
श्री कृष्ण पहरी
काभ्रे :नेकपा (माओबादी केन्द्र प्रबास संगठन)नेपाली जनप्रगतीशील मंचहरुको सामुहिक पहलमा कोरोना बिरुद्ध स्वास्थ्य सामाग्री भुम्लु माओवादी केन्द्रले भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवरलाई हस्तान्तरण गरेको छ ।
प्रवास समन्वय समितिका अघ्यक्ष युबराज चौलागाइको सकृय पहलमा नेपाल पठाएको स्वास्थ्य सामाग्री नेकपा माओवादी केन्द्र भुम्लुको अध्यक्ष बृहत भुजेल पहरी राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष श्री कृष्ण पहरी ,महान जनयुद्धको सहिद परिवार सुजन पहरी रेडियो क्रान्ति ९०.४मेगाहर्जका अध्यक्ष क्रान्ति लामा भुम्लु स्वास्थ्य प्रमुख सुदर्शन भट्टराई, नेता नेकपा माओवादी केन्द्र फलाटेका युवा नेता चिरञ्जीवी खरेल लगायतको नेताहरुको उपस्थितीमा बराबरको पि.पि.ई सेट ८ थान अक्सिमिटर लगायतको स्वास्थ्य सामाग्री भुम्लु गाउँपालिका कार्यालयमा अध्यक्ष गुमान ध्वज कुवरलाई हस्तान्तरण गरेको छ
अहिले नेकपा माओवादी केन्द्रका प्रवास कमिटीले कम्तीमा १ करोड रकमको कोष खडा गरेर नेपालभरी सहयोग गर्ने योजना रहेकोमा जापानबाट ९ लाख १५ हजार ११ रुपया केही दिन अगाडी नै नेपालमा पठाएको कुरा नेपाली जन प्रगतिशील मन्च जापानको अध्यक्ष हवल चन्द्र लामाले जानकारी दिएका छन ।