रोहितको शतकसँगै नेपालले यूएईलाई २३४ रनको लक्ष्य

काठमाडौं : कप्तान रोहित पौडेलको शानदान शतकसँगै नेपालले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमै अलआउट हुँदै २३३ रनमा रोकियो ।

mostbet

कप्तान पौडेलले १३० बलमा १०९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । यो उनको ओडिआई करियरको दोस्रो शतक हो ।
नेपालका अन्य खेलाडीमध्ये आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन योगदान गरे ।

यूएईका बलर जाहिद अलीले ६ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए भने जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिँदै ३ विकेट हात पारे । मुहम्मद रोहिद र हैदर अलीले समान १–१ विकेट लिएका थिए ।

ओडिआईमा नेपाल र यूएईबीच हालसम्म १५ पटक प्रतिस्पर्धा भएको छ, जसमा नेपाल ९ खेलमा विजयी भएको छ भने यूएईले ६ खेल जितेको छ ।