चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गनेए चारजना पक्राउ

काठमाडौं :चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।

mostbet

उनीहरुको साथबाट चोरीमा प्रयोगमा भएको स्कुटर र विभिन्न कम्पनीका ११ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।