सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने घोषणा

काठमाडौं : सरकारले आगामी संविधान दिवसलाई सामान्य रुपमा मनाउने भएको छ। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले यस वर्ष संविधान दिवस विशेष कार्यक्रमबिनै सामान्य ढंगले मनाइने जानकारी दिएका छन्।

उनका अनुसार संविधान दिवस यही असोज ३ गते परेको छ। २०७२ साल असोज ३ गते संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले प्रत्येक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएको छ।

mostbet

विगतमा संविधान दिवस मूल समारोह समिति गठन गरेर सैनिक मञ्चमा भव्य कार्यक्रम आयोजना हुने गरेको थियो। त्यस्ता कार्यक्रममा संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका नेता–कार्यकर्ता, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षक, खेलाडी, मजदुर, किसान, महिला, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिलाई निमन्त्रणा दिइन्थ्यो।

तर यस वर्ष गृहमन्त्रालयले औपचारिक कार्यक्रमबारे स्पष्ट योजना सार्वजनिक गरेको छैन। उपसचिव आचार्यका अनुसार संविधान दिवस यसपटक सामान्य रुपमा मात्र मनाइनेछ। नेपाली सेनाले पनि संविधान दिवसलाई सामान्य ढंगले मनाउने तयारी गरेको जनाएको छ।