
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय समितिहरूलाई काम निरन्तर अघि बढाउन निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा चार वटा विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गर्दै अध्यक्ष दाहालले बदलिएको राजनीतिक परिस्थितिमा समितिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताए।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल तथा समिति सचिवहरू सहभागी थिए।