मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लाई स्वास्थ्य सामाग्री सहयोग

रेश्मा बिसङ्के,
रामेछाप :रामेछापको मन्थली नगरपालिका वडा नं ११ मा रहेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध भएको छ । स्थानिय समाजसेवीहरुको पहल तथा स्थानिय बासिन्दाहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो।

देशमा बिध्यमान यस स्वास्थ्य संकटको समयमा मन्थली नगरपालिकाका स्थानियहरुले कोरोनाको रोकथाम तथा उपचारमा सहज होस् भन्ने हेतुले सम्पुर्ण स्थानियहरु मिलेर गेलु प्राथमिक स्वास्थ्य केन्द्र लाई स्वास्थ्य उपकरण सहित सुबिधा सम्पन्न बनाउन एकजुट भएका हुन् ।

mostbet

उक्त सहयोग हस्तान्तरण मन्थली नगरपालिका वडा नं.११ मा रहेको गेलु प्राथमिक उपचार केन्द्र, वडा नं.१२ मा रहेको सिक्राल आधारभुत स्वास्थ्य केन्द्र र भर्लाझाङ्ग शहरी स्वास्थ्य केन्द्रलाई समेत गरिएको थियो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सुरक्षा सामाग्रीहरुमा जम्मा २५ लिटर स्यानिटाईजर, ३,००० वटा मास्क, १० थान पि.पि. ई. १० वटा थर्मोमिटर, ५ गोटा पल्स अक्सिमिटर साथै एउटा थर्मल गन लगायत अन्य स्वास्थ्य सुरक्षा उपकरणहरु रहेको बोहोराले जनकारी दिएका छन ।