सर्बोदय सेवाश्रमद्धारा नरकान्त राष्ट्रिय योग पुरस्कार र भैरव सदाचार राष्ट्रिय पुरस्कार – २०८२ समर्पण

लमजुङः सर्बोदय सेवाश्रम धर्मनाथधामको आयोजनामा  सर्वोदय सेवाश्रममा स्थापना भएका दुईवटा राष्ट्रिय पुरस्कार “नरकान्त योग राष्ट्रिय पुरस्कार“ र “भैरव सदाचार राष्ट्रिय पुरस्कार“ २०८२ समर्पण कार्यक्रम सर्बोदय सेवाश्रम धर्मनाथ धाममा सम्पन्न भयो । मन्त्रीपरिषदका पुर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यता तथा सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भैरव सदाचार राष्ट्रिय पुरस्कार नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालालाई र नरकान्त राष्ट्रिय योग पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक माधवराज गौतमलाई समर्पण गरियो ।

पुरस्कार समर्पण गर्दै प्रमुख अतिथि खिलराज रेग्मीले जो जसको नाममा पुरस्कार स्थापना भएको छ , जो जसले यी पुरस्कार पाईरहनु भएको छ र जुन संस्थाले यी पुरस्कार ब्यबस्थापन गरिरहेको छ यी तिनवटै कुराले यी पुरस्कारको गरिमा र उचाईले शिखर चुमेको बताए ।

mostbet

पुरस्कार ग्रहण पछि बोल्दै डा.विमल कोइरालाले भने ‘यो पुरस्कार योग्य म छु वा छैन मलाई थाहा छैन तर सदाचार भनेको इमान्दार भन्दा पनि माथि उठेको आफुले आफैलाई बुझ्न सक्नु हो ।’ कार्यक्रममा सर्बोदय सेवाश्रमका प्रमुख संरक्षक मानसाग्नि (डा.हरिप्रसाद पोख्रेल) ले पुरस्कारको पृष्ठभूमि, सर्बोदय सेवाश्रमका बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा पुरस्कार स्थापना गरिएका ब्यक्तित्वहरु स्व.नरकान्त अधिकारी र जज भैरवप्रसाद उपाध्यायको बारेमा पुर्व राष्ट्रसेवक प्रशासक काशीराज आचार्यले ब्यक्तित्व चर्चा गरेका थिए भने भने डा. विमल कोइरालाको ब्यक्तित्व चर्चा साहित्यकार मोमीला जोशीले गरेकी थिइन् । राइनास नगर प्रमुख खड्गबहादुर गुरुङले स्वागत मन्तव्य राखेका कार्यक्रममा पंण्डित कमल अधिकारीले स्वस्ती वाचन र बिष्णु भक्त अधिकारीले स्थानीय लोककला ठाडो भाकाले स्वागत गरेका थिए ।

कार्यक्रममा लमजुङ जिल्ला समन्वय प्रमुख पुर्ण बहादुर गुरुङ , लमजुङका प्रमुख जिल्ला अधिकारी, राइनास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शिवराज रेग्मी , प्रहरी प्रमुख लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, राइनास नगरपालिका कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरु, शिक्षक, साहित्यकार,पत्रकार, सामाजिक संघ संस्था सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।