
काठमाडौं : सम्माननीय महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा असोज ०३ , आइतबार , संविधान दिवसका अवसरमा ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ दन्त्य रोग विशेषज्ञ (चिकित्सक ) डा.सुभाष घिमिरेलाई प्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा भएको छ ।

कोरोना भाइरस ९ कोभिड (१९ ० को पहिलो र दोस्रो लहरको समयमा कोरोना भाइरसका बिरामीहरुको लागि डा। घिमिरेले आफूले राष्ट्र र जनताको लागि केही गर्नुपर्छ , अहिले नगरे कहिले गर्ने भन्दै बिरामीहरुको घरघरमा नै पुगेर निःशुल्क उपचारदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुभएको थियो र अहिले पनि निस्शुल्क सेवा प्रदान गर्नुभएको छ ।
डा। घिमिरे वरिष्ठ चिकित्सक सँगसँगै सामाजिक अभियन्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।
