दैलेखको दुल्लूमा निशेधाज्ञ थपिएसंगै प्रहरीले गर्यो थप कडाइ

नारायण रिजाल
दुल्लु :इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले लकडाउनलाई थप कडाइ गरेको छ । जेठ २१ बाट पुन १० दिन निशेधज्ञा थपिए पछि लकडाउनलाइ अझै कडाइ गरिएको हो । यो भन्दा पहिला निशेधज्ञा भए पनि सामान्य हिडडूल गर्न र बिहान बेलुका खाध्यान्न पसल खुल्ने र केही मोटरसाइकल तथा अटो रिक्सा चल्ने गरेका थिए ।

आज बाट दुल्लू प्रहरीको समूहलाई जथाभावी मोटरसाइकल तथा अटो रिक्सा चलाउन रोक लगाएको छ । उसो त कोभिड महामारी र संक्रमण नियन्त्रणको लागी गत २०७८ वैशाख २१ गतेबाट दैलेख जिल्ला भर लागु भएको लकडाउन यतिवेला पनि चलिरहेको छ ।

mostbet

पटक पटक थप गरिदै आएको लकडाउन अन्तर्गत जेठ २१ गतेबाट पुनः १० दिनको लागी थप भए संगै दुल्लु प्रहरीले थप कडाई गरेको छ । हाल अति आवश्यक कामको बारेमा जानकारी बिना मनपरी सञ्चालनमा ल्याइएका सवाँरी साधनहरु लाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी सहायक निरिक्षक प्रेम प्रसाद शर्माले जानकारी दिएका छन ।

प्रहरीले बजारक्षोत्रमा समेत गस्तिलाई समेत कडाई गर्दै जथाभावी पसल खोलेको पाइएमा कारबाही गरिने बताएको छ । आज दुल्लु क्षेत्रबाट १२ वटा मोटरसाइकल र ५ वटा अटो रिक्सालाई नियन्त्तणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ । उक्त नियन्त्रणमा लिएका सवारी सााधनहरुलाई कहिले छोड्ने भन्नेबारे अहिले निर्णय नभएको र जिल्लाको आदेश बमोजिम हुने सहायक निरीक्षक शर्माले जानकारी दिए ।
त्यति मात्र नभै बिना अत्यावश्यक काम मानिसहरु लाई पनि बाहिर ननिस्किन आग्रह गर्दै अनिवार्य माक्स लगाउन पनि आग्रह गरेका छन। केही समय अगाडि देखि इलाका प्रहरी कार्यलय भित्र पर्ने प्रहरी मेरो साथी टिम ले तपाइ को माक्स खै ? मेरो त छ नी १ अभियान सन्चालन मा ल्याएको र केहि मास्क बाडेको प्रहरी सहायक निरिक्षक शर्माले जानकारी दिए।