरु र जनसमुदाय हरु ढुक्क रहेको बताउछन्। उनले वसन्त फाउन्डेसन बाट विभिन्न पिडितहरुलाइ सहयोग गर्दै पनि आएका छन।