आफ्नै छोरि बलात्कार गरि फरार रहेका बुबा पक्राउ


भावना थापा
उदयपुर :कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि फरार रहेका बुवा पक्राउ परेका छन । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना पाए संगै सूचना पाएको २४ घण्टा भित्र जघन्य अपराधको अभियुक्त प्रकाउ गर्न प्रहरी सफल भएको छ ।

सूचना पाए संगै ईलाका प्रहरी कार्यलय कटारी र बेलसोत प्रहरी चौकीका असई ज्ञान कुमार राउतको बिशेष टोलीले नियन्त्रण लीन सफल भएको डिएसपी हेमन्त भण्डारीले बताए। कटारी नगरपालिका २ बाट अभियुक्तलाई पक्राउ गरिएको पनि डिएसपी भण्डारीले जानकारी दिएका छन ।

mostbet

घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छन। बलात्कार पछि पनि आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छन। बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।